Dictionary

All Word

12151 चारपाई ना. पाट, बाबियो आदिका डोरीले बुनेर बनाइएको, एक प्रकारको खाट, खट्वा ।
12152 चारपाखे वि. चार पाखा छाना भएको (पुरानो ढाँचाको घर) |
12153 चारपाटे वि. १. चार पाटा भएको, चौकुने |
12154 चारपाटे वि. ना. २. वर्गाकारको सानो चकटी, कुनै पनि त्यस्तो बिछ्याउने चिज ।
12155 चारपाते ना. [चारपात+ए] वैज्ञानिक कृषिकार्य र घरेलु अर्थशास्त्रका विषयमा प्रशिक्षण दिने एक ग्रामीण युवा सङ्गठन; ह-चार क्लब ( हात, हृदय, होरो तथा हष्टता - सम्बन्धी ) |
12156 चारपाते क्लब ना. ह-चार क्लब (फोर - एच् क्लब) ।
12157 चार पोल ना. पुरानो तौल प्रणालीअनुसार धार्नीको १/९ भाग ।
12158 चार भन्ज्याङ ना. काठमाडौं उपत्यकाको चारैतर्फ रहेका चार भन्ज्याङ (साँगा भन्ज्याङ, पाँचमाने भन्ज्याङ, पाटी भन्ज्याङ र खरी भन्ज्याङ) ।
12159 चारभूमि ना. बौद्ध धर्मअनुसार हीनयान बौद्धमार्गका स्रोतापन्न, सकृदागामी, अनागामी र अर्हत् नामका ध्यानको चार अवस्था ।
12160 चारवर्ण ना. हे. चतुर्वर्ण ।
12161 चार वाराही ना. काठमाडौं उपत्यकाका चारतर्फ रहेका प्रसिद्ध चार वाराही - धूमवाराही, नीलवाराही, वज्रवाराही र धनतले (श्वेत) वाराही ।
12162 चार विनायक ना. काठमाडौं उपत्यकाभित्रका प्रसिद्ध चार विनायक - सूर्यविनायक (भक्तपुर), जलविनायक (चोभार गणेश), अशोकविनायक (मरु गणेश) र चन्द्रविनायक ( चाबहिल गणेश ) ।
12163 चारा ना. १. उपाय, जुक्ति ।
12164 चारा ना. २. अधिकार |
12165 चारानी ना. चार आना मूल्यको सिक्का, चवन्नी ।
12166 चाराने वि. १. चार आना मोलको चार आना पर्ने ।
12167 चाराने वि. २. सस्तो कमसल, मामुली धेर मूल्य नभएको ।
12168 चारित्रिक वि. चरित्रसम्बन्धी; चरित्रविषयक, चरित्रको ।
12169 चारी ना. केटाकेटीहरूले खेल्ने गट्टा ।
12170 चारी वि. नामवाचक शब्दका पछाडि जोडिई विचरण गर्ने, रहने आदि अर्थ बुझाउने उत्तरपद (आकाशचारी, पादचारी, ब्रह्मचारी इ.) ।
12171 चारु वि. १. सुन्दर, मनोहर, रमणीय ।
12172 चारु वि. २. रुचिकर, प्रतिष्ठित, प्रिय |
12173 चारु वि. ना. २. महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'चारु' कविता र शाकुन्तल महाकाव्यकी एक नारी पात्र ।
12174 चारुहासिनी वि. मधुर मुस्कान भएकी, हँसमुखी (स्त्री) ।
12175 चारो ना. पशु-पक्षीलाई खुवाइने दाना वा खाना, आहारा चारा ।
12176 चारो चरान ना. बस्तुभाउ चर्ने चउर वा त्यहाँको घाँसपात ।
12177 चारौं वि. गणनाका क्रमले चार सङ्ख्यामा परेको, चौथो ।
12178 चार्ज ना. १. कार्यभार, पद सम्हाल्ने काम, उत्तरदायित्व |
12179 चार्ज ना. २. धावा; आक्रमण ।
12180 चार्ज डी एफेयर्स ना. मन्त्री वा राजदूतका सट्टामा अस्थायी रूपमा नियुक्त भएको कूटनीतिज्ञ, राजदूत वा मन्त्रीभन्दा तल्लो तहको कूटनीतिज्ञ।
12181 चार्टर ना. १. कसैलाई कुनै अधिकार दिने कुरा लेखिएको लेख वा पत्र, अधिकारपत्र।
12182 चार्टर ना. २. त्यस्तो अधिकार दिने काम ।
12183 चार्टर ना. ३. कुनै सर्तमा कुनै ठुलो सवारी किरायामा लिनेदिने काम ।
12184 चार्टर उडान ना. भाडा वा ठेक्कामा पूरा हवाईजहाज लिई मालसामान ओसारपसार गर्ने र यातायातका निम्ति गरिने उडाइ |
12185 चार्टर्ड एकाउन्टेन्ट ना. लेखापरीक्षणको विशिष्ट तहको तालिम प्राप्त गरी प्रमाणसमेत लिएको व्यक्ति ।
12186 चार्वाक ना. १. बृहस्पतिको शिष्य मानिने अनीश्वरवादी तथा नास्तिक एक प्रसिद्ध दार्शनिक आचार्य ।
12187 चार्वाक ना. २. महाभारतमा वर्णित एक राक्षसको नाम ।
12188 चार्वाक दर्शन ना. ईश्वर, आत्मा, पुनर्जन्म, परलोक, धर्मशास्त्र आदिलाई नमानी भौतिक सुखलाई मात्र मान्ने चार्वाकको नास्तिक म।
12189 चार्वाक मत ना. चार्वाकले चलाएको मत वा सम्प्रदाय ।
12190 चाल्नु स.क्रि. १. चाल्नीले सानो-ठुलो छुट्ट्याउनु; छान्नु।
12191 चाल्नु स.क्रि. २. यताउता चलाउनु (गोटी आदि) ।
12192 चाल्नु स.क्रि. ३. यता उता गर्नु, धुइँधुइँती चहार्नु ।
12193 चाल ना. १. घरको छानो ।
12194 चाल ना. २. नीलकण्ठ चरो ।
12195 चाल ना. ३. घोडाको हिँडाइ ।
12196 चाल ना. ४. सेउवा ।
12197 चाल ना. ५. हिँडडुल गर्ने जीव ।
12198 चाल ना. १. चल्ने वा हिँड्ने काम चलाइ, हिँडाइ, गति ।
12199 चाल ना. २. रीति, चलन, प्रथा ।
12200 चाल ना. ३. होस, ज्ञान, थाहा ।