Dictionary

All Word

12601 चिन्हारु वि. चिनारु |
12602 चिन्हिनु क.क्रि. चिनिनु ।
12603 चिपचिप क्रि.वि. टाँसिइरहने गरी ।
12604 चिपिचल्लो / चिपिचिल्लो वि. १. तेल लगाएर चिल्लो पारिएको (जुल्फी, कपाल इ.) ।
12605 चिपिचल्लो / चिपिचिल्लो वि. ना. २. कोइली चरी ।
12606 चिपुल्लोचापुल्लो / चिल्लोचापुल्लो ना. चिल्लोचाल्लो, घिउ, तेल, बोसो आदिको मात्रा धेरै रहेको खानेकुरो वा वस्तु चिप्लोचाप्लो ।
12607 चिप्प क्रि.वि. लेसिलो पदार्थ हात आदिमा लागेर टाँसिए झैँ; नउप्कने किसिमले टाँसिने गरी ।
12608 चिप्प ना. औँलाका नङको कुनो दुख्ने वा पाक्ने एक रोग ।
12609 चिप्प ना. २. नङशूल ।
12610 चिप्रा ना. आँखाका कुना कुनामा देखापर्ने सेतो लेसिलो पदार्थ, कचेरा, नेत्रमल ।
12611 चिप्रिक्क क्रि.वि. पानी आदि तरल पदार्थ सुक्ने वा घट्ने गरी ।
12612 चिप्लनु अ.क्रि. चिप्लो वा सिलिक्क परेको ठाउँमा खुट्टा आदि र असन्तुलित हुनु ।
12613 चिप्लाइ ना. चिप्लिने भाव, क्रिया वा प्रक्रिया |
12614 चिप्लिनु अ.क्रि. १. चिप्लो पदार्थमा परेर घसिनु ।
12615 चिप्लिनु अ.क्रि. २. गल्ती गर्नु, बिरिनु ।
12616 चिप्ले वि. १. चिप्लो भएको ( वस्तु आदि) ।
12617 चिप्ले वि. २. लोलोपोतो पार्ने, बेसारे, खुसामदी ।
12618 चिप्ले वि. ना ३ खुसामद |
12619 चिप्लेकिरो ना. भुइँमा घस्रँदै हिँड्दा सेतो याल छोड्दै हिँड्ने, हाड नभएको, बर्खायाममा देखिने एक प्रसिद्ध किरो ।
12620 चिप्लेटी ना. १. केही भिरालो जग्गामा, फल्याक, धातुका वस्तु आदिमा चिप्लिएर मनोरञ्जन लिने, खास गरी बालकहरूको एक खेल ।
12621 चिप्लेटी ना. २. त्यस्तो खेल खेल्ने ठाउँ वा साधन ।
12622 चिप्लेटी ना. ३. चिप्लेटी खेल्न हुने ढुड्गो ।
12623 चिप्लेटी ढुड्गो ना. चेप्टो, चिल्लो र चिप्लो खालको ढुड्गो; चिप्लेटी खेल्न हुने ढुड्गो ।
12624 चिप्लो वि. १. तेल, घिउ आदि चिल्लो पदार्थ लागे जस्तो, लेसाइलो ।
12625 चिप्लो वि. २. चिप्लने किसिमको नरम र सुलुत्त परेको (ठाउँ) ।
12626 चिप्लो वि. ३. कुराले ठिक्क पार्ने, मिठा कुरा बोल्ने ।
12627 चिप्लो घसाइ ना. लोलोपोतो, बेसारेपन, खुसामद, झुटो प्रशंसा ।
12628 चिप्लोचाप्लो वि. घिउ, तेल आदि धेरै चिल्लो भएको वा परेको चिल्लोचापुल्लो, चिल्लो- चापुल्लो।
12629 चिप्ल्याइ ना. चिप्लिने भाव, क्रिया वा प्रक्रिया |
12630 चिप्ल्याइनु क.क्रि. १. चिप्लो पारिनु ।
12631 चिप्ल्याइनु क.क्रि. २. चिप्लो वा भिरालो ठाउँमा घसाइनु ।
12632 चिप्ल्याउनु प्रे. क्रि. १. चिप्लो पार्नु ।
12633 चिप्ल्याउनु प्रे. क्रि. २. चिप्लिने गराउनु ।
12634 चिप्ल्याहट ना. चिप्लिने भाव, अवस्था वा क्रिया वा प्रक्रिया ।
12635 चिफ वि. १. मुख्य, प्रमुख, प्रधान (चिफ एकाउन्टेन्ट, चिफ सेक्रेटरी आदि) ।
12636 चिफ वि. ना. २. राणाकालका मुख्तियार |
12637 चिबहाल ना. सानो किसिमको बौद्ध स्तूप, चैत्य ।
12638 चिबिर्चे ना. एक जातको सानो चरो ।
12639 चिबिल्ले वि. १. अपत्यारिलो किसिमका कुरा गर्ने, मनगढन्त कथा चेर भन्ने ढाँटी, कुरौटे।
12640 चिबिल्ले वि. २. छुकछुके, चकचके ।
12641 चिबे / चिमे ना. बिहानीपख कराउने, लामो पुच्छर हुने निक्खरा कालो रङको एक जातको चरो, झ्याँपी चरो ।
12642 चिबे / चिमे नकटी ना. धेरै पुरुषका बिचमा रहने वा पुरुषको सङ्गत बढी मन पराउने आइमाई ।
12643 चिबे / चिमे नकटो ना. धेरै आइमाईका बिचमा रहने वा आइमाईको सगत बढी मन पराउने पुरुष ।
12644 चिम ना. १. लालटिन, लम्फा आदिका दीपशिखाको वरिपरि लगाइने काँचको अवयव वा ढकनी, बिजुलीको बल्ब, गुलुप ।
12645 चिम ना. २. आगोबाट निस्किएको धुवाँ बाहिर पठाउन बनाइएको निकास; ठुलो ढुङ्ग्रो, घरको छानामाथि वा इन्जिनयुक्त यन्त्रहरूमा धुवाँको निकासका निम्ति बनाइने ढुङ्ग्रोका आकारको अवयव ।
12646 चिम ना. ३. आलो बाँस फोरेर एउटा भाटो अर्कोसित नअलग्गिने गरी बनाइएको बेर्ने वा ओछ्याउने साधन ।
12647 चिमचिम क्रि.वि. शारीरिक दोष वा रोगले आँखा छिटछिटै खुल्ने - चिम्लने गरी, आँखा झिमझिम हुने गरी ।
12648 चिमचिमे वि. बारम्बार आँखा चिमचिम गरिरहने बानी परेको, आँखा चिमचिमाइरहने ।
12649 चिमट्नु स.क्रि. चिमोट्नु ।
12650 चिमटाइ ना. चिमोटाइ |