Dictionary

All Word

12801 चिलन्धर वि. फाटेर चिया चिथ्रा भइसकेको पातलो र छुनेबित्तिकै च्यात्तिने, झुत्रोझाम्रो र मकिएको (कपडा) ।
12802 चिलबिल ना. १. कुनै कुरा बिग्रिएर वा नासिएर हेर्ने नसकिने भएको स्थिति; चिल्लीबिल्ली, बिचल्ली ।
12803 चिलबिल ना. २. आपत् - विपत्को स्थिति चिहिलबिहिल ।
12804 चिलबिलाइ ना. चिलबिलाउने भाव, क्रिया वा प्रक्रिया |
12805 चिलबिलाइनु क.क्रि. चिलबिल गरिनु ।
12806 चिलबिलाउनु अ.क्रि. चिलबिल हुने स्थिति पर्नु, बिचल्ली हुनु ।
12807 चिलाइ ना. १. चिल्ने भाव, क्रिया वा प्रक्रिया |
12808 चिलाइ ना. २. चिलाउने भाव, क्रिया वा प्रक्रिया |
12809 चिलाइनु क.क्रि. १. चिल्न लगाइनु, चिल्ने पारिनु ।
12810 चिलाइनु क.क्रि. २. चिलाउने पारिनु ।
12811 चिलाउनु अ.क्रि. १. शरीरको छाला सकसकाएर वा रगरगाएर असजिलो अनुभव हुन्, त्यसरी असजिलो अनुभव हुँदा नङ आदिले कनाउन मन लाग्नु, चिलचिलाउनु ।
12812 चिलाउनु अ.क्रि. २. खर्च गरिहालूँ भन्ने इच्छा हुनु, खर्च गर्ने इच्छा जागेर आउनु (जस्तो- हात चिलाउनु, पैसा चिलाउनु इ.) ।
12813 चिलाउनु अ.क्रि. 3. पिट्न मन लाग्नु (जस्तो- हत्केला चिलाउनु ।
12814 चिलाउनु अ.क्रि. ४. यौनलिप्सा हुनु ।
12815 चिलाउने ना. १. लाम्चा पात हुने, बोक्रा, सैस परेको, पहेंला फूल फुल्ने र अमलाका जस्ता बाटुला फल फल्ने, ठुलो र अति साह्रो काठ हुने एक जातको रुख ।
12816 चिलाउने ना. वि. २. चिलाउने वस्तु रहेको वा भएको ।
12817 चिलाउने रोग ना. चर्मरोग; लुतो ।
12818 चिलाचिल ना. परस्परमा वा एकले अर्कोलाई चिल्ने काम ।
12819 चिलाहा वि. चिलाउने वा चिल्ने स्वभाव भएको ।
12820 चिलिम ना. भित्रपट्टि तमाखु, कक्कड़ आदि हाली मास्तिर आगाले सल्काएर हुक्कामा राखी खाइने वा भेट्नामा पात, धुस्नु आदि हालेर तानिने माटाको कचौरा वा कुल्फीजस्तो भाँडो, ठुलो सुल्फा ।
12821 चिलिम च्वाँट ना. नहुने वा रित्तिने अवस्था, खर्च हुने स्थिति, धोती न टोपीको चाल ।
12822 चिलिमे ना. विशेष गरी हिमाली भेकमा पाइने तामेढुकुरजस्तो एक जातको चरो ।
12823 चिलेसाचिलेसी ना. [सानाठुला धेरै चिलेसाको समूह |
12824 चिसो ना. चामल, पिठो आदि अन्नभित्रै जन्मिएर हुर्कने, सेतो रङको र गहुँको चाहिँ कालो वा रातो रङको पनि हुने सानो किरो; चिल्सो; चिलेसो ।
12825 चिलो ना. १. चारैतिर छापिएर रहने जुम्रा, भुसुना आदि किराहरूको गुन्द्रो छापो ।
12826 चिलो ना. २. गहुँ, जौ आदि अनाजको भुस ।
12827 चिल्के ना. ढुङ्गामा टाँसिएर रहने, ऐना जस्तै चिल्ल टल्कने वस्तु अभ्रक ।
12828 चिल्को ना. १. चराचुरुङ्गी आदिको प्वाँख नउम्रेको बच्चो ।
12829 चिल्को ना. २. साह्रै सानो आकारको वस्तु ।
12830 चिल्थो वि. फाटेर झुत्रो भइसकेको, थोत्रो काममा आउन नसक्ने अवस्थाको ।
12831 चिल्थो वि. ना. २. झुत्रो कपडा, कागत आदि वस्तु ।
12832 चिल्ल क्रि.वि. बारुलो, अरिङ्गाल, बछ्‌युँ आदि उड्ने किराले चिल्दा दुख्ने, पोल्ने वा डहने गरी ।
12833 चिल्लर ना. पसिनाबाट उत्पन्न भई कपालमा वा लगाएका लुगामा टाँसिएर रहने मसिनो किरो; जुम्रो ।
12834 चिल्लाइ ना. चिल्लाउने क्रिया वा प्रक्रिया |
12835 चिल्लाइनु क.क्रि. चिच्च्याइनु, ठुलो र चर्को स्वरले कराइनु ।
12836 चिल्लाउनु अ.क्रि. ठुलो स्वरले कराउनु, चिच्च्याउनु ।
12837 चिल्लाहट ना. चिल्लाउने भाव, क्रिया वा स्थिति ।
12838 चिल्ली वि. १. चिल्लो वर्ण भएकी, चिल्लो घसेकी ।
12839 चिल्ली वि. २. मुखले मिठा कुरा गर्ने ।
12840 चिल्ली वि. ना. [सं. चिल्ल + ई] ३. चिलले जस्तै धेरै केटाकेटी वा गाईबस्तुले घेरेर व्याकुल पारेको स्थिति ।
12841 चिल्लीबिल्ली ना. कसैबाट पनि सहायता लिन नसकिने स्थिति के गरूँ, कसो गरूँको अवस्था, बिल्लीबाठ; बिचल्ली; बिजोक |
12842 चिल्ली राँड ना. छोराछोरी भएकी बिधुवा स्त्री ।
12843 चिल्लो ना. १. घिउ, तेल, बोसो आदि स्निग्ध पदार्थ, चिल्लोपन, स्निग्धता |
12844 चिल्लो ना. वि. २. तेल - घिउ आदिको जस्तो चिल्लो भएको, चिप्लो, टल्कने ।
12845 चिल्लो घसाइ ना. मुखले ठिक पार्ने कुरा वा परिपाठ, मिठा कुरा गरी आफ्नो हुँदो तुल्याउने काम खुसामद |
12846 चिल्लोचापुल्लो ना. १. घिउ, तेल आदि स्निग्ध पदार्थ, चिल्लो भएको वस्तु ।
12847 चिल्लोचापुल्लो ना. २. स्निग्धता ।
12848 चिल्लै अपेक्षित वस्तु नपाउने स्थिति ।
12849 चिल्लौरी ना. एक हिंसक पक्षी; चिल ।
12850 चिल्ल्याइ ना. चिल्लो पार्ने भाव, क्रिया वा प्रक्रिया |