Dictionary

All Word

12651 चिमटाइनु क.क्रि. चिमोटाइनु ।
12652 चिमटाउनु प्रे. क्रि. चिमोटाउनु ।
12653 चिमटिनु क.क्रि. चिमोटिनु ।
12654 चिमाली / चिमालो ना. सेता फूल फुल्ने एक प्रकारको गुराँसको रुख वा त्यसको फूल ।
12655 चिमोट्नु स.क्रि. १. बुढी औंला र चोर औँलाका टुप्पाले केही कुरालाई वा शरीरको छालालाई च्याप्नु वा जोरसँग अँठ्‌याउनु; चिट चिट्नु ।
12656 चिमोट्नु स.क्रि. २. मितव्ययी हुनु, कमखर्ची हुनु ।
12657 चिमोटाइ ना. चिमोट्ने क्रिया वा प्रक्रिया |
12658 चिमोटाइनु क.क्रि. चिमोट्न लाइनु ।
12659 चिमोटाउनु प्रे. क्रि. चिमोट्न लाउनु, चिमटाउनु ।
12660 चिमोटिनु क.क्रि. चिमोट्ने काम गरिनु, चिमोटाइमा पारिनु ।
12661 चिम्टा ना. धातुका दुई पातला लामा टुक्रालाई चलाउन हुने गरी एक छेउमा जोडेर बनाइएको, आगो वा कुनै चिज झिक्ने, निकाल्ने वा टिप्ने दुईचोसे साधन ।
12662 चिम्टाकाँटी ना. स्वास्नीमानिसहरूको केश च्याप्ने चुच्चे चिम्टी |
12663 चिम्टिनु स.क्रि. १ चिम्टीमा लिनु २. अ.क्रि. २. चिम्टीमा आउनु ।
12664 चिम्टिनु स.क्रि. ३. चाम्रो हुनु ।
12665 चिम्टी ना. १. छालामा बिकेको काँडो झिक्ने सानो दुइचोसे साधन ।
12666 चिम्टी ना. २. गहना बनाउँदा धातुका ससाना टुक्रा टिप्ने वा घडी, रेडियो आदि बनाउँदा ससाना पुर्जा टिप्ने काममा प्रयोग गरिने सानो हाते चिम्टा ।
12667 चिम्टी ना. ३. चिउँटी ।
12668 चिम्टी ना. ४. स्वास्नीमानिसहरूले केश टिप्नका लागि प्रयोग गर्ने धातुका ससाना चिम्टा, सेप्टी।
12669 चिम्टे वि. १. चिम्टाको आकारको, चिम्टाजस्तो; चिम्टाले समात्ने ।
12670 चिम्टे वि. २. अत्यन्त लोभी, लालची, छुच्चो ।
12671 चिम्टे वि. ३. चिम्टा लिएर हिँड्ने।
12672 चिम्टे वि. ४. चिमोट्न पर्ने खालको कडा (माटो) |
12673 चिम्टे वि. ना. ५. जोगी ।
12674 चिम्ट्याइ ना. चिम्टिने क्रिया वा प्रक्रिया |
12675 चिम्टयाइनु क.क्रि. चिम्टीमा लिइनु ।
12676 चिम्ट्याइलो वि. चिम्ट्याहा ।
12677 चिम्टयाउनु प्रे. क्रि. चिम्टिन लगाउनु, चिम्टिने पार्नु ।
12678 चिम्ट्याहा वि. पानीले चाँडै गलाउन नसक्ने खालको कडा; चिम्टे (माटो इ.) ।
12679 चिम्नी ना. १. इन्जिन, चुलो आदिको धुवाँ बाहिर निकाल्ने गरी राखिएको ढुङ्ग्रो, धुवाँकस ।
12680 चिम्नी ना. २. चिम; बल्ब ।
12681 चिम्पान्जी ना. अफ्रिका महादेशमा पाइने काला रौं र लामा-लामा कन्पट हुने तथा निकै चलाक बनमान्छे ।
12682 चिम्म क्रि.वि. आँखा पुरै बन्द गर्ने वा बन्द हुने गरी ।
12683 चिम्रे वि. १. आँखा चिम्रो भएको ।
12684 चिम्रे वि. २. नेत्ररोगले गर्दा आँखा मुस्किलसँग उघार्ने वा आँखामा कचेरा भरिरहने, चिप्रे; कचेरे ।
12685 चिम्रो वि. प्राकृतिक रूपले वा मानसिक संवेगका कारणले दुइवटै वा एउटा मात्र भए पनि आँखा केही सानो भएको; चिम्सो ।
12686 चिम्लनु स.क्रि. १. पलक मार्नु, आँखा बन्द गर्नु, झिमिक्क गर्नु ।
12687 चिम्लनु स.क्रि. २. वास्ता नगर्नु, परिणामको ख्याल नगर्नु ।
12688 चिम्लनु स.क्रि. 3. मर्नु ।
12689 चिम्लाइ ना. चिम्लने भाव, क्रिया वा प्रक्रिया |
12690 चिम्लाइनु क.क्रि. चिम्लन लाइनु ।
12691 चिम्लाउनु प्रे. क्रि. चिम्लने पार्नु वा चिम्लन लगाउनु ।
12692 चिम्लिनु स.क्रि. १. चिम्लनु ।
12693 चिम्लिनु स.क्रि. क. क्रि. २. चिम्लने काम गरिनु ।
12694 चिम्सिनु अ.क्रि. चिम्सो हुनु, आँखा साना र चिमचिम गर्ने हुनु ।
12695 चिम्से वि. चिम्सा आँखा हुने; चिमचिमे; चिम्सो ।
12696 चिम्सो वि. आँखा साना हुने र चिमचिम गरिरहने खालको; चिम्से |
12697 चिया ना. १. प्रायः गरम मुलुकहरूमा उमारिने, सेता फूल फुल्ने, एक थरी बाह्रमासे बुटो वा त्यसैका कलिला पातका मुना सुकाईवरी तयार पारिएको पत्ती वा धुलो ।
12698 चिया ना. २. तातो पानीमा इच्छानुसार चिनी र दुधको अनुपात मिलाई वा कागतीको रस निचोरी त्यस्तो पात वा धुलो राखी तयार पारिएको एक प्रसिद्ध पेय पदार्थ ।
12699 चियाइ ना. चियाउने भाव, क्रिया वा प्रक्रिया |
12700 चियाइनु क.क्रि. चियाउने काम गरिनु ।