Dictionary

All Word

12851 चिल्ल्याइनु क.क्रि. चिल्ल्याउने पारिनु, चिल्लो पार्न लगाइनु ।
12852 चिल्ल्याउनु स.क्रि. चिल्लो पार्नु, चिल्लो बनाउनु, चिप्लो बनाउनु ।
12853 चिल्ल्याहट ना. चिल्लो पार्ने वा चिल्लो बनाउने काम, भाव वा अवस्था ।
12854 चिल्सो ना. हे. चिलेसो ।
12855 चिवा ना. १. साना-साना स्तूप, चैत्य, मन्दिर आदि भएको विहार ।
12856 चिवा ना. २. ससाना स्तूप आदि ।
12857 चिसमिरो वि. अलि-अलि चिसो; ओसिलो परेको ।
12858 चिसान ना. १. सधैँ चिसो भइरहने ठाउँ वा जग्गा ।
12859 चिसान ना. २. चिसोपनको मात्रा ।
12860 चिसापानी ना. चिसो पानी हुने वा पाइने ठाउँ ।
12861 चिसापानीगढी ना. १. काठमाडौंबाट भीमफेदी निस्कँदा बिचमा पर्ने गढी ।
12862 चिसापानीगढी ना. २. हाल मकवानपुर जिल्लामा पर्ने महाभारत पर्वत-शृङ्खलामा रहेको राणाकालीन एक प्रसिद्ध प्रशासनकेन्द्र |
12863 चिसापानीगढी ना. ३. राजधानी आउने जानेको खान तलासी २००७ सालपूर्व कडिकडाउका साथ र त्यसपछि क्रमशः खुकुलो गरिंदै आएको एक गौंडा ।
12864 चिसिनु अ.क्रि. १. चिसो हुनु ।
12865 चिसिनु अ.क्रि. २. भिज्नु ।
12866 चिसिनु अ.क्रि. ३. ओसिनु ।
12867 चिसिनु अ.क्रि. ४. सेलाउनु ।
12868 चिसो वि. १. ताताको अंश पटक्कै नभएको, पानी ननिथ्रेको ठन्डा बनेको; नओबाएको ।
12869 चिसो वि. २. जाडो हुने खालको; ठिहिऱ्याउँदो ।
12870 चिसो वि. ३ तिर्खा मर्ने, शीतल ।
12871 चिसो वि. ४. स्वास्थ्यकर ।
12872 चिसो वि. ना. ५. सर्दी ओस, ठन्डापन; जाडोपन ।
12873 चिसो वि. ६. अल्छी ( दिव्य.) ।
12874 चिसो वि. ७. शङ्का, सन्देह |
12875 चिसो छपनी ना. लिम्बू जातिका सभामा चाहिने जाँड छान्नका निम्ति धोईपखाली चिसो पारिएको छपनी ।
12876 चिसो ढुड्गो ना. शक्तिहीन हुँदै गएको राज्य, सेलाएको राज्य (दिव्य.) ।
12877 चिस्याइ ना. १. चिसिने भाव, क्रिया वा प्रक्रिया ।
12878 चिस्याइ ना. [चिस्याउ + आइ] २. चिस्याउने भाव, क्रिया वा प्रक्रिया |
12879 चिस्याइनु क.क्रि. चिसो पारिनु ।
12880 चिस्याउनु प्रे. क्रि. १. चिसो पार्नु ठन्डा तुल्याउनु सेलाउनु ।
12881 चिस्याउनु प्रे. क्रि. २. शङ्का पैदा गराउनु, डर वा त्रास उब्जाउनु ।
12882 चिस्यान ना. सधैंभरि चिसो भइरहने ठाउँ, चिसान।
12883 चिस्याहट ना. चिस्याउने क्रिया, स्वभाव वा अवस्था ।
12884 चिहान ना. १. मुर्दा गाड्ने ठाउँ, मरेको मान्छे गाडिएको ठाउँ ।
12885 चिहान ना. २. मुर्दा पोल्ने वा जलाउने ठाउँ, मसान।
12886 चिहाने वि. १. चिहान पार्ने लक्षण भएको ।
12887 चिहाने वि. २. निधारका बिचमा रहेको सेतो ताराका बिच कालो थोप्लो हुने (गाई-गोरु) ।
12888 चिहाने डाँडो ना. चिहान - चिहान भएको डाँडो, मुर्दा लगेर गाड्ने ठाउँ (पाखो)।
12889 चिहिरिनु अ.क्रि. अत्यास परेका बेलामा ठुलो र चर्को स्वरले कराउनु, अतालिएर वा तर्सिएर कराउनु, चिच्च्याउनु ।
12890 चिहिऱ्याइ ना. चिहिरिने भाव, क्रिया वा प्रक्रिया |
12891 चिहिऱ्याइनु क.क्रि. चिहिरिने पारिनु ।
12892 चिहिऱ्याउनु प्रे. क्रि. चिहिरिने पार्नु ।
12893 चिहिऱ्याहट ना. चिहिरिने काम वा प्रक्रिया |
12894 चिलिबिहिल ना. राम्रोसँग लालनपालन र संरक्षण नभएको स्थिति; बिचल्ली, चिल्लीबिल्ली, चिलबिल।
12895 चिह्न ना. १. कुनै वस्तु चिन्न सकिने रूप वा लक्षण, चिनु; चिनो; निसाना।
12896 चिह्न ना. २. ध्वजा ।
12897 चिह्न ना. ३. दाग कलङ्क |
12898 चिह्नकारी वि. १. चिह्न लगाउने ।
12899 चिह्नकारी वि. २. घाउचोट गराउने ।
12900 चिह्नधर / धारी वि. १. कुनै किसिमको चिह्न धारण गर्ने ।