Dictionary

All Word

12901 चिह्नधर / धारी वि. २. दागी, कलङ्की ।
12902 चिह्नित वि. चिह्न लागेको, चिह्नयुक्त, चिनु भएको ।
12903 ची प्रत्य. प्रातिपदिक शब्दका अन्तमा लागेर विशेषण पद एक प्रत्यय (कानची, नगर्ची, तबलची इ.) ।
12904 चीँ ना. १. साना नानीले आँखा चिम्लने काम, चिउँ; सुताइ, निद।
12905 चीँ ना. २. ससाना नानिलाई सुत्ने कुरा बुझाउन प्रयोग गरिने शब्द; निनी।
12906 चीँ चीँ ना. १. मसिना चराचुरुङ्गी कराएको शब्द, चराचुरुङ्गीको कराइ ।
12907 चीँ चीँ ना. क्रि.वि. २. दुधे बालक कराए झैं वा बचरा चिरचिराए गरी ।
12908 चीँ मुसी ना. केटाकेटीहरूले हातमाथि हात राखी चिम्टिएर खेल्ने बालखेल ।
12909 चीज ना. हे चिज ।
12910 चीज ना. हे चिज |
12911 चीड ना. हे. चिड ।
12912 चीत्कार ना. ठुलो र चर्को स्वरले अताल्लिएर कराउँदाको आवाज; पीडाले भरिएको चिच्याहट ।
12913 चीन ना. नेपालदेखि उत्तरतिर रहेको, दक्षिणपूर्व एसियाको एक प्रसिद्ध ठुलो देश ।
12914 चीनांशुक ना. चीनमा बनेको रेसमी कपडा, चिनियाँ रेसमी कपडा ।
12915 चीना ना. हे चिना१ ।
12916 चीनी वि. हे. चिनी १ ।
12917 चीफ वि. हे. चिफ |
12918 चीर ना. १. कपडा, वस्त्र ।
12919 चीर ना. २. कपडाको धरो, वस्त्रको टुक्रा ।
12920 चीर ना. ३. बौद्ध भिक्षुहरूले लगाउने गेरुवा वस्त्र ।
12921 चीर ना. ४ फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुरमा लिङ्गो गाडेर टाँगिने कपडाको धजा ।
12922 चीर ना. ५. तिनै धजाहरू टाँगिएको लिङ्गो ।
12923 चीरहरण ना. १. कृष्णले गोपिनीहरूको वस्त्र लुकाइदिएको प्रसङ्ग भएको एक प्रसिद्ध लीला |
12924 चीरहरण ना. २. कपडा हरण गर्ने काम ।
12925 चील वि. हे. चिल ।
12926 चीवर ना. १. वस्त्र, कपडा ।
12927 चीवर ना. २. बौद्ध सन्न्यासीहरूले माथिल्लो अङ्गमा लगाउने एक प्रकारको कपडा ।
12928 चीवरी ना. १. चीवर लगाउने व्यक्ति ।
12929 चीवरी ना. २. बौद्ध भिक्षु, बौद्ध सन्न्यासी ।
12930 चीवरी ना. ३. भिक्षुक |
12931 चूँ ना. १. मुसा, छुचुन्द्रा आदि कराएको शब्द |
12932 चूँ ना. २. चराचुरुङ्गीहरू कराएको आवाज ।
12933 चूँ ना. ३. केही पनि बोल्न वा गर्न नसकिने स्थिति; चुँ ।
12934 चूँ चूँ ना. मुसा, छुचुन्द्रा, चराचुरुङ्गी आदि लगातार कराएको शब्द |
12935 चुक्क क्रि.वि. १. सानो स्वरमा कसैसँग खुसुक्क भन्न खोजे, डर वा सङ्कोचले केही बिस्तारै बोल्ने गरी।
12936 चुक्क क्रि.वि. ना. २. मुसाको कराइ, मुसो कराउँदाको आवाज ।
12937 चुँगी ना. सहरी क्षेत्रमा बाहिरबाट आउने मालसामानमा लाग्ने वा लिइने महसुल स्थानीय चुङ्गी ।
12938 चुँगो ना. १. पानी वा तरल पदार्थ हालिने बाँसको भाँडो ।
12939 चुँगो ना. २. रद्दी खालका धातुको पुरानो भाँडो ।
12940 चुँड्नु स.क्रि. कुनै वस्तुलाई छिनालेर दुई टुक्रा पार्नु; चुँडाल्नु|
12941 चुँडाइ ना. चुँड्ने भाव, क्रिया वा प्रक्रिया |
12942 चुँडाइनु क.क्रि. चुँड्न लगाइनु ।
12943 चुँडाउनु प्रे. क्रि. चुँड्ने गराउनु, चुँड्न लगाउनु ।
12944 चुँडाल्नु स.क्रि. डोरी वा तारलाई छिनालेर दुई टुक्रा पार्नु; चुँड्नु ।
12945 चुँडालाइ ना. चुँडाल्ने क्रिया वा प्रक्रिया |
12946 चुँडालिनु क.क्रि. चुँडाल्ने काम गरिनु ।
12947 चुँडाहा वि. चुँड्ने वा चुँडिने स्वभावको ।
12948 चुँडिनु क.क्रि. १. चुँड्ने काम गरिनु ।
12949 चुँडिनु क.क्रि. अ.क्रि. २. छिन्नु, दुई टुक्रा हुनु ।
12950 चुँदरी ना. ठाउँ-ठाउँमा धागाले चुनेर बुट्टा वा डोराजस्तो बनाइएको र रङले रङाइएको पटुका, धोती आदिको कपडा ।