Dictionary

All Word

12751 चिरिक्क क्रि.वि. १. कुनै वस्तु चर्कने वा चिरिने गरी ।
12752 चिरिक्क क्रि.वि. २. कमिला, उपियाँ आदिले टोक्दा दुखे ।
12753 चिरिक्क क्रि.वि. ३. चहऱ्याउने गरी ।
12754 चिरिक्क क्रि.वि. ४. अम्बा, अमला, नास्पाती आदिलाई दाँतले टोक्दा त्यस्तो हुने गरी ।
12755 चिरिङ्गीकार ना. एकजातको झारविशेष |
12756 चिरिच्याट्ट / चिरिच्याट्ट क्रि.वि. १. राम्रो र छरितो हुने किसिमले चिटिक्क; छरिछट्ट |
12757 चिरिच्याट्ट / चिरिच्याट्ट क्रि.वि. वि. २ सजिसजाउ सुन्दर, राम्रो, टिपटप (अ.); च्वाँक ।
12758 चिरिभ्याउँ ना. सानो सिउर हुने एक जातको चरो ।
12759 चिरिबिरी ना. गौंथली, भँगेरा आदि कराउँदा आउने आवाज ।
12760 चिरिबिरे वि. चिरिबिरी आवाज निकाल्ने ।
12761 चिरिबिरे वि. २. कराइरहने हल्ला गर्ने ।
12762 चिरुवा वि. चिरिएको; चिरा परेको; चिरेको ।
12763 चिरुवादार ना. घोडाको हेरचाह, सेवा-शुश्रूषा आदि गर्ने मानिस, सइस ।
12764 चिरो (चिरा ति रू.) ना. १. चर्चरी चिरिएको ठाउँ, चर्किएर वा फुटेर चिरा परेको ठाउँ, धाँजो ।
12765 चिरो (चिरा ति रू.) ना. २. चिरा पारेर काटिएको सग्लो टुक्रो ।
12766 चिरौंजी ना. रहरका दानाजस्तो खाँदा बदामको जस्तो स्वाद हुने, एक प्रकारको खाने मसलाविशेष |
12767 चिर्कटो ना. चिथडो, भुत्रो चिट |
12768 चिर्कटो ना. १. काठ, बाँस आदि काट्दा वा ताछ्ता झरेका ससाना टुक्रा, काटिएको वा चिरिएको सानो टुक्रो ।
12769 चिर्कटो ना. २. सम्झिराख्नका लागि छोटकरीमा टिपिएको टिपोट त्यसरी टिपिएको कागतको टुक्रो ।
12770 चिर्को ना. १. आकाशमा बिजुली चम्कँदा पर्ने वज्रपात, चट्याङ ।
12771 चिर्को ना. २. आपत्ति पर्ने खालको घटना ।
12772 चिर्को ना. ३. ठुलो झगडा |
12773 चिर्को ना. ४. चिच्च्याउँदाको चर्को स्वर ।
12774 चिर्घट ना. मरेका मानिसलाई जलाउन घाटमा लैजाँदा बेरेर लाने कपडा, मुर्दा बेर्ने कपडा, कात्रो ।
12775 चिर्पट ना. १. दलिनमाथि माटो अड्याउनका निम्ति छापिने चेप्टो दाउरा, फलेक आदि ।
12776 चिर्पट ना. २. चिरा परेका ससाना काठ वा दाउरा ।
12777 चिटी ना. घिरौंलाका आकारको एक जातको काँक्रो, घिरौंले काँक्रो, ककरी |
12778 चिऱ्याइ ना. चिरिने क्रिया वा प्रक्रिया |
12779 चिऱ्याइनु क.क्रि. पेट चर्कने गरी खुवाइनु, कोचाइनु ।
12780 चिऱ्याउनु प्रे. क्रि. मन नपरीकन पेट चर्कने गरी खुवाउनु, कोचाउनु; घिचाउनु ।
12781 चिऱ्याहट ना. चिऱ्याउने क्रिया, भाव वा प्रक्रिया |
12782 चिर्र क्रि.वि. १. गौंथली, धोबिनी, भँगेरा आदि मसिना चराचुरुङ्गी कराए झैं गरी ।
12783 चिर्र क्रि.वि. २. मसिना काठ, बाँस आदिका टुक्राटाक्री भाँचिदा आवाज आए झैँ।
12784 चिर्सिनु अ.क्रि. अत्यास वा हडबडीमा चर्को स्वरले कराउनु, आत्तिएर चिच्च्याउनु, चीत्कार गर्नु ।
12785 चिर्स्याइ ना. चिर्सिने भाव, क्रिया वा प्रक्रिया |
12786 चिर्स्याइनु क.क्रि. चिर्सिने पारिनु ।
12787 चिर्स्याउनु प्रे. क्रि. चिर्सिने पार्नु ।
12788 चिर्स्याहट ना. चिर्सिने काम वा प्रक्रिया |
12789 चिल्नु स.क्रि. कमिलो, बारुलो, मौरी, अरिङ्गाल आदि किराले खिल गाडिने गरी वा सामान्य रूपले टोक्नु, डस्नु ।
12790 चिल ना. आकाशमा माथि माथिसम्म कावा खाँदै उडिरहने एक हिंसक पक्षी ।
12791 चिल आँखे वि. चिलका जस्ता आँखा भएको; चिल जस्तै सिकार झम्टन तत्पर रहेजस्तो हिंसक आँखा भएको ।
12792 चिलको आहारा ना. हाँस, कुखुरा आदिलाई गाली गर्ने बोली ।
12793 चिलगाडी ना. आकाशमा उड्ने चिलजस्तो गाडी, हवाईजहाज |
12794 चिलगोजा ना. हे. चिरगोजा ।
12795 चिलचिल क्रि.वि. १. जुम्रा, कमिला आदि टोकेजस्तो गरी ।
12796 चिलचिल क्रि.वि. २. छाला खसखसाउने किसिमले; कन्याउने इच्छा हुने गरी; सगसगाएर ।
12797 चिलचिलाइ ना. चिलचिलाउने क्रिया, भाव वा प्रक्रिया |
12798 चिलचिलाइनु क.क्रि. चिलचिलाउने पारिन सगसगाइनु ।
12799 चिलचिलाउनु अ.क्रि. शरीरमा हलुका किसिमले वा एकै चोटि धेरैतिर चिलाउनु, केही हिँड्दा, रगरगाउँदा वा थोरै कोक्याउने कुरो खाँदा छालाबाहिर वा घाँटीमा चिलचिल हुनु, सगसगाउनु ।
12800 चिलचिलाहट ना. चिलचिलाउने भाव, क्रिया वा अवस्था ।