Dictionary

All Word

12051 चानचुन वि. १. माथिल्लो एकाइमा नपुगी थोरै परिमाणमा मात्र रहेको, खुद्रा फाटफुट, फाटफुटे ।
12052 चानचुन वि. २. अलिकति, थोरै अपुग ।
12053 चानचुने वि. १. चानचुनमा गनिने सानोतिनो ।
12054 चानचुने वि. २. निम्न श्रेणीको नगण्य; सामान्य ।
12055 चानस ना. १. अकस्मात् घटेका घटना, सन्जोग; काकताली ।
12056 चानस ना. २. अवसर मौका |
12057 चाना ना. मूला, नास्पाती, लौका आदिको पातलो गरी काटिएको टुक्रा वा ती टुक्रालाई घाममा बेसरी सुकाई बनाइएको, तरकारी अचार बनाएर खाइने सुक्खा वस्तु चानु, चानो ।
12058 चानु ना. हे. चाना।
12059 चानुमानु ना. १ सुनसान चकमन्न ।
12060 चानुमानु ना. २. चुपचाप ।
12061 चानुमानु ना. ३ चिह्न र अवशेष।
12062 चानुमानु ना. क्रि.वि. ४. अवशेषसमेत एकदम पनि ।
12063 चानेचुने वि. हे. चानचुन ।
12064 चान्द्र वि. चन्द्रमासँग सम्बन्धित, चन्द्रमासम्बन्धी ।
12065 चान्द्रमास ना. चन्द्रमाको तिथिअनुसार गनिने महिना, चन्द्रमाका कलाका आधारमा प्रारम्भ गरिने महिना, शुक्ल वा कृष्णपक्षको प्रतिपदादेखि प्रारम्भ हुने महिना |
12066 चान्द्रायण ना. चन्द्रमाको वृद्धि वा क्षयद्वारा विनियमित एक धार्मिक व्रत वा प्रायश्चित्त गर्ने कृत्य ।
12067 चान्द्रायण ना. (यसमा चन्द्रमाको वृद्धिमा खानाको गाँसको परिमाण बढाउँदै लैजाने र क्षयमा चाहि गाँस घटाउँदै लैजाने गरिन्छ) ।
12068 चान्सलर ना. १. विश्वविद्यालय वा एकेडमीका सर्वोच्च अधिकारी; कुलपति।
12069 चान्सलर ना. २. कुनै-कुनै देशका राष्ट्राध्यक्ष ।
12070 चान्सलर ना. ३. ब्रिटिस सरकारमा उच्च पदाधिकारी ।
12071 चान्सलर ना. ४. चर्चको उच्च अधिकारी ।
12072 चान्सलर ना. ५. कुनै-कुनै राज्यमा प्रधान विचारपति ।
12073 चाप्नु स. क्रि. १. रोगादिले ग्रस्त पार्नु ।
12074 चाप्नु स. क्रि. २. अर्काको जग्गा आफ्नोमा घुसाउनु, ठाउँ लिनु ।
12075 चाप्नु स. क्रि. ३. बाधा गर्नु ।
12076 चाप्नु स. क्रि. ४. खप्टनु ।
12077 चाप्नु स. क्रि. ५. ढलाउनु, थिचोमिचो गर्नु ।
12078 चाप ना. रेखागणितमा वृत्तका परिधिको एक अंश वा भाग।
12079 चाप ना. १. थिचाइ, थिचावट, दवाब, पेलाइ, किचाइ ।
12080 चाप ना. २. तेल, उखु आदि पेल्ने यन्त्र, साल।
12081 चाप ना. 3. अपराधीलाई कायल पार्न प्रायः औँला च्याप्ने काठको साधन ।
12082 चापचिह्न ना. खुट्टाका पैतालाको चिह्न ।
12083 चापचुप ना. १. नबोलीकन बसेको अवस्था, चुपचाप, गुपचुप ।
12084 चापचुप ना. क्रि.वि. २. खाना खाँदा सिनित्त हुने गरी ।
12085 चापचुप ना. ३. मानिस पक्रँदा वा समाउँदा बोल्नै नपाउने गरी अपर्झट वा अकस्मात् फेला पार्ने वा समाइने गरी ।
12086 चापट वि. फराक, विस्तृत, फैलिएको; गजिलो, चाक्लो; समतल।
12087 चापपेटी ना. घटी वा बढी हावाका यिचाइबाट बन्ने स्थान वा श्रेणी ।
12088 चापलुस वि. चिप्लो घसेर कुरा गर्ने, खुसामदी; चाटुकार, मिथ्या प्रशंसक ।
12089 चापलुसी ना. लोलोपोतो, चोसोमोसो, खुसामदीपन, चाटुकारिता, बेसारेपन; चेप्याइँ, चेपारेपन, चिल्लोघसाइ ।
12090 चापल्य ना. चुलबुलेपन, चपलता, चञ्चलता।
12091 चापाचाप ना. १. बेफुर्सदी, व्यस्तता ।
12092 चापाचाप ना. २. कडिकडाउ (रोगको); धरपकड, जोरजुलुम, सिकिस्ती ।
12093 चाब्नु स.क्रि. दाँतले बिस्तारै चपाउनु, मुखमा लिनु वा च्याप्नु खानु (पान, सुपारी आदि) ।
12094 चाबी ना. ताल्चा खोल्ने साधन, कुञ्जी हे. साँचो ।
12095 चाबो / चाभो ना. एक जातको जङ्गली पान वा त्यसैको लहरा ।
12096 चाम ना. छाला, चर्म, सामा।
12097 चाम कोदाली ना. पुरानो धान, कोदो आदि पसिनाले चोइली परेपछि खनेर उप्काउने एक प्रकारको कोदालो।
12098 चाममुठी ना. मुठी बाँध्दै, फुकाउँदै गरेर खेलिने ससाना नानीहरूको खेल ।
12099 चामर ना. हे. चमर ।
12100 चामरग्राही वि. चमर डोलाउने (व्यक्ति) ।