Dictionary

All Word

12501 चित्लांगे / चित्लाडे वि. १. चितलाङमा हुने, पाइने वा बस्ने (मुला, आलु, मानिस इ.) ।
12502 चित्लांगे / चित्लाडे वि. ना. २. बर्खायाममा खेतमा हुने पिरो जातको एक झार; गाईतियारे ।
12503 चित्स्वरूप ना. १. परमात्मा ईश्वर ।
12504 चित्स्वरूप ना. वि. २. ईश्वरीय |
12505 चियर्नु स.क्रि. हे. चिथोर्नु |
12506 चिथराइ ना. हे चिथोराइ ।
12507 चिथराइनु क.क्रि. चिथोराइनु ।
12508 चिथराउनु प्रे. क्रि. चिथोराउनु ।
12509 चिथोर्नु स.क्रि. कोपर्नु, कोतर्नु, दाँत, नङ आदिले ताछ्नु फहराउनु, दाहनु, दार्नु ।
12510 चिथोराइ ना. चिथोर्ने क्रिया, भाव वा प्रक्रिया |
12511 चिथोराइनु क.क्रि. कोपराइनु ।
12512 चिथोराउनु प्रे. क्रि. चिथोर्न लाउनु वा लगाउनु ।
12513 चिथोराचिथोर ना. झगडा आदिमा एकले अर्कालाई चिथोर्ने काम; आफू आफूमा चिथोर्ने काम ।
12514 चिथोरिनु स.क्रि. कोपरिन, कोतरिनु ।
12515 चिथ्रो ना. मक्किएर थोत्रिएको लुगा, झुत्रो थाङ्नो फ्याङ्लो, चिल्यो, चिल्या, कन्या, च्याङ्लो, चिथडो।
12516 चिदाकाश ना. चैतन्याकाश; व्यापक ब्रह्म ।
12517 चिदाभास ना. सांसारिक वासनामा लिप्त जीव ।
12518 चिद्रूप ना. शुद्ध चैतन्य रूप, चिन्मय ।
12519 चिद्विलास ना. चैतन्यस्वरूप ईश्वरको माया ।
12520 चिन्नु, स.क्रि. चाङ लगाउनु, गारो लगाउनु, निर्माण गर्नु ।
12521 चिन्नु, स.क्रि. १. परिचय पाउनु, ठम्याउनु, जान्नु; पहिचान्नु ।
12522 चिन्नु, स.क्रि. २. पारख गर्नु; निक्यौल गर्नु।
12523 चिन्नु, स.क्रि. ३. अनुभवद्वारा पाउनु ।
12524 चिनजान ना. परिचय; जान-पहिचान, चिनाजान; चिनापर्ची, चिन्हारी।
12525 चिना ना. १. दुबाका जस्ता लामा-लामा पात र बन्साका जस्ता कुप्पादार फूल हुने एक प्रकारको सानो भार ।
12526 चिना ना. २. त्यसैका दाना वा फल, एक जातको कागुनु ।
12527 चिना२ ना. ज्योतिषशास्त्रअनुसार मानिसको जन्मका समयको ग्रहनक्षत्रहरूको स्थिति र तिनीहरूको आपसी सम्बन्ध (जसको आधारमा मानिसको भाग्यको निर्णय गरिन्छ) बारे लेखिएको कुण्डली आदिसमेत भएको कागज, जन्मपत्रिका ; जन्मकुण्डली; चिन्हा, टिप्पन |
12528 चिनाइ ना. चिन्ने भाव, क्रिया वा प्रक्रिया |
12529 चिनाइनु क.क्रि. चिनारी गराइनु ।
12530 चिनाउनु प्रे. क्रि. १. चिनारी गराउनु, परिचय गराउनु, पहिचान गराउनु।
12531 चिनाउनु प्रे. क्रि. २. घर वा पर्खाल आदिका गाहो चिनाउनु वा चिन्न लगाउनु ।
12532 चिनाकठी/ चिनाकाठी / चिनकट्ठी ना. पुरानो चलनअनुसार घर, जग्गा आदि नाप्ने कामका निम्ति बनाइएको चौबिस अमल वा एक हातको काठको नापो ।
12533 चिनाजान ना. चिनजान; परिचय |
12534 चिनाजानी ना. चिन्नेजान्ने काम; चिनजान |
12535 चिनापर्ची ना. कुनै व्यक्ति वा विषयका सम्बन्धमा राम्रो परिचय वा जानकारी प्राप्त गर्ने काम; परिचय |
12536 चिनारी ना. चिनजान, चिन्हारी |
12537 चिनारु वि. चिनजानको चिनजान भइसकेको, परिचित, चिनेको, चिन्हारु ।
12538 चिनिनु क.क्रि. परिचय पाइनु, पहिचानिनु ।
12539 चिनियाँ वि. चीन देशसँग सम्बन्ध भएको; चीन देशको; चीनमा पाइने; चीनी |
12540 चिनियाँ गुराँस ना. चियाको फूलमा मिश्रण गरी सुधार गरिएको, बास्ना नआउने, विभिन्न रङ्गमा फुल्ने एक प्रकारको गुराँसको फूल ।
12541 चिनियाँ गुलाफ ना. चिनियाँ गुराँस ।
12542 चिनियाँ चम्पा ना. मधुर, शीतल र सुगन्धयुक्त डल्लो आकारको एक प्रकारको फूलविशेष, चीनीचम्पा ।
12543 चिनियाँ च्यान्टा ना. एक प्रकारको च्यान्टे वा पुड्के घोडा।
12544 चिनियाँ ताप्के ना. पिँधभन्दा मुख केही सानो भई ठाडो बिट भएको, भित्रपट्टि रासायनिक मुलम्मा लगाइएको र समाउने हातोसमेत भएको धातुको ताप्के ।
12545 चिनियाँ धान ना. अनदी धान |
12546 चिनियाँ फूल ना. सयपत्रीका जस्तै पात हुने एक जातको फूल।
12547 चिनियाँ भटमास ना. काला गेडा र सेता बोक्रा हुने एक जातको भटमास ।
12548 चिनियाँ माटो ना. विशेष प्रकारको माटो, दर्सिनढुङ्गा, फिल्सपार आदिबाट बनाइने कडा, सेतो रङको ज्यादै मिही एक प्रकारको माटो ( पोर्सिलेन ) ।
12549 चिनियाँ लिपि ना. अलग-अलग शब्दका लागि भिन्नाभिन्नै चिह्न हुने एक प्रकारको लिपि; शब्द लिपि; चित्रलिपि।
12550 चिनी वि. हे चिनियाँ |