Dictionary

All Word

12701 चियाउनु स.क्रि. कुनै एक लुकिने ठाउँ वा चेप, प्वाल, छड्के कोण आदिबाट हेर्नु गुप्ती चालले वा छलेर विशेष दृष्टि लगाउनु, चियो गर्नु; चेवा गर्नु ।
12702 चियाकमान ना. चियाको खेती गरिने वा चिया उब्जाइने ठाउँ ।
12703 चियाचमेना/ चियापान / चियापानी ना. चिया, कफी आदिका साथ खाइने हल्काफुल्का अन्य ठोस खाद्य पदार्थहरू, खाजा, जलपान, लघुभोजन, चमेना ।
12704 चियो ना. नचाहिंदो गरी हेर्ने वा बुझ्ने काम, चेवा; जासुसी, ढुकाइ, सुराख।
12705 चियोचर्चा ना. कहीँ कसले के गर्दै छ भनी ढुकेर वा लुकेर हेर्ने काम, चेवाचर्चा |
12706 चिर्नु स.क्रि. १. कुनै हतियारले कुनै वस्तुलाई दुई फ्याक हुने गरी फार्नु (दाउरा चिर्नु, काँक्रो चिर्नु इ.) ।
12707 चिर्नु स.क्रि. २. घाउ, खटिरा आदि चिरफार गर्नु ।
12708 चिर वि. धेरै समयसम्म रहने, दीर्घ, पुरानो ( चिरविरह, चिरकाल इ.) ।
12709 चिरकाल ना. दीर्घ काल धेरै वा लामो समय ।
12710 चिरगोजा ना. चिलगोजके सल्लाजातको रुख वा त्यसमा फल्ने ससाना दाना, सिम्टा, चिलगोजा ।
12711 चिरचिर ना. १. चरा आदिको कलरव ध्वनि ।
12712 चिरचिर ना. क्रि.वि. २. त्यस्तो ध्वनि निस्कने गरी ।
12713 चिरचिरती / चिरचिरी क्रि.वि. लगातार त्यस्तो ध्वनिका साथमा ।
12714 चिरचिरे वि. चिरचिर गर्ने स्वभावको, फर्कने बानी भएको ।
12715 चिरञ्जीवी / चिरजीवी वि. १. दीर्घजीवी; चिरजीवी ।
12716 चिरञ्जीवी / चिरजीवी वि. ना. २. पुराणअनुसार अमर मानिएका आठ चिरञ्जीवी ( अश्वत्थामा, मार्कण्डेय, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य र परशुराम ) ।
12717 चिरञ्जीवी / चिरजीवी वि. ३. विष्णु ।
12718 चिरञ्जीवी / चिरजीवी वि. ४. काग।
12719 चिरनवीन वि. जहिले पनि नयाँ नै देखिने, सधैँ नयाँ भइरहने; चिरनूतन ।
12720 चिरनिद्रा ना. १. मृत्यु, मरण, महानिद्रा ।
12721 चिरनूतन वि. हे. चिरनवीन ।
12722 चिरन्तन वि. धेरै दिन पहिलेदेखिको प्राचीन कालदेखिको, पुरातन; सदाको ।
12723 चिरपरिचित वि. धेरै पहिलेदेखि परिचय भएको वा चिनेको, धेरै अघिदेखिको चिनजान भएको ।
12724 चिरप्रतीक्षित वि. धेरै पहिलेदेखि प्रतीक्षा गरिएको, धेरै दिनदेखि पर्खिएर बसेको ।
12725 चिरफार ना. १. चिर्ने र फार्ने काम ।
12726 चिरफार ना. २. रोगको उपचारका लागि गरिने शल्यक्रिया; अपरेसन ।
12727 चिरबिर क्रि.वि. गौंथली, भँगेरा आदि साना-साना चराचुरुङ्गी कराउने किसिमले; त्यसरी कराएको आवाज निस्कने गरी ।
12728 चिरबिरे वि. चिरबिर गर्ने; तिखो स्वरले बारम्बार कराइरहने ।
12729 चिरस्थायी वि. १. धेरै समयसम्म रहने; पछिसम्म टिक्ने, टिकाउ, चिरस्थ |
12730 चिरस्मरणीय वि. धेरै दिनसम्म सम्झनामा रहिरहने; पछिसम्म सम्झन योग्य।
12731 चिराइ ना. चिर्ने वा चिर्न लगाउने भाव, क्रिया वा प्रक्रिया |
12732 चिराइतो ना. औलिया जरोमा काँढा पकाएर खाइने, तितो स्वादको एक प्रकारको जङ्गली बुटी, भूनिम्ब।
12733 चिराइनु क.क्रि. चिर्न लाइनु ।
12734 चिराउनु प्रे. क्रि. चिर्न लाउनु ।
12735 चिराउनी ना. १. चिराउँदा लाग्ने दस्तुर ।
12736 चिराउनी ना. २. चिराउने काम; चिरानी ।
12737 चिराक/चिराग ना. मुडेहातजतिको काठ वा बाँसमा कपास, कपडा बेरी तेलमा चोपेर बालिने राँके बत्ती; मसाल; पुल्ठो; राँको; दियालो ।
12738 चिराचिरा क्रि.वि. १. कुनै कुरो चर्कने, चिरिने वा काटिने गरी ।
12739 चिराचिरा क्रि.वि. २. काँक्रो, मेवा आदि ठाडोपट्टिबाट काटी धेरै चिरो पारेर ।
12740 चिराचिरा क्रि.वि. ना. ३. त्यसरी काटिएका चिराको समूह; चिराचिरी ।
12741 चिराचिरी ना. सानाठुला धेरै चिराको समूह |
12742 चिरानी ना. १. काठ आदि चिर्ने काम, कुनै वस्तुलाई चिरा पार्ने काम, चिराइ ।
12743 चिरानी ना. २. त्यसरी चिरेको ज्याला वा मजदुरी ।
12744 चिराफारा ना. १. थानबाट च्यातेर बाँकी रहन गएका ससाना टुक्रे कपडा, टुक्राटाक्री ।
12745 चिराफारा ना. २. चिरफार ।
12746 चिरायु वि. १. धेरै कालसम्म बाँचिरहने, चिरञ्जीवी ।
12747 चिरायु वि. ना. २. लामो आयु दीर्घायु ।
12748 चिरिनु अ.क्रि. १. चिरो हुनु, चिरो पर्नु ।
12749 चिरिनु अ.क्रि. २. धाँजो पर्नु वा फाट्नु ।
12750 चिरिनु अ.क्रि. स.क्रि. ३. अर्कालाई नराम्रो हुने वा मन नपर्ने गरी बेसरी खान, लतार्नु, घिच्नु ।