Dictionary

All Word

12301 चिकनथली / चिकनथैली ना. स्त्री-योनि; जननेन्द्रिय ।
12302 चिकनथैले वि. सम्भोगको ज्यादै चाह गर्ने (स्त्री); कामोन्मादी ; कामासक्त (स्त्री); भोगिनी ।
12303 चिकाइ ना. सम्भोग गर्ने वा गराउने भाव, क्रिया वा प्रक्रिया |
12304 चिकाइनु क.क्रि. सम्भोग गराइनु वा गर्न लगाइनु ।
12305 चिकाउनु प्रे. क्रि. सम्भोग गर्न लाउनु वा गर्ने पार्नु ।
12306 चिकान ना. सम्भोग कार्य, समागम, मैथुन, सम्भोग ।
12307 चिकामारी ना. चिकीखेल ।
12308 चिकारु वि. मैथुनमा तल्लीन भएर लागेको ।
12309 चिकित्सक ना. औषधोपचार गर्ने व्यक्ति; डाक्टर, वैद्य, कविराज, हकिम |
12310 चिकित्सा ना. १. निदान, रोगनिरूपण ।
12311 चिकित्सा ना. २. इलाज, उपचार, औषधी, दवाई।
12312 चिकित्सालय ना. औषधी गर्ने घर वा ठाउँ, औषधालय; वैद्यखाना; हस्पिटल; अस्पताल |
12313 चिकित्सा विज्ञान ना. रोगको निदान वा मीमांसा गर्ने र उपचार गरी निकोसमेत पार्ने एक विज्ञान तथा कला; चिकित्साशास्त्र; चरकसंहिता |
12314 चिकित्सित वि. चिकित्सा गरिएको (व्यक्ति); उपचार गरिएको ।
12315 चिकिनु क.क्रि. सम्भोग गरिनु, मैथुन गरिनु ।
12316 चिकी ना. स्त्रीजातिको जननेन्द्रिय; योनि, भग।
12317 चिकी खेल ना. मैथुन - क्रिया; चिकामारी |
12318 चिकुवा वि. बढी स्त्रीप्रसङ्ग गर्ने स्वभावको, धेरै स्वास्नीमान्छे चाहिने; अति मैथुन गर्ने ।
12319 चिघ्रनु अ.क्रि. चिच्याउनु, च्याँठिनु, तर्सिएर रुनु; हिलिनु ।
12320 चिघ्राइ ना. चिघ्रने वा चिघाउने भाव, क्रिया वा प्रक्रिया |
12321 चिघ्रिनु अ.क्रि. चिघ्रनु।
12322 चिडडी ना. भिडे माछो ।
12323 चिडडो ना. फुटेको भाँडो, चिंगडो ।
12324 चिचिघ्वाइँ ना. फिस्टो ।
12325 चिचिन्डो ना. १. घिरौंलाका जस्ता पात, सेता फूल, सेता वा काला धर्सा भएका घिरौंलाकै आकारका फल हुने एक लहरो ।
12326 चिचिन्डो ना. २. तरकारीका रूपमा व्यवहार गरिने त्यसको फल; चिनाकर्कटी |
12327 चिचिमोटे वि. चकचके, छुकछुके, चनमते (बालक-बालिका)।
12328 चिचिलो ना. १. भरखर फलेको, सानो कलिलो फल ।
12329 चिचिलो ना. २. सानो कलिलो बालक बच्चो ।
12330 चिचिलो ना. वि. ३. बेला नभएको (फल, फूल, सागपात आदि) ।
12331 चिची ना. १. मासु (बालबोलीमा ) ।
12332 चिची ना. २. भर्खर जन्मेको शिशु ।
12333 चिचीपापा ना. १. मासु र मिठाई लगायतका अन्य मिठा खानेकुरा ।
12334 चिचीपापा ना. २. पुलपुल्याइ (उदा. - केटाकेटीहरूलाई चिचीपापा गरे बिग्रन्छन्) ।
12335 चिचीभुँडी ना. १. नसप्रिएका साना बच्चा ।
12336 चिचीभुँडी ना. २. साना बच्चा ।
12337 चिचीभुँडी ना. ३. शिशु तथा भ्रूण ।
12338 चिचीमाम ना. १. मासुभात आदि (बालबोलीमा ) ।
12339 चिचीमाम ना. २. ज्यादै सजिला कुरा (हेयार्थमा) |
12340 चिच्चो वि. लालची, लोलुप, लोभी, कन्जुस, चिच्चा, किच्चो; किच्चक, खिच्चो |
12341 चिच्च्याइ ना. [चिच्याउने क्रिया, भाव वा प्रक्रिया |
12342 चिच्च्याइनु अ.क्रि. कराइनु, कौलासिनु ।
12343 चिच्याउनु अ.क्रि. कङ्कला शब्द निकाल्नु; कौलास्नु, कराउनु।
12344 चिच्च्याहट ना. चिच्च्याइ ।
12345 चिज ना. वैज्ञानिक प्रक्रियाअनुसार जमाइएको दुधबाट खाद्य पदार्थ |
12346 चिजо ना. १. कुनै पनि वस्तु वा पदार्थ, थोक ।
12347 चिजо ना. २. महत्त्वपूर्ण वस्तु वा उत्तम कुरो ।
12348 चिजबिज ना. कुनै वस्तु वा पदार्थहरूको समूह, मालताल, जेतेमेते ।
12349 चिट ना. १. कुनै कुराको टिपोट गरिएको कागजको सानो टुक्रा ।
12350 चिट ना. २. परीक्षामा अवैध साधनका रूपमा चोरी गर्ने मनसायले परीक्षार्थीले छलपूर्वक प्रयोग गर्ने टिपोटपत्र |