Dictionary

All Word

13051 चुच्च्याइनु क.क्रि. चुच्चो हुने पारिनु ।
13052 चुच्च्याउनु स.क्रि. चुच्चो पार्नु; तिखो बनाउनु; तल्लो भागदेखि मास्तिरको भाग साँघुरो पार्दै लैजानु ।
13053 चुट्नु स.क्रि. १. हात, खुट्टा, लौरो, ढुङ्गा आदिले कसैलाई पिट्नु, कुट्नु, गोद्नु, भकुर्नु ।
13054 चुट्नु स.क्रि. २. चुटेर झार्नु; ठटाउनु (तोरी, धान, मकै आदि) ।
13055 चुटचाट ना. बेसरी चुट्ने वा पिट्ने काम विशेष किसिमको चुटाइ; पिटपाट |
13056 चुटपिट ना. कुटपिट, मारपिट |
13057 चुटाइ ना. चुट्ने भाव, क्रिया वा प्रक्रिया ।
13058 चुटाइनु क.क्रि. चुट्न लगाइनु, चुट्ने पारिनु ।
13059 चुटाउनु प्रे. क्रि. चुट्न लगाउनु, चुट्ने पार्नु ।
13060 चुटाचुट ना. परस्परमा चुट्ने काम; पिटापिट |
13061 चुटिनु क.क्रि. चुट्ने काम गरिनु, चुटाइ खाइनु ।
13062 चुटुवा वि. १ भुइँमा ठोकेर वा लाठो, मुङ्ग्रो आदिले चुटेर झारिएको (अन्न) ।
13063 चुटुवा वि. ना. २. चुटेर वा कुटेर झारिएको अन्न।
13064 चुट्का ना. १. साना-साना टुक्का, चुट्किला, खिस्सा |
13065 चुट्का ना. २. चुड्का ।
13066 चुटकिलो वि. १. छोटो, छरितो र चिटिक्कको ।
13067 चुटकिलो वि. ना. २. त्यस्तो बोली वा कुरो ।
13068 चुटकिलो वि. ३. कुनै मनोरञ्जक वा घतलाग्दो कुरो, चुट्किलो ।
13069 चुट्की ना. १. बुढी औँला र माझी औंला जोडी पड्काएर निकालिएको आवाज, चुड्की ।
13070 चुट्की ना. २. साह्रै थोरै समय; छिन ।
13071 चुठ्नु अ.क्रि. हात, मुख आदिमा लागेको जुठो पानीले पखाल्नु, मुख कुल्ला आदि गर्नु ।
13072 चुठाइ ना. चुठ्ने क्रिया वा प्रक्रिया |
13073 चुठाइनु क.क्रि. चुठ्न लाइनु ।
13074 चुठाउनु प्रे. क्रि. चुठ्न लाउनु ।
13075 चुठुवा ना. चुठ्ने भाँडो, कोपरा ।
13076 चुडारो ना. ढुङ्गा फोर्ने, कुँद्ने वा ढुङ्गाका भाँडाकुँडा बनाउने लोहकर्मी, लोहार।
13077 चुडेल ना. १. दुरुस्त तरुनी आइमाईको स्वरूप कल्पना गरिएकी प्रेत नारी; किचकन्नी, पिशाचिनी ।
13078 चुडेल ना. २. साह्रै दुष्ट स्वभावकी आइमाई, कुरूप र घृणित स्त्री ।
13079 चुड्का ना. १. छोटो लयमा छिटछिटो गाइने र चाँडचाँडो विश्राम गरिने एक प्रकारको लोकगीत ।
13080 चुड्का ना. २. त्यसैको लय वा भाका |
13081 चुड्का ना. ३. चुट्का ।
13082 चुकिलो वि. हे. चुट्किलो ।
13083 चुड्की ना. हे. चुट्की ।
13084 चुड्के ना. १. पाउमा आठ मात्रादेखि लिएर बाह मात्रासम्म हुने एक खालको रोइला लोकगीत |
13085 चुड्के ना. वि. २. चुड्की बजाउने ।
13086 चुत ना. मल त्याग्ने अङ्ग, गुदद्वार, मलद्वार।
13087 चुतिया ना. १. तुच्छ, नीच, निकृष्ट |
13088 चुतिया ना. ना. २. गएगुज्रेको तुच्छ व्यक्ति ।
13089 चुतके / चुत्को ना. १. साह्रै लोभी, कन्जुस, चुइयाँ, मक्खी ।
13090 चुतके / चुत्को ना. २. धेरै नाफा खाने ।
13091 चुतके / चुत्को ना. (उदा. - नाफा खाने चुके / चुत्को साउँसमेत फुत्के / फुत्को । - उखान ) ।
13092 चुत्थिनु अ.क्रि. १. चुत्थो हुनु, सबैभन्दा पछि पर्नु ।
13093 चुत्थिनु अ.क्रि. २. अपमानित हुनु, होचिनु ।
13094 चुत्थो वि. १. सबैभन्दा पछि परेको, अरूभन्दा निम्न दर्जामा रहेको ।
13095 चुत्थो वि. २. काम नलाग्ने, बेकम्मा; रद्दी।
13096 चुथ्याइँ ना. चुत्थिने चाल, चुत्थोपन |
13097 चुथ्याइ ना. चुत्थिने भाव, क्रिया वा प्रक्रिया ।
13098 चुत्थ्याइनु क.क्रि. चुत्यो पारिनु ।
13099 चुत्थ्याउनु प्रे. क्रि. चुत्थो पार्नु, पछि पर्ने बनाउनु।
13100 चुत्याहा वि. १. नीच किसिमको आचार-विचार वा शील स्वभाव भएको ।