Dictionary

All Word

12401 चिताइनु क.क्रि. कामना गरिनु, सम्झिनु, चिन्ता गरिनु ।
12402 चिताउनु स.क्रि. १. कामना गर्नु, मनले चाहनु, इच्छा गर्नु ।
12403 चिताउनु स.क्रि. २. सम्झनु, कल्पना गर्नु ध्यान गर्नु, चिन्ता गर्नु ।
12404 चितापिण्ड ना. मृतकका दाहपछि चितामा दिइने छ पिण्ड ।
12405 चिताभूमि ना. मुर्दा जलाउने ठाउँ, चितास्थान, मसानघाट, दाहस्थान ।
12406 चितारोहण ना. १. मृत पतिका साथ सती जान विधवा स्त्री चितामा चढ्ने काम; सती जाने काम ।
12407 चितारोहण ना. २. शवलाई जलाउन चितामा राख्ने काम |
12408 चितासाधन ना. मसानमा बसेर सिद्धिप्राप्तिका लागि गरिने मन्त्र-अनुष्ठान ।
12409 चिति ना. १. चिता ।
12410 चिति ना. २. ज्ञान, चेतना ।
12411 चिति ना. ३. चाङ, थुप्रो, समुच्चय ।
12412 चिति ना. ४. चार कुना परेको ठाउँ ।
12413 चितिका ना. १. चिता; चिति ।
12414 चितिका ना. २ थुप्रो, चाङ ।
12415 चितु ना. औषधी लाग्ने एक बुटे झारविशेष, चित्रक।
12416 चितुवा ना. १. जिउमा टाटापाङ्ग्रा बुट्टा हुने, बाघ जातिको एक ठुलो र डरलाग्दो हिंसक जन्तु घुँगी ।
12417 चितुवा ना. २. राईलिम्बूलाई गाली गर्दा प्रयोग गरिने शब्द |
12418 चिते वि. लोभी, कन्जुस ।
12419 चितौन ना. हे चितवन ।
12420 चित्त ना. १. मन; हृदय; दिल।
12421 चित्त ना. २. विचार, चिन्तन, इच्छा |
12422 चित्त ना. ३. बुद्धि, अन्तःकरण; तर्क तर्कनाशक्ति ।
12423 चित्त ना. ४. अभिप्राय, उद्देश्य ।
12424 चित्त ना. ५. ध्यान ।
12425 चित्तकल्पित वि. चित्तले कल्पना गरिएको; चिताइएको ।
12426 चित्तचोर ना. प्रेमी; मनलाई हरण गर्ने व्यक्ति ।
12427 चित्तज ना. १. चित्त वा मनबाट उत्पन्न हुने विकार वा मनःस्थिति ।
12428 चित्तज ना. २. कामदेव, अनङ्ग ।
12429 चित्तज्ञ वि. १. मनको कुरो जान्ने, मनको ज्ञाता ।
12430 चित्तज्ञ वि. ना. २. ईश्वर ३. आत्मज्ञानी ।
12431 चित्तप्रशम ना. सन्तोष, प्रसन्नता; शान्ति ।
12432 चित्तबुझ्दो वि. मन परेको; मनमा सन्तोष दिने; मिल्दो, सन्तोषप्रद ।
12433 चित्तधर हृदय ना. नेवारी (नेपाल) भाषाका प्रख्यात महाकवि ।
12434 चित्तल ना. १. रातो शरीरमा सेता बाक्ला टीका हुने मृगका जातको जङ्गली पशु ।
12435 चित्तल ना. २. एक माछोविशेष |
12436 चित्तविक्षेप ना. मनको अस्थिरता; मनको उचाटपन, उच्चाटलाग्दो अवस्था |
12437 चित्तविप्लव ना. मन छँटाउने काम, बहुलट्टीपन, उन्माद ।
12438 चित्तविभ्रम ना. चित्तभ्रंश, बुद्धिभ्रंश, उन्मत्तता; पागलपन ।
12439 चित्तवृत्ति ना. १. मनको अवस्था ।
12440 चित्तवृत्ति ना. २. संवेग ।
12441 चित्तवृत्ति ना. ३. मनको आन्तरिक व्यापार |
12442 चित्तशुद्धि ना. चित्तलाई शुद्ध तुल्याउने कार्य, मनलाई निर्मल बनाउने प्रक्रिया |
12443 चित्तहारी वि. मनोहर, आकर्षक ।
12444 चित्ता ना. १ चित; उत्तानो ।
12445 चित्ता ना. २ पराजय हार ।
12446 चित्ता ना. ३. धोका; आत्मघात ।
12447 चित्ताकर्षक वि. हृदयलाई आकर्षित गर्ने, मनलाई मुग्ध पार्ने ।
12448 चित्तुचाँगे ना. हाड मर्किएको ठाउँमा लेप लगाएर लगाइने एक झारविशेष |
12449 चित्र ना. १. तसबिर, फोटो, छापा; चित्रपट, प्रतिमा, छवि।
12450 चित्र ना. २. चम्किने गहना ।