Dictionary

All Word

12101 चामरधर / धारी ना. राजाको दायाँ-बायाँ बसेर चमर डोलाउने सेवक, चँवरदार |
12102 चामल ना. धानभित्रको सारयुक्त सेतो वा खैरो अन्न, चाँवल ।
12103 चामलिङ्गी ना. पूर्वी नेपालमा चामलिङ थर हुने किराँतीहरूले बोल्ने एक भाषिका ।
12104 चामुण्डा ना. दुर्गाको रौद्र रूप ।
12105 चामे वि. १. युद्धमा ढाल भिर्ने (व्यक्ति) ।
12106 चामे वि. ना. २. फोहोर टिप्ने र सोहोर्ने व्यक्ति, पोडे, मेहतर, च्यामे ।
12107 चामे वि. ३. मनाङ जिल्लाको सदरमुकाम ।
12108 चाम्मुठी ना. हे. चामठी ।
12109 चाम्रिनु अ.क्रि. १. चाम्रो हुनु, नचुँडिने हुनु ।
12110 चाम्रिनु अ.क्रि. २. जाँगर मर्नु, उत्साह सेलाउनु, फुर्ती हराउनु, ओइलाउनु ।
12111 चाम्रे ना. पानीमा ढड्याइएको चामललाई घिउमा भुटी बाफले मात्र पकाइएको एक खाद्य वस्तु ।
12112 चाम्रे च्याउ ना. एक प्रकारको जङ्गली च्याउ |
12113 चाम्रो वि. १. भाँच्न, चुँड्न र चपाउन कठिन पर्ने, लचिलो र दह्रो किसिमको ।
12114 चाम्रो वि. २. कराँतिलो सारवान् दर्बिलो ।
12115 चाम्रो वि. ३. कन्जुस ।
12116 चाम्रो वि. ४. चिम्ट्याइलो ।
12117 चाम्ग्राइ ना. चाम्रो हुनाको भाव वा अवस्था ।
12118 चायाँ ना. राता डाँठ हुने, राता फूल फुल्ने, पातका बिचमा रातै धर्को हुने र ससाना काला गेडा फल्ने एक बोट ।
12119 चाया ना. १. कपालमा हुने मसिना बुरबुरे पाप्रा वा सेतो हलुका धुलो ।
12120 चाया ना. २. कलेजाको खराबीका कारणले आँखावरिपरि वा गालामा बस्ने कालो दाग पोतो ।
12121 चार ना. १. गणनाक्रममा तीनपछिको सङ्ख्या ४ को अङ्क ।
12122 चार ना. वि. २. तीनपछिका सङ्ख्याको ।
12123 चारआँठे वि. आँठेआँठा भएको; आँठा पारी बाटिएको (कपाल आदि) ।
12124 चारकडे वि. चार कडा भएको (भयाँगा आदि) ।
12125 चारकलम ना. पूर्वी नेपालको लिम्बू समाजमा केटी मागेर कुरो छिनेको र विवाह गर्ने निधो लागेको दिन केटाका तर्फबाट केटीका आमा-बाबुलाई दिइने पैसा, जाँड-रक्सी आदिको कोसेली ।
12126 चारकाने वि. चार कान भएको, घाँटीमा कान झैं दुईवटा लुर्कन भएको (खसी, बाख्रा आदि) ।
12127 चारकिल्ला ना. सिमाना (खेतबारीको ); साँध, सीमा, परिधि, चौहद्दी |
12128 चारकुने वि. १. चार कुना परेको; चारपाटे आकारको; चारखाने।
12129 चारकुने वि. ना. २. चार कुना पारी सिन्काले गाँसी तयार पारिएको पातको एक पात्र ।
12130 चारखाना ना. चारपाटे आकारको बुट्टा भएको कपडा, चारखाने कपडा ।
12131 चारखाने वि. चारकुने आकारको, चारखाना भएको ।
12132 चारखाल ना. १. चारैतिर भवन भई बिचमा चोक वा चौर भएको ठाउँ ।
12133 चारखाल ना. २. पहिले प्रमुख जिल्ला अधिकारीको कार्यालय, भूमिसुधार कार्यालय तथा विशेषतः जिल्ला अदालत आदि रहेको, काठमाडौंको डिल्लीबजारस्थित चारैतिर भवन भई बिचमा चोक रहेको एक प्रसिद्ध स्थान |
12134 चारखाले वि. १. चारखाल भएको, चारखालसित सम्बन्ध भएको ।
12135 चारखाले वि. २. चारखालमा गएर बस्ने वा रुँग्ने ।
12136 चारखाले वि. ३. कौडा, तास आदिको जुवामा दाउ लिएर बस्ने ।
12137 चारखुट्टे वि. १. चार खुट्टा भएको ।
12138 चारखुट्टे वि. ना. २. पशु चौपाया, जनावर, जन्तु ।
12139 चारगणेश ना. काठमाडौं उपत्यकाभित्रका चार दिशामा रहेका प्रसिद्ध चार गणेश (चन्द्रविनायक, अशोकविनायक, जलविनायक, सूर्यविनायक ।
12140 चारण ना. १. भाट, घुमफिर गर्दै हिँड्ने नट, नर्तक वा गवैया ।
12141 चारण ना. २. गन्धर्व ।
12142 चारण ना. ३. तीर्थयात्री ।
12143 चारण ना. ४. गुप्तचर ।
12144 चारण ना. ५. वेद वा पुराण पढ्ने मानिस ।
12145 चारण गीत ना. चारणहरूद्वारा गाइने राजा- महाराजाहरूको कीर्ति-गाथा, भ्रमणशील व्यक्तिहरूद्वारा गाइने गीत ।
12146 चारदाम ठेकी ना. पहिलेको चलनअनुसार नयाँ जग्गा कमाउँदा वा कमाइरहेकै जग्गा फेरि कमाउन थमौती गर्नुपर्दा मोहीले जग्गाधनिलाई बुझाउने दस्तुर ।
12147 चार दोबाटो ना. चार बाटा मिलेको ठाउँ; चौबाटो; चतुष्पथ; चौमुहानी ।
12148 चारधाम ना. चार प्रसिद्ध धार्मिक क्षेत्र वा तीर्थहरूको समूह (भारतका बदरीनाथ, जगन्नाथ, रामेश्वर र द्वारका, नेपालका बराहक्षेत्र, जनकपुर, मुक्तिनाथ र दामोदरकुण्ड ) |
12149 चारनारायण ना. काठमाडौं उपत्यकाभित्रका प्रसिद्ध चार नारायण (चाँगुनारायण, विशङ्कुनारायण, शेषनारायण र इचङ्गुनारायण) ।
12150 चारपदार्थ ना. चार पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष) ।