Dictionary

All Word

11901 चहक्याइ ना. चहकिने भाव, क्रिया वा प्रक्रिया; चहक्याहट ।
11902 चहक्याइनु क.क्रि. चहकिने तुल्याइनु ।
11903 चहक्याउनु प्रे. क्रि. चहकिने पार्नु, चहकिलो तुल्याउनु ।
11904 चहक्याहट ना. चहक्याइ ।
11905 चहचह ना. / वि. चचहै; चचह ।
11906 चहरिंदो वि . चहऱ्याउने, पोल्ने, चरचर गर्ने, चरचरिंदो ।
11907 चहऱ्याइ ना. चहऱ्याउने भाव, क्प्ररिया वा क्रिया |
11908 चहऱ्याइनु अ.क्रि. चहऱ्याउने हुनु, टट्टाइनु ।
11909 चहऱ्याउनु अ.क्रि. १. घाउखटिरा आदि कोरिएर वा कडा औषधी पर्नाले चर्केर दुख्नु, टट्टाउनु, भबाउनु, पोल्नु ।
11910 चहऱ्याउनु अ.क्रि. २. चर्चराउनु ।
11911 चहऱ्याहट ना. चहऱ्याइ ।
11912 चहलपहल ना. सुखीको कामकाज, मनोरञ्जनको चटपटी; रमणीयता ।
11913 चहला वि . निथ्रुक्क भएर भिजेको निथ्रुक्क ।
11914 चहलो ना. १. चाँचल, पानी चाँचर ।
11915 चहलो ना. २. पानीमुनि भासिने हिलो भएको फराक दह ।
11916 चहार्नु अ.क्रि. घुमफिर गर्नु, घुम्दै डुल्दै हिँड्नु चाहार्नु ।
11917 चहार वि . १. चार सङ्ख्याको (उदा. -चहार दिवार ) |
11918 चहार वि . २. सबभन्दा कम दर्जाको चुत्यो किसिमको ।
11919 चहार वि . ना. ३. जग्गाका अब्बल, दोयम, सिम र चहार चार श्रेणीमध्ये सबैभन्दा तल्लो तहको जग्गा ।
11920 चहाराइ ना. चहार्ने भाव, क्रिया वा प्रक्रिया |
11921 चा ना. हे. चिया ।
11922 चाँगुनारायण ना. काठमाडौं उपत्यकाको दोलागिरि पर्वतमा अवस्थित, नेपालका लिच्छवि राजा मानदेवद्वारा वि. सं. ५२१ मा आफ्नी आमा राज्यवतीको सम्झनामा निर्मित, कलापूर्ण प्रसिद्ध मन्दिर वा धार्मिक पीठ, सोही मन्दिरभित्र स्थापित तथा कार्तिक शुक्ल एकादशीमा मेला लाग्ने चार नारायणमध्ये एक।
11923 चाँगे ना. तिखा टुप्पा भएका लाम्चा हरिया पात हुने, कलेजी र पहेँला रङका झुप्पा - झुप्पा फूल फुल्ने र फूलका फेदमा काला गेडा लाग्ने एक प्रकारको बोट वा त्यसैको फूल ।
11924 चाँचर ना. चुच्चो कालो भएको, शिरमा कल्की हुने र फुसो कालो वर्णको, भँगेरोजत्रो एक ऋषिपक्षी, चुच्चे चरो ।
11925 चाँचर ना. नदी वा खोला फिँजिएर बगेको, तर्न सकिने ठाउँ, जँघार |
11926 चाँच ना. पश्चिम नेपालको चौथो र पाँचौँ विकासक्षेत्रभित्र प्रचलित तथा फागुमा गाइने प्रसिद्ध लोकगीत, चाँचल ।
11927 चाँचरी ना. चाँचर (चरो ) |
11928 चाँचरी ना. रोपाइँ गर्दा गाइने खास गीत |
11929 चाँचल ना. चाँचर, चाँचरी ( गीत ) |
11930 चाँचल ना. पाँजिएको र बतासले हल्लिने पानीको सोतो वा तरङ्ग; चाँचर ।
11931 चाँची ना. लय मिलाएर हालिने कथा |
11932 चाँचूँ ना. अस्वीकार नगरिएको स्थिति, चाइँचुइँ; आनाकानी, नाइँनास्ति।
11933 चाँजो ना. चन्जा; व्यवस्था; बन्दोबस्त ।
11934 चाँजोपाँजो ना. चन्जापन्जा; बरबन्दोबस्।
11935 चाँडो क्रि.वि. १. छिटो; तुरुन्त, झटपट, शीघ्र, झट्ट; चटाक, झटाझ; तत्काल |
11936 चाँडो क्रि.वि. वि. २. छिटो चल्ने, झट्टै गर्ने ।
11937 चाँद ना. १. चन्द्रमा, शशी, सोम ।
11938 चाँद ना. २. बन्दुक हान्न वा धनुकाँड चलाउन अभ्यास गर्नेले बनाएको निसाना वा चिह्न, तारो ।
11939 चाँद ना. ३. अघि सरकारी सेवामा रहेकाहरूले टोपी वा बिंडामा लगाउने चन्द्राकारको पद चिह्न, ब्याज |
11940 चाँदतोडा ना. अघि सरकारी कर्मचारीहरूलाई पदअनुसार लगाउन दिइने सुन वा चाँदीको चाँद र बिंडा वा तोडा सहितको पगरी, चाँद ।
11941 चाँदनी ना. १. चन्द्रज्योति जून, चन्द्र- किरण ।
11942 चाँदनी ना. २. चंदुवा ।
11943 चाँदमरुवा ना. पहाडी भेगको औलिया र सिमसार ठाउँमा उम्रने, पहिले रातो र पछि सेतो रङको हुने ससाना फूल फुल्ने, खुर्सानीका जस्ता पात र बोट हुने तितो स्वादको, सानो सखरखण्डको जस्तो कन्द हुने एक बुटी; सर्पगन्धा ।
11944 चाँदमारी ना. तारोहनाइ, तारो हान्ने काम वा अभ्यास; चानमारी।
11945 चाँदी ना. सुन झैं लच्याकलुचुक हुने र पिटेर चेप्ट्याउन वा छाँट पार्न सकिने मूल्यवान् चहकिलो सेतो धातु मुद्रा र जुहारातमा प्रयोग गरिने प्रसिद्ध धातु रजत रौप्य ।
11946 चाँदे वि. १. निधारमा सेतो टिको वा चाँदो हुने (बाखा वा भैंसी)।
11947 चाँदे वि. ना. २. ठुलो पातो भएको एक प्रकारको कोदालो ।
11948 चाँदे वि. टाउकामा सेतो कत्ला हुने एक प्रकारको माछो ।
11949 चाँदो ना. १. निधार, तालु ।
11950 चाँदो ना. २. बाखा वा भैंसीका निधारमा हुने सेतो धर्को वा टिको ।