Dictionary

All Word

13151 चुपी ना. १. कर्दका आकारको तर केही पातलिएर लामो हुँदै गएको धारिलो हतियार ।
13152 चुपी ना. २. काठ आदि काट्ने टुप्पाको पछिल्लो भाग नुहेको फलामे साधन ।
13153 चुप्प क्रि.वि. १. चुम्बन गर्दा शब्द आउने गरी ।
13154 चुप्प क्रि.वि. ना. २. म्वाइँ, चुप्पा ।
13155 चुप्रनु स.क्रि. बालकलाई शरीर लचेप्रो हुन्जेल तेल लगाउनु ।
13156 चुप्राइ ना. चुप्रने क्रिया वा प्रक्रिया |
13157 चुप्राइनु क.क्रि. चुप्रने पारिनु।
13158 चुप्राउनु प्रे. क्रि. चुप्रने पार्नु।
13159 चुप्रिनु अ.क्रि. चुप्रने हुनु, तेल लगाउने काम हुनु ।
13160 चुबुरचुबुर ना. / क्रि.वि. हे. चुभुरभुर ।
13161 बुर्के ना. पेटमा अकासे रङको भुवादार छाती हुने, सानो र ख्याउटे एक जातको चरो ।
13162 चुबुर्को ना. हे. चुभुर्को।
13163 चुभुरचुभुर ना. १. धेरै नदिई अल्प मात्रामा दिने कार्य, चुबुरचुबुर |
13164 चुभुरचुभुर ना. क्रि.वि. २. थोरथोरै मात्रामा अलि अलि छास्सछुस्स ।
13165 चुभुरचुभुर ना. ३. घरीघरी, बारम्बार ।
13166 चुभुर्किनु अ.क्रि. १. थोरैथोरै हुनु ।
13167 चुभुर्किनु अ.क्रि. २. धेरै भाँडामा थोरथोरै अन्न हालिएको हुनु ।
13168 चुभुर्को ना. १. दिँदा बाँड्दा वा राख्दाको अल्प मात्रा, चुबुक ।
13169 चुभुर्को ना. २. सबै भाँडा उपयोगी वस्तुहरूले भरिई, राख्ने अरू भाँडो नपाइनाले त्यसै उपेक्षित अल्प-उपयोगी वस्तु ।
13170 चुभुर्को ना. ३. फाल्न माया लागेकाले मात्र राखिएको तर फाले पनि हुने कुनै वस्तु ।
13171 चुभुर्को ना. ४. भाँडा पर्याप्त भएकाले छुट्टै राखिएको नभए मिसाएर राखे पनि हुने वस्तु ।
13172 चुभुर्क्याइ ना. चुभुर्किने वा चुभुर्कोको मात्रा दिने काम भइरहने क्रिया वा प्रक्रिया; थोरथोरै मात्रामा दिने कार्य ।
13173 भुर्क्याइनु क.क्रि. चुभुर्कोका रूपमा दिइनु वा राखिनु ।
13174 चुभुर्क्याउनु स.क्रि. / प्रे. क्रि. चुभुर्को पार्न लगाउनु, चुभुर्कोका रूपमा दिनु वा राख्नु ।
13175 चुम्नु स.क्रि. १. माया वा स्नेहले अरूका गाला, ओठ आदिमा चुम्बन गर्नु, म्वाइँ खानु, चुम्मा लिनु ।
13176 चुम्नु स.क्रि. २. स्पर्श गर्नु; छुनु ।
13177 चुम्नु स.क्रि. ३. आफूतिर खिच्ने गुण हुनु ।
13178 चुमजम्रो ना. हे. चमजुम्रो ।
13179 चुमना ना. मधेस र बिहारका केही जातिका चलनअनुसार तिनका विवाहमा केटातर्फकाले केटीतर्फकालाई दिनुपर्ने एक प्रकारको दस्तुर, पोल्टो, कनौती, चुमान, चुम्ना ।
13180 चुमाइ ना. चुम्ने भाव, क्रिया वा प्रक्रिया ।
13181 चुमाइनु क.क्रि. चुम्न लगाइनु, चुम्ने पारिनु ।
13182 चुमाउनु प्रे. क्रि. चुम्न लगाउनु, चुम्ने पार्नु ।
13183 चुमान ना. चुमना; पोल्टो; कनौती |
13184 चुमावन ना. हे. चुवान |
13185 चुमाहा वि. चुम्ने काम गर्ने, चुम्न चाहने ।
13186 चुमिनु क.क्रि. चुम्ने काम गरिनु, चुम्मा लिइनु ।
13187 चुमुर्किनु अ.क्रि. खुम्चिएर वा सुकेर चाउरी पर्नु, चाम्रो हुनु ।
13188 चुमुर्क्याइ ना. चुमुर्किने भाव, क्रिया वा प्रक्रिया |
13189 चुमुर्क्याइनु क.क्रि. चुमुर्किने पारिनु ।
13190 चुमुर्क्याउनु प्रे. क्रि. चुमुर्किने पार्नु ।
13191 चुमुर्क्याहट ना. चुमुर्किने किसिम, क्रिया वा अवस्था ।
13192 चुमुर्क्याहा वि. चुमुर्किने स्वभावको ।
13193 चुमुवा वि. चुम्ने काम गर्ने (व्यक्ति) ।
13194 चुम्किनु अ.क्रि. १. चुमुक्क पर्नु, चाउरी पर्नु ।
13195 चुम्किनु अ.क्रि. २. हतोत्साह हुनु, निरुत्साहित हुनु ।
13196 चुम्क्याइ ना. चुम्किने भाव, क्रिया वा प्रक्रिया।
13197 चुम्क्याइनु क.क्रि. चुमुक्क पारिनु ।
13198 चुम्क्याउनु प्रे. क्रि. चुमुक्क पार्नु ।
13199 चुम्क्याहट ना. चुमुक्क पर्ने किसिम, वा काम ।
13200 चुम्क्याहा वि. चुमुक्क पर्ने खालको ।