Dictionary

All Word

13101 चुत्याहा वि. ना. २. त्यस्तो व्यक्तिलाई गालीका रूपमा प्रयोग गरिने शब्द |
13102 चुत्रो ना. पातमा काँडा हुने, पहेंलो फूल फुल्ने, निलो रङको गुलियो फल हुने, एक प्रकारको काँडादार बोट, त्यसैको फल ।
13103 चुथ्रो ना. मसिना खालका पात हुने, रातीगेडीभन्दा सेख ठुला फल फल्ने र लेकमा पाइने एक जातको भुइँकार |
13104 चुन्नु स.क्रि. १. घोट, कलप आदि गरेका कपडालाई कुनै साधनद्वारा खुम्चा-खुम्चा पार्नु, मुजा पार्नु खाँच्नु ।
13105 चुन्नु स.क्रि. २. आफ्नो आत्माले रोजेको वस्तु वा व्यक्तिलाई मतपत्र खसालेर वा अन्य कुनै प्रक्रियाले छान्नु, रोज्नु ।
13106 चुन्नु स.क्रि. ३. टिप्नु ।
13107 चुन ना. १. पान, खैनी आदिमा हालेर खाइने सेतो वस्तु ।
13108 चुन ना. २. सिपी, ढुड्गा आदि पोलेर बनाइएको, घर पोत्ने काम लिइने सेतो धुलो ।
13109 चुनखानी ना. चुन बनाउने ढुङ्गा झिक्ने वा त्यस्ता ढुङ्गाहरू पाइने ठाउँ ।
13110 चुनढुड्गो ना. पोलेर चुन बनाइने ढुड्गो ।
13111 चुनपानी ना. चुन मिसिएको पानी, चुन्याहा पहरोबाट बग्ने पानी |
13112 चुनभट्टी ना. चुनढुङ्गा पोलेर चुन बनाउने भट्टी |
13113 चुनरा ना. हे. चुँदरी ।
13114 चुना ना. १. पान, खैनी आदिमा मिलाएर खाइने, ढुङ्गा, सिपी आदि पोलेर बनाइएको एक प्रकारको सेतो धुलो, सोही धुलो पानीमा यालिएको सेतो र बाक्लो तरल वस्तु ।
13115 चुना ना. २. शरीरको कुनै भाग वा कपड़ा खुम्चिएर रेखैरेखा वा गरैगरा परेको स्थिति ।
13116 चुना ना. ३. घरको गारो वा भित्तो पोत्न हुने सेतो धुलो, चुन ।
13117 चुनाइ ना. चुन्ने भाव, क्रिया वा प्रक्रिया |
13118 चुनाइनु क.क्रि. चुन्न लाइन, चुनिने पारिनु ।
13119 चुनाउ ना. १. जनमतद्वारा कुनै स्थान वा पदका निम्ति योग्य व्यक्ति छान्ने काम निर्वाचन ।
13120 चुनाउ ना. २. आफूलाई मन वस्तु छान्ने काम, चयन; चुनाव ।
13121 चुनाउनु प्रे. क्रि. चुन्न लगाउनु, चुनिने पार्नु ।
13122 चुनारो ना. काठ कुँदेर त्यसका भाँडा कुँडाहरू बनाउने काम गर्ने जाति, चँदारो, चनारो |
13123 चुनाव ना. चुनाउ; निर्वाचन |
13124 चुनिलो वि. चुनको जस्तो स्वाद भएको, चर्को, तिक्खर ।
13125 चुनी वि. चुनिएको, चुन्ने काम भएको ।
13126 चुनी उखु ना. हरियो डाँठ हुने विशेष प्रकारको रसदार उखु ।
13127 चुनीचुनाउ वि. घोट, कलप लगाएर चुनोट गरी तयार पारिएको, चुनीवरी ठिक बनाइएको ।
13128 चुने ढुड्गो ना. १. चुन बनाउने काममा आउने ढुङ्गो, चुनको अंश रहेको ढुड्गो ।
13129 चुने ढुड्गो ना. २. चुनजस्तो सेतो ढुड्गो ।
13130 चुनेरी ना. रातो, कलेजी र पहेंलो फूल फुल्ने एक "जातको बोट, सोही बोटको फूल ।
13131 चुनोट ना. १. आफ्नो अभिरुचिको विषय छान्ने काम छनोट |
13132 चुनोट ना. २. चुन्ने काम वा प्रक्रिया, निर्वाचन |
13133 चुनोट ना. १. घर, मन्दिर आदिमा चुन पोत्ने काम, चुना लगाउने काम ।
13134 चुनोट ना. २. चुनले पोतेको घर ।
13135 चुनौटो ना. चुन राख्ने भाँडो वा बट्टा ।
13136 चुनौती ना. कसैलाई कुनै विषयमा दिइने उत्तेजक आह्वान, हाँक; ललकार |
13137 चुन्याइ ना. चुना पार्ने क्रिया वा प्रक्रिया ।
13138 चुन्याइनु क.क्रि. चुना पारिनु, मुज्याइनु ।
13139 चुन्याउनु स.क्रि. चुना पर्ने काम गर्नु, मुजा पार्नु; मुज्याउनु, खुम्चा पार्नु।
13140 चुप ना. बोल्दै नबोली बस्ने स्थिति मौन धारण गर्ने क्रिया; मौन ।
13141 चुपचाप ना. १. केही पनि नबोलीकन रहने स्थिति, चापचुप ।
13142 चुपचाप ना. क्रि.वि. चालचुल केही नगरी मौनतासित; नबोलीकन ।
13143 चुपार ना. १. शिरमा तेल हालेर हत्केलाले थपथप ठोक्ने काम ।
13144 चुपार ना. २. जिउमा तेल घस्ने काम तेल लगाउने काम ।
13145 चुपार्नु स.क्रि. तालुमा तेल हालेर हत्केलाले ठोक्दै चुपचुप शब्द निकाल्नु, तालुमा तेल ठोक्नु ।
13146 चुपाराइ ना. चुपार्ने क्रिया वा प्रक्रिया ।
13147 चुपारिनु क.क्रि. चुपार्ने काम गरिनु ।
13148 चुपिचण्डाल वि. धुर्त, चम्बु, घट्ट, ज्यादै चलाख, चतुर, कपटी |
13149 चुपिचल्लो ना. १. कागको जस्तो रङ र बनोट परेको तर सानो आकारको एक चञ्चल पक्षी; चिबे ।
13150 चुपिचल्लो ना. वि. २. शरीरमा तेल लगाउँदा लचेप्रो बनेको, तेलले जिउ भिजेको, तेल बढी भएर च्यापच्याप भएको ।