Dictionary

All Word

12351 चिट ना. पुललाई अड्याउनका लागि अवलम्बस्वरूप कसिने लट्ठा, झोलुङ्गे पुलको दुई छेउमा तारहरू कस्न बनाइएका मजबुत लट्ठा ।
12352 चिटचिट क्रि.वि. १. मानसिक वा शारीरिक कष्टका कारणले शरीरमा पसिना आउने गरी ।
12353 चिटचिट क्रि.वि. ना. २. त्यसरी आएको पसिनाद्वारा उत्पन्न च्याटच्याट ।
12354 चिटचिटी / चिटचिट्ती क्रि.वि. चिटचिट, अझै चिटचिट हुने किसिमसँग, चिटचिटी |
12355 चिटिक्क क्रि.वि. सानो र राम्रो भई छाँट मिल्ने गरी चिट्ट, चट्ट् ।
12356 चिटीचिटी क्रि.वि. हे चिटचिटी ।
12357 चिट्ट क्रि.वि. सानो, राम्रो र बान्की पर्ने गरी चिटिक्क, बान्की परेर मिल्ने गरी ।
12358 चिट्टा ना. कुमारी वा अक्षता स्त्रीको जननेन्द्रियको पर्दा वा आवरण, योनिको पर्दा वा जाली, कुमारीच्छद ।
12359 चिट्टे वि. १. सानो च्यान्टे सिकुटे ।
12360 चिट्टे वि. २. छरितो, छरिछाँटको राम्रो, डिलडौलको ।
12361 चिट्ठा ना. १. नगद वा जिन्सी वस्तु पुरस्कारका रूपमा प्राप्त गर्ने लक्ष्यले नम्बर लगाइएका टिकट सर्वसाधारण जनतामा बिक्री गराई जम्मा गरिएको धन पर्नेलाई वितरण गरिने एक प्रणाली (लटरी) |
12362 चिट्ठा ना. २. अकस्मात् हात लागेको धन ।
12363 चिठी/चिठ्ठी ना. १. टाढा बसेको कुनै आफन्त वा परिचित व्यक्तिलाई हुलाकमार्फत वा कुनै मान्छेमार्फत पठाइने लिखित भला - कुशली वा खैखबर ।
12364 चिठी/चिठ्ठी ना. २. कार्यालयले कुनै संस्था वा व्यक्तिलाई सम्बोधन गरी पठाउने कुनै पनि प्रकारको लेखोट (पत्र, परिपत्र, सूचना इ.)।
12365 चिठी/चिठ्ठी ना. ३. कुनै व्यक्तिले संस्था वा विशिष्ट व्यक्तिका नाममा लेखेको दर्खास्त; आवेदन; निवेदनपत्र ।
12366 चिठी / चिठ्ठीपत्र ना. चिठी ।
12367 चिठी / चिठ्ठीपत्र निक्सारी ना. १. राणाकालमा प्रधानमन्त्री वा श्री ३ का नाममा आएका चिट्ठीपत्रादि जाहेर गर्ने एक अड्डा ।
12368 चिठी / चिठ्ठीपत्र निक्सारी ना. २. अड्डामा गरिने चिठीपत्रको जाहेरी ।
12369 चिठी / चिठ्ठी पुर्जी ना. कार्यालयको वा सरकारी कागजातको रूपमा आएको पत्र ।
12370 चिड ना. १. फूलका आकारको बुट्टा भएको, तासको एउटा रङ, चिडिया |
12371 चिड ना. २. चिडा; गोब्रेसल्लो।
12372 चिडिया ना. चरो; पक्षी; पन्छी ।
12373 चिडियाखाना ना. सार्वजनिक प्रदर्शनका निम्ति चरा-चुरुङ्गीलगायत जङ्गली पशुहरू र अनौठा शारीरिक बनावट भएका घरेलु जनावरसमेत सङ्ग्रह गरिने ठाउँ, चिडियाघर, पक्षीखाना ।
12374 चिडियाघर ना. चिडियाखाना |
12375 चिड्को ना. १. चट्याङ, वज्रपात ।
12376 चिड्को ना. २. वज्र ; चिर्को ।
12377 चिढ्नु अ.क्रि. रिसाउनु, चिढिनु ।
12378 चिढाइ ना. चिढ्ने वा चिढाउने भाव वा क्रिया वा प्रक्रिया |
12379 चिढाइनु अ.क्रि. चिढ्ने हुनु, चिढिनु ।
12380 चिढाउनु स.क्रि. रिस उठाउनु, चिढ्याउनु ।
12381 चिढिनु अ.क्रि. रिसाउनु, बेखुसी हुनु, नाराज हुनु, चिढ्नु ।
12382 चिढ्याइ ना. चिढिने भाव वा क्रिया वा प्रक्रिया; चिढाइ ।
12383 चिढ्याइनु अ.क्रि. चिढाइनु ।
12384 चिढ्याउनु प्रे. क्रि. चिढिने पार्नु वा पार्न लगाउनु ।
12385 चित् ना. १. विचार, प्रत्यक्ष ज्ञान, चेतना, बुद्धि, प्रज्ञा ।
12386 चित् ना. २. हृदय; मन ।
12387 चित् ना. ३. आत्मा ।
12388 चित् ना. ४. ब्रह्म ।
12389 चित ना. १. उत्तानो ।
12390 चित ना. २. हरेस; हतोत्साह ।
12391 चित ना. ३. विस्मय, आश्चर्य ।
12392 चित ना. ४. जुवामा कौडाको मुख ठाडो वा उत्तानो हुने स्थिति वा अवस्था ।
12393 चित ना. क्रि.वि. ५. अलपत्र |
12394 चितवन ना. नारायणी अञ्चलमा पर्ने एक जिल्ला; चितौन |
12395 चिता ना. मुर्दा पोल्नका लागि बनाएको तीन खाप दाउराको टाँड, मुर्दा पोल्ने खलियो वा चौको; चितिका ।
12396 चिताइ ना. १. चिताउने भाव, क्रिया वा प्रक्रिया |
12397 चिताइ ना. २. सरकारी वन जङ्गल आदिको रखवारी, रेखदेख वा पालो पहरा ।
12398 चिताइ ना. ३. खेतीपातीमा विशेष ध्यान पुयाउने कार्य ।
12399 चिताइदार ना. १. सरकारी वन जङ्गलको रखवाला वा पहरेदार ।
12400 चिताइदार ना. २. खेतीवाल ।