Dictionary

All Word

12451 चित्र ना. ३ असाधारण छवि, तेजिलो वस्तु ।
12452 चित्र ना. ४. आश्चर्य ।
12453 चित्र ना. ५. एक प्रकारको कुष्ठ रोग ।
12454 चित्रकला ना. हातले चित्र कोर्ने कला; कागज, कपडा आदिमा सिसाकलम, रङ्ग आदिबाट बनाइएका रेखाका माध्यमले कुनै कुरो प्रस्तुत गर्ने कला, चित्रकृति; चित्रविद्या ।
12455 चित्रकार ना. १. चित्रकलामा निपुण व्यक्ति, चित्रलेखक; चित्रशिल्पी |
12456 चित्रकार ना. २. चित्र लेख्ने वंशपरम्परागत पेसा लिने नेपाली जातिको एक थर ।
12457 चित्रकारी ना. चित्रकारले गर्ने काम, कला |
12458 चित्रकाव्य ना. १. व्यङ्ग्यार्थको अभाव भई वाच्यार्थ मात्र भएको अलङ्कारप्रधान एक अवर वा अधम मानिएको काव्य जसका 'शब्दचित्र' र 'अर्थचित्र' गरी जम्मा दुई भेद हुन्छन् ।
12459 चित्रकाव्य ना. २. कुनै एक चित्रको पृष्ठाधारमा लेखिएको चमत्कारपूर्ण कविता ।
12460 चित्रकाव्य ना. (उदा. खड्गबन्ध, पद्मबन्ध, चक्रबन्ध, गोमूत्रिकाबन्ध, सर्वतोभद्र इ.) ।
12461 चित्रगुप्त ना. १. यमराजकहाँ मानिसहरूका गुण-अवगुण, पाप-पुण्य आदिको रोकड लेख्ने देवता ।
12462 चित्रगुप्त ना. २. चौध यममध्ये एक ।
12463 चित्रण ना. १. चित्र उतार्ने काम; चित्र खिचे झैं गरिने वर्णन |
12464 चित्रण ना. २. वर्णन, बखान, विवरण |
12465 चित्रपट ना. १. चित्र लेखिएको रङ्गिन वा चारखाने कपडा, तसबिर; चित्र ।
12466 चित्रपट ना. २. सिनेमाको फिल्म |
12467 चित्रपदा ना. दुई भगण र दुई गुरु हुने एक प्रकारको वार्णिक छन्द ।
12468 चित्रफित्ता ना. विद्युत्-प्रकाशका सहायताले पर्दा आदिमा देखाइने चलचित्र, डकुमेन्टरी, स्लाइड, भी. डी. ओ. आदिका चित्राङ्कित फित्ता फिल्म |
12469 चित्रमय वि. चित्रैचित्रले भरिएको, छापैछापा भएको सचित्र |
12470 चित्रमय लिपि ना. १. विचारको अर्थबोध गराउन स्थूल रूपबाट चित्रात्मक सङ्केतद्वारा लेखिने एकाक्षरी परिवारको लिपि, सङ्केतात्मक लिपि (उदा. चिनियाँ लिपि) ।
12471 चित्रमय लिपि ना. २. मिश्र देशका प्राचीन अभिलेखहरूमा अक्षरहरूको साटो प्रयोग गरिने चित्र, लिपिको सबैभन्दा प्राचीन रूप ।
12472 चित्रलेखक ना. चित्रकार ।
12473 चित्र लेखनिका ना. चित्र बनाउने वा लेख्ने कुची, चित्रतूलिका, बुरुस ।
12474 चित्रलेखा ना. मगण, भगण, नगण, तीन यगण र चारौं तथा सातौं अक्षरमा विश्राम हुने छन्दविशेष ।
12475 चित्रविचित्र वि. १. रङ्गीबिरङ्गी; अनेक भाँति ।
12476 चित्रविचित्र वि. २. अनौठो, ताजुप ।
12477 चित्रविद्या ना. चित्रकला ।
12478 चित्रशाला ना. १. सार्वजनिक प्रदर्शनका निमित्त चित्रकृतिहरू सङ्ग्रह गरिएको घर वा ठाउँ, चित्रकारको कार्यालय; चित्रालय; चित्र -मन्दिर (आर्टग्यालरी) ।
12479 चित्रशाला ना. २. फोटो खिच्ने वा चित्र लेख्ने ठाउँ (आर्ट स्टुडियो) |
12480 चित्रशिल्पी ना. चित्रकार |
12481 चित्रा ना. १. तीन मगण, दुई यगण र आठौँ अक्षरमा यति भएको छन्दविशेष ।
12482 चित्रा ना. २. सत्ताइस नक्षत्रमध्येको चौधौं नक्षत्र |
12483 चित्रालय ना. चित्रशाला |
12484 चित्रावली ना. १. कुनै विचार, तथ्य, विषय आदिलाई प्रभावशाली र प्रामाणिक ढङ्गबाट व्यक्त वा प्रस्तुत गर्न दिइने चित्रहरूको क्रमिक शृङ्खला ।
12485 चित्रावली ना. २. चित्रैचित्रहरूको समूह ।
12486 चित्रिङ्ग / चित्रिड्ड क्रि.वि. / ना. पातलो धातुको पाता, मुन्द्रा आदि भुईंमा बजारिँदा आवाज आउने गरी ।
12487 चित्रिणी ना. १. शास्त्रमा वर्णित चार प्रकारका स्त्री (पद्मिनी, चित्रिणी, शङ्खिनी र हस्तिनी) मध्ये एक ।
12488 चित्रिणी ना. २. बुद्धिवैभव र श्रेष्ठताले युक्त स्त्री ।
12489 चित्रित वि. १. रङ्गी - बिरङ्गी ।
12490 चित्रित वि. २. चित्रकारिता भएको ।
12491 चित्रित वि. ३. कुनै कुराको चित्रण गरिएको ( कथात्मक साहित्यमा ) ।
12492 चित्रीकरण ना. १. विभिन्न रङले रँगाउने कार्य; चित्रित गर्ने क्रिया, सजाउने काम ।
12493 चित्रीकरण ना. २. आश्चर्य ।
12494 चित्रे वि. १. चित्रोको जस्तो बनौट भएको ( राडी, पाखी आदि) ।
12495 चित्रे वि. ना. २. राडीका दुइखाले (चित्रे र मान्द्रे) बुनोटमध्ये एक ।
12496 चित्रे डोको ना. माथि बिट नभएको वा फाट्न लागेको डोको ।
12497 चित्रे बन्सो ना. गाईबस्तुलाई खुवाइने, चित्रो झैं फैलिने घाँसविशेष ।
12498 चित्रे बादल ना. निलो भुइँमा चित्रा जस्तै डोरा डोरा परेको देखिने बादलको आकृति।
12499 चित्रे मेसो ना. चित्राको जस्तै बुनोट, बुनाइको सजिलो तरिका, बुनाइको मान्द्रेमे सोभन्दा भिन्न मेसो ।
12500 चित्रो ना. अन्नको भकारी बनाउन वा बार्न बाँस, निगालो आदिका मोटा मसिना चोयाद्वारा सादा तरिकाले बुनेर तयार पारिएको मान्द्रोजस्तो ठुलो पातो; एक प्रकारको भकारी ।