Dictionary

All Word

1351 कर्कटपाता ना. घर छाउने काममा प्रयोग हुने, डिल र खोल्सी वा डाँडी र डोल्सीहरू परेको टिन वा जस्ताको पाता ; जस्तापाता।
1352 कर्कटरेखा ना. हे. कर्करेखा।
1353 कर्कटशृङ्गी ना. लाम्चा पात, खैरा रङका लाम्चिला फल फल्ने, अर्को कुनै पनि वृक्षका साथ जोडिएर फस्टाउने एक प्रकारको परजीवी वृक्ष, हिक्का, वायु, अतिसार र रक्तदोषमाहित गर्ने गुण बताइएको त्यसैको फल।
1354 कर्कटिका ना. मानिसको जन्मदेखि जीवनपर्यन्त शरीरका विभिन्न अङ्गमा रहने, कारणवश बढेर उग्र रूप लिएमा ज्यानै जाने सम्भावना पनि हुने मांसकोषको गिर्खा वा ग्रन्थि, अर्बुद |
1355 कर्करेखा ना. भूगोलको विषुवत्रेखा वा भूमध्यरेखादेखि २३ / ० अंश उत्तरतिर भएको भूमध्यरेखाको समानान्तर रूपमा रहेको कल्पित भौगोलिक रेखा |
1356 कर्कली ना. कर्कलाको लघु रूप, कर्कलो।
1357 कर्कली ना. (खाऊँ त कर्कली पेट फर्कली, नखाऊँ कर्कली सासू झर्कली। - उखान।)।
1358 कर्कलो ना. छाता जस्तै ठुलठुला नरम पात हुने, पहेँलो घोगाजस्तो फूल फुल्ने र धेरै सेला भएको कन्द हुने एक बोट; पिँडालुको बोट।
1359 कर्कश वि. १. रुखो मिजास भएको, टर्रो स्वभावको।
1360 कर्कश वि. २. लोलोपोतो गर्न नजान्ने, खस्रो।
1361 कर्कशता ना. रुखो मिजास, कर्कश हुने भाव वा काम; करकरेपन।
1362 कर्काइ ना. कर्कने भाव, क्रिया वा प्रक्रिया।
1363 कर्काइनु क.क्रि. कर्कन लाइनु, टेढ्याइनु, बङ्ग्याइनु।
1364 कर्काउनु प्रे. क्रि. १. टेढो पार्नु, बङ्ग्याउनु, मर्काउनु।
1365 कर्काउनु प्रे. क्रि. २. आँखा सन्काउनु।
1366 कर्काउनु प्रे. क्रि. ३. काँक्रो फल आदि करक्क चपाउनु।
1367 कर्काउली ना. हर्पे, चौंठो आदिबाट घिउ, तेल आदि झिक्ने सानो डाडु, करछुली।
1368 कर्काटो ना. चारैतिरबाट बाटुलो रेखा खिच्ने एक साधन; पकोल।
1369 कर्किनु अ.क्रि. कर्के होइनु, टेढिनु, बाङ्गिनु।
1370 कर्के वि. १. करकापमा परेको अठ्याङमा परेको; द्विविधा अथवा सन्धिसर्पन आदिले गर्दा किंकर्तव्यविमूढ भएको।
1371 कर्के वि. २. त्यस्तो प्रकारको स्थितिमा पार्ने (कर्के दाउ, कर्के चाल इ.)।
1372 कर्के वि. ना. ३. कुस्तीको एक विशेष दाउ (विपक्षीलाई उम्कन नदिने गरी अँठ्याउने चाहिँ )।
1373 कर्के वि. ४. बागो, छड्के, टेढो।
1374 कर्कोटक ना. पुराणप्रसिद्ध आठ नागमध्ये एक।
1375 कर्क्याइ ना. कर्क्याउने काम वा प्रक्रिया।
1376 कर्याहट ना. कर्किने चाल वा भाव; सोझो स्थितिबाट झुक्ने वा ढल्न खोज्ने स्थिति।
1377 कर्क्यौली ना. हे. कर्काउली।
1378 कर्खा ना. १. वीरता तथा वीर पुरुषका प्रशंसा वा सम्झनामा गाइने साहस र वीरता सञ्चारित गर्ने गाथा।
1379 कर्खा ना. २. वीरताको बखान गरिने र त्यस्तै वा थेगो भएको एक प्रकारको नेपाली लोकगीत र लोकगाथा, नेपालका गन्धर्व जातिले कुनै वीर पुरुषका सम्झनामा गाउने प्रसिद्ध गीत वा गाथा।
1380 कर्खावाल ना. कर्खा गाउने जाति, वीरपूजक; भाट।
1381 कर्चुलो ना. एकातिर डाडु र अर्कातिर पन्युँ भएको वा एकातिर पन्युँ मात्र भएको, पकाएको वस्तु चलाउने भाँडो।
1382 कर्धुली ना. हर्पे, ठेकी आदिमा राखिएको वस्तु (घिउतेल आदि) झिक्ने अर्थात् घिउतेल सुमर्ने सानो डाडु, कर्क्यौली |
1383 कर्जा ना. निश्चित अवधिमा ब्याजसहित वा विनाब्याज फर्काउने गरी अरूबाट लिइएको रकम रिन ऋण सापट।
1384 कर्जा सुरक्षण ना. कसैलाई दिइएको रिन वा सापट नडुबोस् भनी मिलाइने चाँजो ऋणका रूपमा प्राप्त चलअचल सम्पत्ति हिनामिना हुन नदिने प्रबन्ध।
1385 कर्जा सुरक्षण नियम ना. ऋण वा धितोको सुरक्षाका लागि सम्बन्धित वित्तीय निकायबाट तर्जुमा गरिएको नियम।
1386 कर्ण ना. १. कान।
1387 कर्ण ना. २. त्रिभुजका समकोणका सामुन्नेको रेखा।
1388 कर्ण ना. ३. पटला वा नाउको गतिलाई हावाद्वारा नियन्त्रित गराउने साधन, पतवार।
1389 कर्ण ना. ४. अविवाहित अवस्थामा कुन्तीबाट जन्मेका महाभारतप्रसिद्ध सूर्यपुत्र।
1390 कर्ण ना. वि. ५. महादानी; अति उदार।
1391 कर्णकटु वि. कानले सुन्न पनि अप्ठेरोलाग्दो सुन्दा अप्रिय लाग्ने, श्रुतिकटु।
1392 कर्णगोचर वि. थाहा पाइएको, कानले सुनिएको जानकारी भएको।
1393 कर्णधार ना. १. नाउ वा डुङ्गा खियाएर जीविका गर्ने व्यक्ति; बोटे, माझी, मल्लाह।
1394 कर्णधार ना. २. कुनै संस्था वा कार्यालयको मुख्य अधिकारी, प्रमुख शासक।
1395 कर्णधार ना. वि. ३. पार लाउने (व्यक्ति); सिपालु पोख्।
1396 कर्णपरम्परा ना. १. एक कानबाट अर्को कान र त्यसबाट पनि अर्को कान हुँदै फैलिएर आएको कुरा मान्छे मान्छे वा पुस्ता पुस्ताबाट सुनिँदै आएको खबर, श्रुतिपरम्परा, हल्ला।
1397 कर्णपरम्परा ना. २. गोप्य राख्न खोजिएको तर कानेखुसी हुँदै झन् फैलिएको कुरोकन्थो।
1398 कर्णपरीक्षण ना. यन्त्रद्वारा गरिने, कानभित्र भएको रोगसम्बन्धी जाँच पडताल; श्रवणशक्तिको मापन |
1399 कर्णपिशाची ना. तन्त्रशास्त्रका अनुसार अदृश्य रूपमा साधकसामु आई कानमा खुसुक्क परोक्ष ज्ञान दिने भनिएको एक देवयोनि।
1400 कर्णपीडा ना. कान दुख्ने रोग; कानको दुखाइ।