Dictionary

All Word

1301 करुणार्द्र वि. अर्काको दुःख देखेर मन पग्लने, अर्काको दुःखमा आफू पनि दुःखी हुने, करुणामय, दयामायाले ओतप्रो।
1302 करुणावतार ना. प्राणीहरूमा आइपरेको वा आइपर्ने दुःख हटाउन र आफ्ना भक्तका उपर दया गर्नका निम्ति भगवान्‌ले लिएको अवतार, करुणामूर्ति, अति दयालु मानिने रूप।
1303 करुवा, ना. पेट फुकी घाँटी सानो भएर मुखमा छाताजस्तो भई बिट फर्केको, पेटको माथिल्लो भागमा ठाडो टुटी लागेको पानीको भाँडो।
1304 करुवा, ना. १. फल्याकको जोर्नीमा ठोकिने फलामको दुईखुट्टे किला।
1305 करुवा, ना. २. सँघारठेलोमा ढोकाको मास्तिर ठोकिने फलामको तीनखुट्टे किला।
1306 करेउली ना. १. मनको भित्री इरादा ( द्विव्य.)।
1307 करेउली ना. २. करकाप।
1308 करेट्नु स. क्रि. १. अरूलाई धेरै मर्कामा पार्नु, करेटोमा अल्झाउनु।
1309 करेट्नु स. क्रि. २. करौंतीले रेटे जस्तै गरी रेट्नु।
1310 करेटा ना. करेट्ने, करेटिने वा करेटाउने क्रियाप्रक्रिया |
1311 करेटाइनु क.क्रि. करेट्ने काम गराइनु, करेट्न लाइनु।
1312 करेटाउनु प्रे. क्रि. करेटोमा पार्नु, करेट्न लाउनु।
1313 करेत ना. निकै विषालु, चार फिटजति लामो, हल्का पहेँलो र कालो घेराले बनेको शरीर हुने आकर्षक सर्प (यो गोमन सर्पसँग मिल्दोजुल्दो हुन्छ, तर फँडा हुँदैन, यसले अरू ससाना सर्प खान्छ)।
1314 करेन्ट ना. १. पानी, कोइला वा तेलबाट वैज्ञानिक प्रक्रियाद्वारा उत्पादित बिजुलीबत्ती बाल्ने र मेसिन आदि चलाउने काममा प्रयोग गरिने एक प्रकारको अदृश्य शक्ति, विद्युत् प्रवाह, विद्युत् तरङ्ग।
1315 करेन्ट ना. २. नदी आदिको पानीको प्रवाह, पानीको धारा।
1316 करेप्नु अ.क्रि. १. हलचल गर्न नसक्ने गरी समाउनु, अँठ्‌याउनु।
1317 करेप्नु अ.क्रि. २. अक्करमा वा पासोमा पार्नु, करमा पार्नु, करकाप गर्नु, खऱ्याखती पार्न।
1318 करेप ना. १. हलचल गर्न नसकिने अँठ्‌याइ, समाइ, पासो आदिबाट भएको वा परेको बन्धन।
1319 करेप ना. २. कुनै काम नगरी नहुने वा टार्नै पर्ने कर; करकाप।
1320 करेपाइ ना. करेप्ने वा करेपिने क्रिया वा प्रक्रिया |
1321 करेपाइनु क.क्रि. करेप्न लाइनु।
1322 करेपाउनु प्रे. क्रि. करेपमा पार्नु वा पार्न लाउनु।
1323 करेपिनु क.क्रि. करेप्ने काम गरिनु, अँठ्याइनु।
1324 करेली ना. १. काठी कसेको बखत घोडाका टाउकामा लाउने छालाको साज, मोहोडा।
1325 करेली ना. २. लगाम।
1326 करेलो ना. वर्षायाममा तीनचोसे पात हुने लहरामा फल्ने, चोसैचोसा निस्कने र तितो स्वादको हुने, तरकारी वा अचार बनाएर खाइने लाम्चो फल, तिते करेलो।
1327 करेसाबारी ना. घरले चर्चेको तर घर र आँगनले ओगटेर बाँकी रहेको, घरका दायाँबायाँ र पछिल्तिरको तरकारी खेती गर्ने बारी; घरका वरिपरिको तरकारी खेती गर्ने जग्गा।
1328 करेसो ना. घरले चर्चेको र आँगनले ओगटेर बाँकी रहेको जग्गा ( दायाँबायाँका पटाङ्गिनी र पछाडिको बारीसमेत)।
1329 करोड ना. सय लाखको।
1330 करोड वि. अनेक करोड।
1331 करोड वि. सङ्ख्या कडोर।
1332 करोडपति ना. करोडौँ रुपियाँको मालिक, कडोरपति।
1333 करोडौं वि. करोड, कडोरौँ।
1334 करौंजा / करौंजी ना. १. पिरो, तितो स्वादको भईकन गरम र दीपनगुण हुने, तीन चोसा परेको साना साना काला दाना हुने एक प्रकारको वनस्पति, कालो जिरा; मुग्रेलो; मुलो।
1335 करौंजा / करौंजी ना. २. तितो र अमिलो स्वाद हुने, रातोसेतो रङ्को, आयुर्वेदमा रुचिकारक, कफपित्तवर्धक र तृष्णानाशक भनी बताइएको वनस्पति फलविशेष, करौंदा।
1336 करौंत ना. काठ चिर्ने काम गरिने, चौकोसमा जडिएको, दाँती भएको, चेप्टो र लामो फलामको पाता, ठुलो आरा।
1337 करौती ना. रेटेर काठ आदि चिर्ने एकापट्टि मुठ जडिएको एक किसिमको दाँतीदार फलामे हतियार, सानो खालको आरा।
1338 करौंते ना. १. खसा र लामा पात हुने, सेतो फूल फुल्ने, भुईंमा वा पानीमा लहरा फैलने दुबोजातको एक प्रकारको भार, पानीदुबो।
1339 करौंते ना. २. पात ज्यादै खस्रो हुने सानो खालको एक प्रकारको बाँस।
1340 करौंते ना. वि. ३. करौंतीजस्तो रेट्ने वा अर्कालाई निर्दयी चालले दुःख दिने स्वभावको, करौंतीजस्तो।
1341 करौंते झार ना. पातका दुई छेउमा करौंतीका जस्ता मसिना काँढा हुने र (घाँस)।
1342 करौंदा ना. १. ससाना पात, सेतो फूल, साना गोल फल लाग्ने एक प्रकारको काँडे रुख।
1343 करौंदा ना. २. त्यसैको फल, करमर्द।
1344 करौंदा ना. ३. सेतोरातो मिसिएको अमिलो फल करञ्ज।
1345 कर्कनु अ.क्रि. १. सोझो भएर ठडिनुपर्ने वस्तु (घरको गाहो, लिङ्गो, बाँस, खामो आदि) बाङ्गिनु, टेढिनु, कर्के हुनु।
1346 कर्कनु अ.क्रि. २. कसैलाई देखेको नदेख्यै गरी अर्कातिर लाग्नु, बाटो छलेर हिँड्नु।
1347 कर्कट ना. १. बाह्र राशिमध्ये चौथो राशि, कर्क राशि, कर्कट राशि।
1348 कर्कट ना. २. छिपछिपे पानी भईकन ढुङ्ग्यान ठाउँमा बस्ने छ खुट्टाजति भएको र अघिल्तिर केही मोटा, चिम्टे, धारिला, चेपुवाजस्ता दुई नङ्ग्रा हुने एक जलजन्तु, गँगटो।
1349 कर्कट ना. ३. मालसामान जोख्ने तराजुको तेर्सो डाँठको दुवैतिर घुमुर्किएको, पल्ला थाली झुन्ड्याइने टुप्पो।
1350 कर्कट राशि ना. कर्कट।