Dictionary

All Word

11951 चाँदो ना. ३. तकदिर, भाग्य।
11952 चाँप ना. १. छमछम बज्ने सानासाना घुँघुरा हुने, गोडामा लगाइने गहना ।
11953 चाँप ना. २. लुगा सिउने कलमा सियोमाथिको कपडा थिच्ने एक अवयव ।
11954 चाँप / चाँपो ना. लाम्चा पात हुने, पहेंला वा सेता फूल फुल्ने, झुप्पा-झुप्पा भई फल लाग्ने, काठबाट मेच- कुर्सी आदि बनाइने एक रुख, चम्पा ।
11955 चावल ना. हे. चामल ।
11956 चाँवो ना. पानजस्तो पात हुने, पहेंला फूल फुल्ने र पिप्लाका आकारको फल लाग्ने एक लहरो, चाभो, पिप्लाको एक भेद ।
11957 चाइँ चुइँ ना. १. आनाकानी, नाइँनास्ति, चाँचु ।
11958 चाइँ चुइँ ना. क्रि.वि. २. सेल आदि पकाउँदा शब्द आउने गरी ।
11959 चाइने / चाइनेजो वि.बो. बोल्दा वाक्य वा शब्दका बिचबिचमा अनावश्यक रूपले दोहोरिइरहने एक थेगो रहनी |
11960 चाउचाउ ना. मसिना लामा लामा त्यान्द्रा हुने, गहुँको पिठोबाट बनाइएको एक प्रकारको खाद्य वस्तु ।
11961 चाउथो ना. तिजरोभन्दा एक दिन बढी बिराएर आउने ज्वरो, चारदिने ज्वरो |
11962 चाउरिनु अ.क्रि. १. चाउरे हुनु, चाउरी पर्नु, लोला पर्नु ।
11963 चाउरिनु अ.क्रि. २. खुम्चिनु, साँघुरिनु ।
11964 चाउरिनु अ.क्रि. ३. चुमुक्क पर्नु, विवश हुनु, अशक्त हुनु ।
11965 चाउरी ना. उमेर वा रोगका कारणले शरीरका छालामा परेका मुजा वा खुम्चा |
11966 चाउरे वि. १. चाउरी परेको ।
11967 चाउरे वि. २. दुब्लो, सिकुटे, सिट्ठो ना ३. चाउरी परेको मानिसलाई हियाएर बोलाउँदा भनिने शब्द |
11968 चाउरे बाँदर ना. १. दुब्लो बाँदर ।
11969 चाउरे बाँदर ना. वि. २. नराम्रो स्वभाव भएको (मानिस)।
11970 चाउलो ना. टोपीको घेरामाथिको भाग वा चक्का |
11971 चाक ना. १. कम्मरभन्दा मुनि दुई नितम्बका जोर्नीका बिचमा रहेको अङ्ग, कन्डो, पुट्ठा, नितम्ब ।
11972 चाक ना. २. कुनै भाँडो आदिको भुइँमा अडिने समतल अंश, पिंध ।
11973 चाक ना. ३ दलानमा बस्नका निम्ति बनाइएको टाँड, ग्वालीको तला ।
11974 चाकचकुवी ना. १. कमारी |
11975 चाकचकुवी ना. वि. २. अलपत्र परेकी (स्त्री) ।
11976 चाकडी ना. हे. चाकरी ।
11977 चाकनचुकन ना. सानोतिनो माल, खुद्राखुद्री, फुटकर खर्च |
11978 चाकर ना. १. कमारो, करिया, दास, गुलाम ।
11979 चाकर ना. २. सेवक, नोकर, टहलुवा, भृत्य |
11980 चाकरी ना. १. चाकरको काम, सेवा, टहल, सुसार, ताबेदारी; परिचर्या ।
11981 चाकरी ना. २. कसैलाई खुसी पार्न गरिने कार्य ।
11982 चाकरीदार/ बाज वि. धेरै चाकरी गर्ने; चाकरीमा लागेको ।
11983 चाकल ना. चारै छेउ वा सुर मिलेको, सम्म परेको जग्गा; छाँट मिलेको ठाउँ, चकला।
11984 चाकलमाडी ना. कामकाज केही नगरी गफ मात्र हाँकिरहने वा कुरा मात्र गरिरहने काम |
11985 चाका ना. १. मौरीले मह काढ्ने गुँड मह रहेको फग्लेंटो।
11986 चाका ना. २. टोपीको घेरो ।
11987 चाकाचुली ना. १. फल्याकको बिचमा सन्तुलन राखी त्यसका दुई छेउमा बसी माथि तल गरी खेलिने, बालकहरूको एक खेल ।
11988 चाकाचुली ना. २. ढिकीच्याउँ ।
11989 चाकी ना. सागपात, घाँस आदिको ससानो मुठो, कल्ली |
11990 चाकु ना. मसिना जातको उखुको रस वा सखर पकाएर राम्ररी छानी चाका-चाका पारी जमाइएको, गुलियो खाद्य पदार्थ ।
11991 चाके वि. १. बडेमाको चाक हुने, नितम्बी, ढाडे ।
11992 चाके वि. ना. २. भारी बोक्दा भरियाले सजिलाका निम्ति पिठ्यूँमुनि राख्ने घाँस वा परालको मुठो ।
11993 चाको ना. १. चपरी, चोइली, चोइलो, ढेला ।
11994 चाको ना. २. माहुरीको मह पार्ने घार, छत्ता ।
11995 चाक्लो वि. फराकिलो; चेप्टो, चौकुने, चारकुने, चापट ।
11996 चाक्लो बाक्लो वि. फराकिलो र खाँदिएको, मोटो र टम्म मिलेको ।
11997 चाक्षुष वि. १. आँखासम्बन्धी, आँखाको ।
11998 चाक्षुष वि. २. दृष्टिद्वारा उत्पन्न भएको दृष्टिमा निर्भर रहेको ।
11999 चाक्षुष वि. ३. आँखाले देखिने वा ग्रहण गर्ने ।
12000 चाक्षुष वि. ४. देखी जान्ने (साछी) ।