Dictionary

All Word

12951 चुँदरीबुट्टे वि. चुँदरीका जस्ता बुट्टा भएको, छेउ वा बिच-बिचमा बुट्टा पारिएको (कपडा) ।
12952 चुः वि.बो. आश्चर्य, विस्मय आदि जनाउँदा प्रयोग गरिने अव्यय शब्द |
12953 चुः चु वि.बो. भुल भएको, बिर्सिएको, बिग्रिएको आदि विषयमा दुःख, खेद आदि प्रकट गर्दा वा पछुतो जनाउँदा प्रयोग गरिने शब्द |
12954 चुइँ क्रि.वि. १. चुँक्क, चुँ।
12955 चुइँ क्रि.वि. ना. २. चुइँकँदा वा अस्पष्ट बोल्दा निस्कने शब्द |
12956 चुइँकनु अ.क्रि. १. अस्पष्ट रूपमा दुःख वा पीडाको अनुभव व्यक्त हुनु, रोऱ्याइँ सुरु हुनु ।
12957 चुइँकनु अ.क्रि. २. चुइँचुइँ शब्द निस्कनु ।
12958 चुइँकने वि. चुइँकने काम गर्ने वा त्यस्तो स्वभावको, चुइँचइँ गर्ने (जस्तो- चुइँचुइँ चुइँकने जुत्ता)।
12959 चुइँकाइ ना. चुइँकने भाव, क्रिया वा प्रक्रिया |
12960 चुइँकाइनु क.क्रि. चुइँकने पारिनु ।
12961 चुइँकाउनु प्रे. क्रि. चुइँकने पार्नु ।
12962 चुइँकाहट ना. चुइँकने भाव, क्रिया वा प्रक्रिया ।
12963 चुइँकिनु अ.क्रि. चुइँकनु ।
12964 चुइँकी ना. १. सरकारी उर्दी वा घोषणा ।
12965 चुइँकी ना. २. राणाशासनमा सरकारबाट जनतालाई कुनै काम कुरा थाहा दिनका लागि प्रचलित उर्दी वा फर्मान सुनाउने काम ।
12966 चुइँके वि. चुइँकने स्वभावको, चुइँचुइँ गर्ने ।
12967 चुइँकेतान ना. भरिया वा ढाक्रेहरूको ताँती ।
12968 चुइँक्क क्रि.वि. १. चुइँक् आवाज आउने गरी ।
12969 चुइँक्क क्रि.वि. २. कुनै कुरामा जवाफ दिन नसक्ने पारेर, लुत्रुक्क ।
12970 चुइँक्क क्रि.वि. ३. मुसा आदि कराए झैँ गरी; चुक्क |
12971 चुइँक्याइ ना. चुइँक्याउने क्रिया वा प्रक्रिया |
12972 चुइँक्याइनु क.क्रि. चुइँक्याउने काम गरिनु ।
12973 चुइँक्याउनु स.क्रि. १. बेसरी कस्नु वा बाँध्नु ।
12974 चुइँक्याउनु स.क्रि. २. करमा पार्नु ।
12975 चुइँक्याउनु स.क्रि. ३. गह्रौं भारी बोक्नु ।
12976 चुइँचुइँ क्रि.वि. १. चुइँ आवाज बराबर आउने गरी ।
12977 चुइँचुइँ क्रि.वि. २. मुसा कराएजस्तो आवाज निस्केर वा निकालेर ।
12978 चुइँठो ना. १. चामल र पिठो मिसाई फत्काएर पकाइएको मकैको भात ।
12979 चुइँठो ना. २. मकैको भात ।
12980 चुइयाँ वि. आफ्नो चाहिँ केही निकाल्न नपरोस् भन्ने अत्यन्त लोभी, कन्जुस, कृपण, किरन्टोकी ।
12981 चुक्नु स.क्रि. १. कुनै काम कुरा गर्दा भुल गर्नु, बिराउनु, गल्ती गर्नु ।
12982 चुक्नु स.क्रि. २. मौका गुमाउनु ।
12983 चुक्नु स.क्रि. ३. अपराध गर्नु ।
12984 चुक्नु स.क्रि. ४. बिर्सनु ।
12985 चुक ना. गल्ती हुन जाने काम, बिराम, भुल |
12986 चुक ना. अमिला जातका फल निचोरेर रस पकाई बाक्लो पारिएको वस्तु, चुक अमिलो ।
12987 चुक अमिलो ना. चुकजस्तो अमिलो, ज्यादै अमिलो।
12988 चुक घोप्टिए जस्तो वि. कतै केही नदेखिने, बाक्लो, गाढा (अँध्यारो)।
12989 चुकचुक क्रि.वि. १. भुल वा पछुतो हुँदा मुखबाट शब्द निस्के झैं गरी चुकचुकाउने किसिमले ।
12990 चुकचुक क्रि.वि. ना. २. झुकझुक सन्देह |
12991 चुकचुकाइ ना. चुकचुक गर्ने भाव, क्रिया वा प्रक्रिया |
12992 चुकचुकाइनु क.क्रि. चुकचुक लाग्ने हुनु ।
12993 चुकचुकाउँदो वि. १. कलकल परेको कलिलो ।
12994 चुकचुकाउँदो वि. २. मायालाग्दो, रहरलाग्दो, कलपर्दो |
12995 चुकचुकाउनु स.क्रि. १. चुकचुक गर्नु, थकथकी मान्नु पछुतो लाग्नु ।
12996 चुकचुकाउनु स.क्रि. २. प्रशंसा गर्नु, सहाउनु ।
12997 चुकचुकी ना. पछुतो; पश्चात्ताप, थकथकी ।
12998 चुकन्दर ना. गाजर वा मुलाका ढबको, काँचै वा पकाएर खाइने, एक प्रकारको गुलियो, प्रायः रातो कन्दमूल ।
12999 चुकाइ ना. १. चुक्ने भाव, क्रिया वा प्रक्रिया ।
13000 चुकाइ ना. [चुकाउ + आइ] २. चुकाउने भाव, क्रिया वा प्रक्रिया |