Dictionary

All Word

12001 चाक्षुष वि. ना. ५. न्यायशास्त्रअनुसार प्रत्यक्ष प्रमाणको एक भेद ।
12002 चाक्षुष वि. ६. पुराणअनुसार छैटौं मनु ।
12003 चाक्षुषज्ञान ना. कुनै वस्तु, घटना, दृश्य आदिलाई आँखाले हेरेर वा देखेर हासिल गरिएको ज्ञान, आँखाका सहायताले प्राप्त ज्ञान ।
12004 चाक्षुष प्रत्यक्ष वि. खुद आफ्नै आँखाले देखेको, आफैँले प्रत्यक्ष देखेको ।
12005 चाक्सी ना. पातलो र पहेँलो बोक्रा हुने, गुलियो -गुलियो स्वाद भएको, अमिलो फलको एक जात ।
12006 चाख्नु स.क्रि. खानेकुराको स्वाद लिनु, मिठो नमिठो, नुन-मसला आदि ठिक छ-छैन भनी जाँच्न खाइहेर्नु, अनुभव गर्नु, आस्वादन गर्नु ।
12007 चाख ना. कुनै विषयप्रति हुने मानिसको नैसर्गिक वा अर्जित मानसिक आकर्षण वा रुचि, अभिरुचि; आस्वादन, अनुराग, चाह, रहर ।
12008 चाखिलो वि. चाखलाग्दो रुचिकर, चखिलो |
12009 चाखा ना. किताप आदि प्वाल पार्ने किरो; माउ |
12010 चाखुरो ना. हे. च्याखुरो ।
12011 चाङ ना. थुप्रो, खात, रास, तड्डी ।
12012 चाचा ना. गहना वा खेलौना ( बालबोलीमा) ।
12013 चाञ्चल्य ना. १. चञ्चल हुनाको भाव वा स्थिति, चञ्चलता, अस्थिरता, द्रुत गति।
12014 चाञ्चल्य ना. २. नश्वरता ।
12015 चाट्नु स.क्रि. १. जिब्रामा सोझै स्पर्श गरी कुनै चिजको स्वाद लिनु वा खानु ।
12016 चाट्नु स.क्रि. २. अरूको धनमालमा लोभ गरी अलिअलि लिनु ।
12017 चाट्नु स.क्रि. ३. अरूको धनमाल पचाउनु।
12018 चाट वि. १. विश्वासघाती ।
12019 चाट वि. २. ठग, बदमास ।
12020 चाट ना. १. चाट्ने काम वा स्थिति; चटाई।
12021 चाट ना. २. अभिलाषा, इच्छा ।
12022 चाट ना. ३ रुचि ।
12023 चाट ना. ४. समोसा आदिमा दही तथा मरमसला हाली बनाइएको एक प्रकारको खाद्य वस्तु ।
12024 चाटचुट क्रि.वि. भाँडामा अलिकति पनि बाँकी नरहने किसिमले चाटेर, पाछीपछी गरी खाने वा सक्ने गरी ।
12025 चाटीचुटी क्रि.वि. खाँदा भाँडासमेत चाटचुट वा पाछपुछ हुने गरी ।
12026 चाटु ना. १. मधुर तथा प्रिय वचन, मिठो कुरा ।
12027 चाटु ना. २. चापलुसी, मिथ्या प्रशंसा; फुस्ल्याइँ, खुसामद, चिप्लोघसाइ ।
12028 चाटुकार वि. मिठो बोली बोल्ने, खुसामदी, चिप्ले ।
12029 चाटुकारी ना. प्रिय वचन बोल्ने काम, खुसामद ।
12030 चाटुपटु वि. मिथ्या प्रशंसा गर्न सिपालु, चिप्ले।
12031 चाटूक्ति ना. १. मिठो र प्रिय वचन ।
12032 चाटूक्ति ना. २. झुटो प्रशंसा, खुसामदको बोली, फुस्ल्याहट ।
12033 चाड ना. १. पूजाआजा, भोज-भतेर, खेल-तमासा आदिबाट गरिने मनोरञ्जन, खास-खास प्रकारका धार्मिक कार्य वा पर्वोत्सव पर्व ।
12034 चाड ना. २. उत्सव मनाइने वा भोज खाइने समय वा दिन ।
12035 चाडपर्व/बाड ना. १. रमाइलो मनाइने र पूजा आदि गरिने विशेष पर्व ।
12036 चाडपर्व/बाड ना. २. मिठो मिठो खाइने र रमाइलो गरिने पर्व वा दिन ।
12037 चाणक्य ना. १. मौर्य सम्राट् चन्द्रगुप्तका मित्र र मन्त्री रहेका अर्थशास्त्रका लेखक तथा नागर राजनीतिका प्रणेता; विष्णुगुप्त; कौटिल्य |
12038 चाणक्य ना. वि. २. कूटनीतिज्ञ ।
12039 चाणक्य नीति ना. १. चाणक्यद्वारा रचिएको राजनीति तथा अर्थनीति विषयको ग्रन्थ ।
12040 चाणक्य नीति ना. २. कूटनीति ।
12041 चाण्डाल ना. हे. चण्डाल |
12042 चातक ना. किंवदन्तीअनुसार आकाशबाट बर्सेको पानी मात्र खाएर बाँच्ने एक पक्षी, काकाकुल ।
12043 चातुरी ना. चतुरो हुनाको भाव वा अवस्था, कुशलता, दक्षता, योग्यता ।
12044 चातुर्थिक वि. प्रत्येक चार-चार दिनमा हुने वा आउने ।
12045 चातुर्मासिक वि. १. प्रत्येक चार-चार महिना (कात्तिक, फाल्गुन र आषाढ) मा गरिने ( अनुष्ठान, यज्ञ इ.) ।
12046 चातुर्मासिक वि. २. चार महिनासम्म चल्ने, चार महिना लाग्ने; चारमहिने ।
12047 चातुर्य ना. १. चतुरता, चलाकी, कुशलता, होसियारी; बुद्धिमत्ता ।
12048 चातुर्य ना. २. लावण्य; रमणीयता, सौन्दर्य।
12049 चातुवर्ण्य ना. ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र, चतुर्वर्ण ।
12050 चादर ना. ओढ्ने वस्त्र, चद्दर, पछ्यौरा, बर्को ।