Dictionary

All Word

13251 चुरीगाँठो ना. गोलीगाँठो, कुर्कुच्चादेखि माथिका दुइटा पाङ्ग्रा ।
13252 चुरीफुरी ना. १. फुर्तीफार्ती, ताउरमाउर ।
13253 चुरीफुरी ना. २. शक्ति, तागत ।
13254 चुरीफुरी ना. ३. फुस्रो धाक, बिनसित्तिको रवाफ |
13255 चुरुक्क क्रि.वि. १. चुम्रुक्क ।
13256 चुरुक्क क्रि.वि. २. तुरुक्क ।
13257 चुरुक्क क्रि.वि. ३. चरक्क ।
13258 चुरुम्फा ना. १. मास्तिरका मुन्टाको तरकारी खान हुने एक प्रकारको जङ्गली अलैँची ।
13259 चुरुम्फा ना. २. मुलायम ऊनबाट बनेको एक प्रकारको बाक्लो भुवादार ओढ्ने ।
13260 चुरुम्फा ना. ३. सगरमाथा अञ्चलको खोटाङ जिल्लामा रहेको एक प्रसिद्ध लेकाली डाँडो ।
13261 चुरे ना. महाभारत पर्वतशृङ्खला र भित्री मधेसभन्दा दक्षिणतिर र तराईको उत्तरतिर फैलिएको बालुवामय माटो सोहोरिइरहने होचा होचा पहाडहरूको एक शृङ्खला, शिवालिक, चुलाचुली |
13262 चुरे पहाड ना. चुरेको पर्वतशृङ्खला ( चुरे रेन्ज) |
13263 चुरो ना. १. धातु, काँच आदिबाट तयार गरिएको, विशेष गरी आइमाईहरूले नारीमा लगाउने, बाटुला आकारको गहना ।
13264 चुरो ना. २. काठभित्र रहेको गुभे भाग ।
13265 चुरो ना. ३. फुर्र फुकेको धुलो पदार्थ |
13266 चुरोट ना. पातलो कागतको ढुङ्ग्रोमा सुर्तीको धुलो भरी, बेरेर मिसिनले तयार गरिएको धूम्रपान गरिने वस्तु (सिगरेट) ।
13267 चुरौटी ना. नेपालका पश्चिमी पहाडहरूमा चुरा बेचेर जीविका गर्ने मुसलमान-जातिले बोल्ने भाषा; चुरौटे भाषा ।
13268 चुरौटे ना. चुरा बेचेर जीविका गर्ने नेपाली मुसलमान जाति ।
13269 चुरौटे ना. स्त्री. चुरौटिनी/चुरौटेनी ।
13270 चुरौटे भाषा ना. चुरौटेले बोल्ने भाषा, चुरौटी।
13271 चुर्के वि. १. झगडा गर्नका निम्ति निहुँ खोज्ने, बाझ्ने स्वभावको।
13272 चुर्के वि.
13273 चुर्के वि. २. छुस्क्याइँ गर्ने, छुकछुके, छुल्याहा ।
13274 चुर्को वि. १. निकै थोरै, अलिकति ।
13275 चुर्को वि. ना. २. चुबुक, अल्प मात्रा ।
13276 चुर्को वि. ३. सानोतिनो झगडा वा बाझो ।
13277 चुर्को वि. ४. छुकछुकेपन, छुस्क्याइँ ।
13278 चुर्क्याइँ /चुर्क्याहट ना. १. झगडालुपन, छुल्याहा चाल ।
13279 चुर्क्याइँ /चुर्क्याहट ना. २. छुस्केरो चाल वा बानी छुस्क्याइँ ।
13280 चुर्ना ना. १. पेटमा पर्ने, धागोजस्तो आकारको हुने, छोटा र साना, सेता किरा ।
13281 चुर्ना ना. २. ससाना केटाकेटी, भुराभुरी ।
13282 चुर्रिनु अ.क्रि. रिसले चुर हुनु, चुरिनु ।
13283 चुऱ्याइ ना. चुरिने भाव, क्रिया वा प्रक्रिया ।
13284 चुऱ्याइनु क.क्रि. चुरिने पारिनु ।
13285 चुऱ्याउनु प्रे. क्रि. चुरिने पार्नु ।
13286 चुऱ्याहट ना. चुरिने काम वा किसिम ।
13287 चुऱ्याहा वि. चुरिने खालको ।
13288 चुर्लुम ना. पानीमा पुरै डुब्ने कार्य ।
13289 चुर्लुम चुर्लुम क्रि.वि. पानीमा टुपीसम्म डुब्दै निस्कँदै गरिरहेर ।
13290 चुर्लुम्म क्रि.वि. १. एकैपल्ट पानीमा टुपीसमेत डुब्ने गरी ।
13291 चुर्लुम्म क्रि.वि. ना. २. त्यसरी डुब्दा निस्कने शब्द |
13292 चुलबुल ना. १. चञ्चल स्वभाव, छुकछुके चाला; चकचके बानी |
13293 चुलबुल ना. २. खेल्ने र बोल्ने काम ।
13294 चुलबुलाइ ना. चुलबुल गर्ने क्रिया वा प्रक्रिया ।
13295 चुलबुलाइनु क.क्रि. चुलबुल गरिनु ।
13296 चुलबुलाउनु अ.क्रि. १. चुलबुल गर्नु, चञ्चल बन्नु, छुकछुक गर्नु ।
13297 चुलबुलाउनु अ.क्रि. २. आनन्दले थैथै हुनु ।
13298 चुलबुलाहट ना. चुलबुल गर्ने काम, किसिम वा अवस्था; चुलबुली ।
13299 चुलबुली ना. चुलबुल गर्ने स्वभाव, चञ्चल प्रवृत्ति, चकचके चाला |
13300 चुलबुले वि. चुलबुल गर्ने स्वभावको; चञ्चले, चकचके ।