Dictionary

All Word

12251 चासिनु क.क्रि. चास्ने काम गरिनु ।
12252 चासो ना. १. वास्ता, परवाह, खातिर, मतलब, प्रयोजन सरोकार |
12253 चासो ना. २. खाँचो; आवश्यकता ।
12254 चासो पर्दो वि. वास्ता राख्नुपर्ने; सरोकार राख्नुपर्ने; आवश्यक ।
12255 चास्नी ना. पानी, चिनी वा मिस्री हाली पकाइएको लस्सादार पदार्थ, चासनी, पाक ।
12256 चास्स क्रि.वि. मनमा चिसो पस्ने गरी बिभने किसिमले मन दुख्ने गरी ( भन्नु वा केही गर्नु ) ।
12257 चास्सचुस्स क्रि.वि. १. पेटै नभरिने गरी, थोरथोरै ।
12258 चास्सचुस्स क्रि.वि. २. आगो, तातो फलाम आदिले हल्कासित डाम्ने वा पोल्ने गरी ।
12259 चास्सचुस्स क्रि.वि. 3. तार, सुइरो, छेस्का आदिको घोचाइका साथै ।
12260 चास्सचुस्स क्रि.वि. ४. घोचपेच गरेर अर्कालाई छक्क पर्ने गरी ।
12261 चाह ना. १. इच्छा, अभिलाषा, अभिरुचि ।
12262 चाह ना. २. अनुभव।
12263 चाह ना. ३. वास्ता ।
12264 चाहनु स.क्रि. चाह वा चाहना गर्नु, रुचाउनु, मन पराउनु, पाउन खोज्नु ।
12265 चाहना ना. इच्छा; अभिरुचि, चाह; चाहाना |
12266 चाहर्नु स.क्रि. हे. चहार्नु ।
12267 चाहा ना. चाहना, रुचि ।
12268 चाहाना ना. हे चाहना ।
12269 चाहार वि. १. केही कुलो लाग्ने वा जम्मै बर्सादका भरले रोपिने सुक्खा माटो भएको, हिउँदे र बर्से दुवै बाली नलाग्ने तथा कम उब्जा हुने (जग्गा); जग्गाका चार श्रेणीमध्ये तल्लो श्रेणीको ।
12270 चाहार वि. ना. २. त्यस्तो जग्गा ।
12271 चाहिँ ना. यो. धेरैमा एकलाई रोज्दा वा जोड दिँदा प्रयोग हुने शब्द, अवसरमा; समयमा; खेरि (उदा. तीनवटीमा कान्छीचाहिँ बाठी रहिछ । सेतो चाहिँ कुखुरो काट )।
12272 चाहिँदो वि. १. चाहिएजति आवश्यक परेजति ।
12273 चाहिँदो वि. २. आवश्यक ; जरुरी ।
12274 चाहिँदो वि. 3. ठिक; मनासिब, उचित ।
12275 चाहे संयो. विकल्प वा सर्त बुझाउँदा वाक्यमा दुईपल्ट प्रयोग हुने शब्द ।
12276 चाहे संयो. (उदा.- चाहे खाऊ, चाहे नखाऊ।
12277 चाहे संयो. चाहे राम, चाहे श्याम आओस् ।
12278 चिंगडो ना. फुटेको भाँडो, चिङडो ।
12279 चिंगना ना. १. ढुङ्ग्रीप्वाँख पनि नउम्रेका कुखुराका ससाना बच्चा, चिङना ।
12280 चिंगना ना. २. कुखुराको बच्चा चल्ला चल्लो ।
12281 चिंगो ना. १. पानीमा बस्ने, टोक्ने सानो किरो ।
12282 चिंगो ना. २. लाम्चा पात र सेता जरा हुने धानका खेतमा हुने एक भुइँझार |
12283 चिउँ ना. १. सुत्ने क्रिया वा निद्रा ।
12284 चिउँ ना. २. साना शिशुलाई सुताउनका लागि गुनगुनाउने शब्द ।
12285 चिउँटी ना. १. बुढी औंला र चोर औँलाका टुप्पाको मेल ।
12286 चिउँटी ना. २. त्यस्तो मेलले टिप्दा आउनेजति मात्रा ।
12287 चिउँटी ना. ३. सो मेल हुँदाको चिमटाइ ।
12288 चिउँटी ना. ४. बुढी औंला र चोर औँलाका सहायताले कुनै वस्तु समात्ने स्थिति वा कार्य ।
12289 चिउँटी ना. वि. ५. चिउँटीले आउने परिमाणको; चिम्टी ।
12290 चिउँटी ना. ६. थोरै ज्यादै थोरै अति अल्प |
12291 चिउँडो ना. तल्लो ओठभन्दा मुनिको अनुहारको भाग; तल्लो बङ्गाराको उठेको भाग; च्युँडो; च्यापु ।
12292 चिउरा ना. भिजाएको वा उसिनेको धान नफुट्तै भुटेर ढिकी, ओखल, मिल आदिमा कुटी थेप्चो बनाइएको एक खाद्य वस्तु च्युरा, चिपिटान्न ।
12293 चिउरी ना. १. सुनजस्तो टल्कने पाट निस्कने एक जातको बोट ।
12294 चिउरी ना. २. चिउली (फल वा बोट) ।
12295 चिउला ना. मुना, टुसा, अङ्कुर, चिउलो ।
12296 चिउला चिउली ना. मुनामुनी, टुसाटुसी ।
12297 चिउली ना. चिउलो (कोमलार्थमा) ।
12298 चिउली ना. सेता साना फूल फुल्ने, दुध निस्कने, अमारोको आकारको फल फल्ने, सो फल चुस्दा गुलियो रस निस्कने रुख वा त्यसको फल; हिगुदल |
12299 चिउलो ना. हे. चिउला ।
12300 चिक्नु स.क्रि. स्त्रीसम्भोग गर्नु, मैथुन गर्नु ।