Dictionary

All Word

12551 चिनी ना. १. उखु पेलेर वैज्ञानिक प्रविधिबाट तयार गरिएको, गुलियो, सेतो धुलो वा चूर्ण |
12552 चिनी ना. वि. २. चीनसम्बन्धी, चिनियाँ, चीनको ।
12553 चिनीमल ना. हेर्दा चिनी जस्तै देखिने एक प्रकारको रासायनिक मल (एमोनियम सल्फेट, युरिया आदि) ।
12554 चिनी रोग ना. रगतमा गुलियो तत्त्व बढ्नाले पिसाप बढी हुने र पिसापबाटै पोषक तत्त्व बग्ने एक प्रकारको रोग, मधुप्रमेह, प्रमेह, मधुमेह |
12555 चिनी रोटी ना. तीन खण्डमा दुई खण्ड पिठो र एक खण्ड चिनी मिसाई केराको पातमा मुछेर पातलो पारी घिउमा पकाइने एक किसिमको स्वादिष्ट रोटी, अनर्सा, अनरसा ।
12556 चिनु ना. १. सम्झनाका रूपमा रहने कुनै कुरा वा वस्तु, चिनो, चिह्न, लक्षण ।
12557 चिनु ना. २. सम्झौटो, स्मारक, यादगार ।
12558 चिनु ना. ३. कुनै कुरालाई देखाउन सङ्केत गर्न लगाइने कुनै रेखा वा बिन्दु; निसाना ।
12559 चिनुक ना. १. अमेरिकाको रकी पवर्तबाट हिउँद याममा तलतिर बहने न्यानो र शुष्क वायु ।
12560 चिनुक ना. २. अमेरिकामा विभिन्न आदिवासीका भाषा मिसिएर विकसित भएको एक अनौठो खिचडी भाषा ( चिनुक - जार्गन) ।
12561 चिनुबान / चिनुबानो ना. हे. चिनोबानो ।
12562 चिनो ना. १. चिनु, चिह्न, निशाना ।
12563 चिनो ना. २. एक खाद्यान्नविशेष |
12564 चिनोबानो ना. १. अवशेष ।
12565 चिनोबानो ना. २. देवस्थलमा चढाइएको कुनै वस्तु ।
12566 चिन्डे ना. १. एउटै भेट्नामा छ- सातवटा लामा-लामा पात हुने, एक लेकाली वृक्ष, तरकारी वा अचारका रूपमा खाइने त्यसैका कलिला मुना |
12567 चिन्डे ना. वि. २. चिन्डा आकारको ।
12568 चिन्डो ना. १. माटाको भाँडोविशेष ।
12569 चिन्डो ना. २. लौका, फर्सी आदि झैँ लहरामा फल्ने, पेट फुकेको, घाँटी सानो भई लामो हुने, तुम्बाका जातको एक फल, डल्ले लौको ।
12570 चिन्तन ना. विचार, बिम्ब, प्रतीक आदिका सहायताले कुनै विषय वा समस्याको मनमनै समाधान गर्ने प्रक्रिया, विभिन्न विचार, स्थिति र घटनाका बिचको पारस्परिक सम्बन्ध खोजी गर्ने मानसिक कार्य, गम्भीर रूपले सोचेर प्रश्नको समाधान निकाल्ने प्रक्रिया, चिन्तना ।
12571 चिन्तनप्रधान वि. गहिरोसँग सोचविचार गरिएको, मुख्य रूपमा चिन्तन भएको, चिन्तनको प्राधान्य भएको, चिन्तनलाई नै मुख्य मान्ने ।
12572 चिन्तनभूमि ना. चिन्तनको खास क्षेत्र ।
12573 चिन्तनमनन ना. कुनै वस्तु व्यक्ति वा कुराका सम्बन्धमा बारबार गम्भीरतासाथ सोच्ने - गुन्ने क्रिया, गहन चिन्तन ।
12574 चिन्तनशील वि. चिन्तन गर्ने; विचारशील; मननशील ।
12575 चिन्तना ना. चिन्तन ।
12576 चिन्तनीय वि. चिन्तन गर्न योग्य; चिन्तन गर्नुपर्ने ।
12577 चिन्ता ना. १. पिर, सुर्ता; फिक्री परवाह, ध्याउन्ना ।
12578 चिन्ता ना. २. चिन्तन, विचार ।
12579 चिन्ता ना. ३. धामीले रोग वा दोष छुट्ट्याउन ढ्याङ्ग्रो ठटाएर गर्ने क्रियाकलाप; धमेली ।
12580 चिन्ता ना. ४. साहित्यशास्त्रका अनुसार एक सञ्चारी भाव ।
12581 चिन्ताकुल वि. चिन्तामा डुबेको चिन्ताले आकुल ।
12582 चिन्ताजनक वि. चिन्ताको कारण भएको; चिन्ता पार्ने; चिन्तित तुल्याउने ।
12583 चिन्तातुर वि. चिन्ताले उद्विग्न; चिन्ताग्रस्त ।
12584 चिन्तामग्न वि. चिन्तामा डुबेको चिन्ता गरिरहने ।
12585 चिन्तामणि ना. १. सम्पूर्ण मनोकामना पूरा गरिदिने एक काल्पनिक रत्न ।
12586 चिन्तामणि ना. २. अबाध ज्ञान प्राप्त गराइदिने सरस्वतीको एक मन्त्र ।
12587 चिन्तित वि. १. सुर्ताएको, पिर लागेको ।
12588 चिन्तित वि. २. विचार गरिएको, सोचिएको ।
12589 चिन्त्य वि. विचारणीय, चिन्तनीय; सोच्न योग्य; जान्न वा थाहा पाउन योग्य ।
12590 चिन्नु, स.क्रि. १. जान्नु वा थाहा पाउनु, परिचय पाउनु, पहिचान्नु ।
12591 चिन्नु, स.क्रि. २. कसैको स्वभाव वा बानी बेहोरको जानकारी हुनु, आनीबानी थाहा पाउनु ।
12592 चिन्नु, स.क्रि. ३. को कस्तो रहेछ भनी पहिचान पाउनु ।
12593 चिन्नु, स.क्रि. १. तह वा चाङ वा खात मिलाएर राख्नु ।
12594 चिन्नु, स.क्रि. २. घर, पर्खाल आदिको गारो लगाउनु, चिन्नु वा बनाउनु ।
12595 चिन्नु, स.क्रि. विशुद्ध ज्ञानमय, परमात्मा ब्रह्म ।
12596 चिन्मय ना. विशुद्ध ज्ञानमय, परमात्मा ब्रह्म ।
12597 चिन्ह ना. हे. चिह्न, चिनु, चिनो ।
12598 चिन्हाइनु क.क्रि. चिनाइनु ।
12599 चिन्हाउनु स.क्रि. चिनाउनु ।
12600 चिन्हारी ना. चिनारी ।