Dictionary

All Word

13201 चुम्बक ना. १. फलामलाई आफूतिर तान्ने आकर्षक तत्त्व विद्युत् शक्तियुक्त पदार्थ ।
13202 चुम्बक ना. २ अपरकान्तमणि ।
13203 चुम्बक ना. वि. ३. चुम्बन गर्ने, म्वाइँ खाने, चुम्बन लिने ।
13204 चुम्बक ना. ४. अनुरागी, प्रेमी ।
13205 चुम्बकीय वि. चुम्बकमा रहने, चुम्बकसम्बन्धी, चुम्बक प्रशस्त मात्रामा भएको ।
13206 चुम्बन/ चुम्बा ना. १. म्वाइँ खाने काम, चुम्बन गर्ने क्रिया ।
13207 चुम्बन/ चुम्बा ना. २. स्पर्श, छुवाइ ।
13208 चुम्बित वि. म्वाइँ खाइएको ।
13209 चुम्बी वि. म्वाइँ खाने (व्यक्ति)।
13210 चुम्मा ना. म्वाइँ, चुम्बन।
13211 चुमुक्क क्रि.वि. १. चाउरिएर साँगुरो भएसरि ।
13212 चुमुक्क क्रि.वि. २. शक्तिहीन भएर पराश्रयी बन्ने गरी।
13213 चुम्लुङ ना. १. कुनै विचार विमर्शका लागि बसेको सभा ।
13214 चुम्लुङ ना. २. विरोध-प्रदर्शन गरिएको जुलुस ।
13215 चुर वि. १. रिसले आकुल भएको, क्रोधले आगो भएको ।
13216 चुर वि. २. लट्ठ परेको, निस्लोट भएको ।
13217 चुर वि. ३. थकाइले साह्रै शिथिल, आलस्य वा निद्राले ग्रस्त ।
13218 चुर वि. ना. ४. कुटेर वा पिंधेर धुलोपिठो पारिएको वस्तु ।
13219 चुरचुर क्रि.वि. धुलोपिठो हुने गरी ।
13220 चुरचुर क्रि.वि. चराचुरुङ्गी आदि कराउँदाको आवाज निस्केर ; चिरचिर।
13221 चुरचुराइ ना. चुरचुर गर्ने क्रिया वा प्रक्रिया ।
13222 चुरचुराइनु ना. चुरचुर आवाज निकालिनु ।
13223 चुरचुराउनु / चुरचुरिनु अ.क्रि. चराचुरुङ्गी आदिको चुरचुर आवाज निक्लनु ।
13224 चुरमुर ना. १. क्रोध वा रिसको आवेग ।
13225 चुरमुर ना. २. झुर्रिएका वस्तु धुल्याउँदा आउने आवाज वा ध्वनि ।
13226 चुरमुर ना. ३. जुरमुर, जरकमर ।
13227 चुरमुर ना. वि. ४. त्रुद्ध, आकुल ।
13228 चुरमुरिनु अ.क्रि. चुरमुर हुनु वा पारिनु ।
13229 चुरमुऱ्याइ ना. चुरमुरिने भाव, क्रिया वा प्रक्रिया ।
13230 चुरमुऱ्याइनु क.क्रि. १. चुरमुरिने पारिनु ।
13231 चुरमुऱ्याइनु क.क्रि. २. कुरमुऱ्याइनु ।
13232 चुरमुऱ्याउनु स.क्रि. १. सुकेको वा झुरो वस्तु समाएर धुल्याउनु ।
13233 चुरमुऱ्याउनु स.क्रि. २. उम्कन नसक्ने गरी समाउनु वा कसेर बाँध्नु, कुरमुऱ्याउनु ।
13234 चुरमुऱ्याहट ना. चुरमुऱ्याइ ।
13235 चुरा ना. हे. चुरो ।
13236 चुराउटे ना. चुरौटे जाति ।
13237 चुराचुरी ना. १. सानाठुला चुराहरूको समूह ।
13238 चुराचुरी ना. २. चुरा र चुरासमानका अरू गहना ।
13239 चुरिँदो वि. १. नुनचर्को ।
13240 चुरिँदो वि. २. अत्यन्त रिस उठेको ।
13241 चुरिनु अ.क्रि. १. कुनै काम गर्नका निम्ति फुर्ती झिक्नु ।
13242 चुरिनु अ.क्रि. २. रिसले भित्रभित्रै जल्नु ।
13243 चुरिनु अ.क्रि. ३. सुरिनु ।
13244 चुइ ना. चुरिने भाव, क्रिया वा प्रक्रिया ।
13245 चुऱ्याइनु क.क्रि. चुरिने पारिनु ।
13246 चुऱ्याउनु प्रे. क्रि. चुरिने पार्नु ।
13247 चुऱ्याहट ना. चुरिने वा चुऱ्याउने क्रिया वा प्रक्रिया |
13248 चुऱ्याहा वि. चुरिने खालको ।
13249 चुरी ना. सानो चुरो चुरो ।
13250 चुरी ना. आँट, साहस (जस्तो- चुरी - फुरी) ।