Dictionary

All Word

12201 चाल ना. ४. चेष्टा, छाँट, ढाँचा, हालत, चाला।
12202 चाल ना. ५. पूर्वरङ्ग ताल ।
12203 चाल ना. ६ चरित्र ।
12204 चाल ना. ७. पासा आदि खेलको गोटी चाल्ने क्रिया वा प्रक्रिया |
12205 चाल ना. बारीको पाटो |
12206 चालक ना. १. मोटर आदि हाँक्ने वा चलाउने व्यक्ति, ड्राइभर, डाइभर, हँकुवा, गाडीवान, सारथि ।
12207 चालक ना. २. विद्युत् आदि सञ्चालन हुने पदार्थ (सुचालक, कुचालक इ.) ।
12208 चालकशक्ति ना. फलाम आदि धातुमा रहने, धातुका अणु-अणु तताउने शक्ति ।
12209 चालचलन ना. १. आनीबानी; शीलस्वभाव, चालामाला आचार, व्यवहार, शील, चरित्र ।
12210 चालचलन ना. २. रीतिरिवाज, प्रथा ।
12211 चालचुल ना. १. चेष्टा, लक्षण ।
12212 चालचुल ना. २ हालखबर, अत्तोपत्तो ।
12213 चालचुल ना. ३. नबोली र नचली बस्ने काम वा अवस्था ।
12214 चालढाल ना. कामगराइको ढाँचा, चालामाला, ढग, ढाँचा |
12215 चालन ना. १. हिँडाउने काम, डोलाउने काम, छान्ने काम ।
12216 चालन ना. २. ज्योतिषशास्त्रमा ग्रहहरू स्पष्ट गर्दा वा स्पष्ट ग्रहहरू ल्याउनुपर्दा जोड्ने वा घटाउने गणितको एक आधार सङ्ख्या ।
12217 चालन शक्ति ना. पानी, बाफ, टर्बाइन, डिजेल, डिजेल-विद्युत् आदिमध्ये कुनै एकबाट यन्त्रादि चल्ने शक्ति ।
12218 चालफाल ना. मेलोमेसो; व्यवस्था; चाँजो, बन्दोबस्त ।
12219 चालबाज वि. कपटी चाल चल्ने, धोकेबाज, छली, धुर्त ।
12220 चालबाजी ना. छल, कपट, धोका; षड्यन्त्र |
12221 चाला ना. १. चालचलन, व्यवहार ।
12222 चाला ना. २. चरित्र; छाडन ।
12223 चाला ना. ३. चेष्टा ।
12224 चालामाला ना. १. बानीबेहोरा ; चालचलन, रीतिरिवाज ।
12225 चालामाला ना. २. चरित्र; छाडन ।
12226 चालिनु अ.क्रि. चाल्ने काम गरिनु ।
12227 चालिसे ना. १. सामान्यतः चालिस बर्से आँखाको निकट दृष्टिमा हुने क्षति ।
12228 चालिसे ना. २. नेपालका ब्राह्मणको एक थर ।
12229 चाली ना. १. तराईमा भुईंमै डाँडाभाटा कसेको वा खालि भाटा मात्रले बनेको नछाइएको घरको छाना ।
12230 चाली ना. २. पानीमा सनपाटका काँचा मुठा मिलाएर खप्ट्याइएको थुप्रो ।
12231 चालिस ना. उनन्चालिसपछिको सङ्ख्या; दुई बिसको योगफल |
12232 चालिसौं वि. गणनाका क्रमले चालिसमा परेको ।
12233 चालीस ना. हे चालिस ।
12234 चालीसौं वि. हे. चालिसौं ।
12235 चालु वि. १. चल्दो चल्ने, चल्ती ।
12236 चालु वि. २ हालको अहिलेको ।
12237 चालु वि. ३. सक्रिय, चल्तापुर्जा ।
12238 चालू वि. हे. चालु ।
12239 चालो ना. शरीरमा एकै ठाउँमा बुरुर्र भएर निस्कने मसिना खटिरा ।
12240 चाल्नी / चाल्नु ना. पिठो, सुर्तीको धुलो आदि छान्नका निम्ति मसिना तार जाली वा प्वाल पारिएको फलामको पाता राखेर बनाइएको एक साधन, मसिना ठोस पदार्थबाट छोक्रा, बोक्रा वा अनावश्यक तत्त्व छुट्ट्याउने साधन, चालनी ।
12241 चाल्ने वि. चाल्नीजस्तो; चाल्नीका छाँटको ।
12242 चाल्ने खटिरा ना. चर्को घामको असर मानिसका शरीरको छालामा पर्दा उक्सिने ससाना खटिरा घमौरा ; पानी-खटिरा, गर्मी खटिरा ।
12243 चाल्ने पिलो ना. धेरै मुख हुने पिलो ।
12244 चाल्ने सिस्नु ना. ठुलठुला पात हुने र नपोल्ने एक प्रकारको सिस्नु ।
12245 चास्नु स.क्रि. खनजोत गर्नु, गोडमेल गर्नु, चास वा मल पुग्ने गर्नु ।
12246 चास ना. जग्गा जमिनमा खनजोत गर्ने तथा मलजल हाल्ने काम चास्ने काम ।
12247 चासचुस ना. १. अमिलो, पिरो धेरै प्रकारका अचार, चटनी, सितन ।
12248 चासचुस ना. २. रोटी पकाउँदा थोरै चिल्लो लगाउने काम।
12249 चासनी ना. हे. चास्नी ।
12250 चासनी ना. गहना तयार गर्न सुन, चाँदी आदि जिम्मा लिनेले गहना बनाउन दिनेलाई पछि काम सिद्धिएपछि गहनामा कैफियत मिसिए -नमिसिएको जाँच्न काटेर दिएको सानो टुक्रो ।