Dictionary

All Word

13001 चुकाइनु क.क्रि. १. चुक्ने वा भुल गर्ने पारिनु ।
13002 चुकाइनु क.क्रि. २. चुक्ता पारिनु; तिरिनु ।
13003 चुकाउनी ना. १. दही, मही आदिमा बारा, फुरौला आदि र मसलासमेत हालेर पकाइएको अमिलो खाद्य वस्तु ।
13004 चुकाउनी ना. २. दही हालेर बनाइएको आलुको अमिलो अचार |
13005 चुकाउनु स.क्रि. १. चुक्ता गर्नु, रिन फच्छे गर्नु, समाप्त गर्नु, टुङ्ग्याउनु।
13006 चुकाउनु स.क्रि. [चुक् + आउ + नु] प्रे. क्रि. २. चुक्ने पार्नु, चुक्न लाउनु, झुक्क्याउनु ।
13007 चुकानी ना. चुकाउनी ।
13008 चुकिनु क.क्रि. भुलमा परिनु भुल गरिनु ।
13009 चुकिलो वि. चुकजस्तो अमिलो, चुकका स्वादको ।
13010 चुकुल ना. १. कुनै वस्तुलाई प्वालमा हाल्दा खाली रहेका भागमा दह्रो र कसिलोसँग ठोकिने काठ ।
13011 चुकुल ना. २. झ्यालढोका आदि नखोलिने पार्न भित्रपट्टिबाट जडेर लगाइने साधन ।
13012 चुकुल ना. ३. प्वाल परेका ठाउँमा टाल्न ठोकिने काठको टुक्रो प्वाल टाल्ने वस्तु; ठिंको ।
13013 चुकेमुसो ना. छुचुन्द्रो, चुँक्क गर्ने मुसो ।
13014 चुक्किनु अ.क्रि. काठ, ईंट, सिमेन्ट आदिका वस्तु चर्कनु, चिरिनु, फुट्नु ।
13015 चुक्क्याइ ना. चुक्किने क्रिया वा प्रक्रिया |
13016 चुक्ता ना. फछ्र्यौट फच्चे; चुक्ती ।
13017 चुक्ताचुक्ती ना. सबै फछ्र्योट राम्रै छिनाफाना ।
13018 चुक्तिनु अ.क्रि. १. चुक्ती हुनु, फर्छिनु, तिरिनु ।
13019 चुक्तिनु अ.क्रि. २. पूरा हुनु, टुङ्गिनु ।
13020 चुक्ती ना. १. कसैसँग लिएको वा कसैलाई दिनुपर्ने रुपियाँ - पैसा आदिको भुक्तानी भएको अवस्था, रिन फर्छिने वा फछ्र्याउने काम, फछ्र्यौट, फच्चे ।
13021 चुक्ती ना. २. समाप्ति, खतम ।
13022 चुकत्याइ ना. १. चुक्तिने भाव, क्रिया वा प्रक्रिया ।
13023 चुकत्याइ ना. [चुक्त्याउ + आइ] २. चुक्त्याउने भाव, क्रिया वा प्रक्रिया |
13024 चुक्त्याइनु क.क्रि. चुक्ता गरिनु ।
13025 चुक्त्याउनु स.क्रि. चुक्ता गर्नु; फछर्याउनु ।
13026 चुक्र ना. अमिलो तत्त्व भएको फल निचोरेर पकाई बाक्लो पारी बनाएको लेदो पदार्थ, अमिलो, चुक।
13027 चुक्राम्ल ना. चुक अमिलो, पकाएर चुक पारिएको अमिलो, चुक |
13028 चुक्ली ना. अर्काका विषयमा कसैसित गरिएको नराम्रो कुरो, भए-नभएको कुरो लगाउने काम, पोल, छुल्याइँ, छुस्केरा ।
13029 चुक्लीखोर वि. चुक्ली वा पोल लगाउने, छुल्याहा घुसी।
13030 चुक्ली चाकडी ना. अर्काको पोल लगाउँदै आफू जाती बन्नका लागि गरिने चाकडी ।
13031 चुक्लीचाक्ली ना. चुक्ली लगाएर आफू जाती हुन गरिएको काम - कुरो अर्काको पोल लगाएर आफू साखिलो हुने काम वा प्रयत्न ।
13032 चुङ्गा ना. शरीरमा लगाउँदा मास्तिरबाट गोलीगाँठासम्म , एक प्रकारको खुकुलो लुगा, चोंगा ।
13033 चुड्गी ना. १. रबरहरूको गुच्छा बनाएर खुट्टाले उफार्दै खेलिने खेल |
13034 चुड्गी ना. २. हे चुंगी ।
13035 चुची ना. आइमाईका दुधको मुन्टो, स्तनको चुच्चो |
13036 चुचुराचुचुरी ना. सानाठुला चुचुरा वा टाकुराहरूको समूह |
13037 चुचुरी ना. टाकुरो वा चुचुरोको सानो रूप; सानो चुचुरो ।
13038 चुचुरो ना. पहाडको चुलिएर गएको शिर, टाकुरो डाँडाको टुप्पो चोटी |
13039 चुच्चिनु अ.क्रि. तलतिरको भाग फुकेर मास्तिरको भाग साँगुरिंदै जानु, चुच्चो हुनु।
13040 चुच्चे वि. चुच्चो परेको, चुच्चो भएको; चुच्चिएको; टुप्पो भाग तिखो परेको ।
13041 चुच्चे करेलो ना. झिनो खालको बेलो र पाङ्ग्रा परेका पात हुने, पहेंलो फूल फुल्ने एक लहरो; तरकारी, अचार आदि खाइने भित्र काला बियाँ र बाहिर काँडा हुने त्यसैको चुच्चे फल, करेलो।
13042 चुच्चे कुटो ना. खन्ने भागमा चुच्चो परेको एक प्रकारको हतियार, कुटो |
13043 चुच्चे चरो ना. लामो र तिखो चुच्चो हुने एक जातको चरो, चाँचर ।
13044 चुच्चे टायल ना. झिँगटीको छानाका कुनामा राखिने कुखुराको टाउकाको आकारको चुच्चे टायल |
13045 चुच्चे बाम ना. मुखतिर चुच्चो परेको लामो र मोटो जातको बाम माछो ।
13046 चुच्चेबुच्चे वि. चुच्चो परेको जस्तो देखिए पनि बुच्चो लाग्ने, चुच्चे भएर पनि पुड्को ।
13047 चुच्चो ना. १. चराचुरुङ्गीहरूको मुखको टुप्पो ।
13048 चुच्चो ना. २. हलो, कलम आदिका अगाडिको तिखो भाग ।
13049 चुच्चो ना. वि. ३. तिखो परेको; लाम्चो र चोसो परेको ।
13050 चुच्च्याइ ना. चुच्चिने भाव, क्रिया वा प्रक्रिया |