Dictionary

All Word

13301 चुलाचम्का ना. खानेकुरा पकाउनका निम्ति बनाइएका चुला र तिनै चुलाका चम्का ।
13302 चुलाचुली ना. १. महाभारत शृङ्खलाका पहाडहरूदेखि दक्खिनतिर रहेका होचा होचा पहाड एवं थुम्काहरूको समूह, चुरे पहाड ।
13303 चुलाचुली ना. २. सानाठुला चुलाहरूको समूह ।
13304 चुलिनु अ.क्रि. चुलोजस्तो थुम्किलो हुनु, चुच्चो परी अग्लो हुँदै जानु, झुसिनु ।
13305 चुली ना. १. चुलाको सानो रूप, सानो चुलो, चुली ।
13306 चुली ना. २. एकापट्टि चुच्चो परेको फल फल्ने एक जातको आरु ।
13307 चुली ना. १. पर्वतको चुच्चो परेर अग्लिएको शिखर, पहाडको टुप्पो, टाकुरो ।
13308 चुली ना. २ थुप्रो, रास ।
13309 चुलीगारा ना. दुईपाखे छानो हुने घरका चौडाइपट्टिको धुरीसम्म पुगेको गारो, चुलिएर गएको गारो ।
13310 चुलुक ना. हत्केलो खुम्च्याएर पानी अडिने बनाइएको खोचो, हत्केलाको खाल्टो चुल्लु ।
13311 चुलेंसी ना. चुत्राका भन्दा ठुला र प्याजी रङका गेडा फल्ने, ती खाँदा जिब्रोको वा निलो हुने एक जातको बुटो, त्यसैको फल।
13312 चुलेंसी ना. फेदबाट ठाडो हुँदै गएको र चराको जस्तो चुच्चो भएर निहुरिएको, ढाडपट्टिबाट तरकारी आदि काट्ने काममा प्रयोग गरिने, एक प्रकारको फलामे हतियार |
13313 चुलेंसी हाड़ ना. चुलेंसीजस्तो परेको टाउकाका बिचको माथिदेखि तलसम्मको हाड, मेरुदण्ड ।
13314 चुले वि . चुलोसित सम्बन्धित; एउटै चुलोमा पकाएको खाना खाने ।
13315 चुले निम्तो ना. चुलै निम्तो ।
13316 चुले पाथी ना. तामा, पित्तल, गिद्रो आदिद्वारा निर्मित, चुली पारेर धान, कोदो आदि अन्न भरिने पाथी ।
13317 चुलेत्रो ना. चुलो पोत्ने लुँडो पोतारीको लुँडो; चुल्हेत्रो |
13318 चुलेत्रो ना. भोर्लाका आकारका गाढा हरिया पात हुने, डॉक्लाभित्र फके गुबो हुने, गाईबस्तुले खाने, लेकाली डाले घाँस ।
13319 चुलै वि. चुलोसहितको एउटै चुलोमा खानेजतिको; चुले ।
13320 चुलै निम्तो ना. एउटा चुलामा पकाएर खानेजति सबै परिवारलाई गरिएको निम्तो, जहानैलाई गरिएको निम्तो |
13321 चुलो ना. १. खानेकुरा पकाउनका निम्ति आगो बाल्न र भाँडा बसाल्न बनाइएको ठाउँ चुल्हो ।
13322 चुलो ना. २. भान्साखण्ड |
13323 चुलोचम्को ना. चुलो र चुलाका निम्ति चाहिने चम्को, चुलो र त्यससँग सम्बन्धित अरू त्यस्तै वस्तुको समूह।
13324 चुल्ठाचुल्ठी ना. सानाठुला चुल्ठाहरूको समूह, चुल्ठा र अरू त्यस्तै वस्तुको समूह ।
13325 चुल्ठिनु अ.क्रि. चुल्ठी पर्नु, चुल्ठा हुनु ।
13326 चुल्ठी ना. १. तीन वा पाँच आँठा पारेर बाटेको चेप्टो डोरी वा स्त्रीजातिको केश ।
13327 चुल्ठी ना. २. चुल्ठाको सानो रूप सानो चुल्ठो ।
13328 चुल्ली भाटो ना. छानो छाइसकेपछि अन्तमा धुरी कस्न प्रयोग गरिने भाटो ।
13329 चुल्ठे वि. १. चुल्ठोजस्तो चुल्ठो भएको चुल्ठोवाला ।
13330 चुल्ठे वि. २. चुल्ठो जस्तै परी फेदतिर ठुलो र टुप्पातिर साँगुरिदै गएको, बाला लाग्ने, एक जातको बास्नादार मसिनो धान |
13331 चुल्ठे गाँठो ना. १. दाम्लामा दाम्लै गाँस्ताखेरि पारिने गाँठो |
13332 चुल्ठे गाँठो ना. २. चुल्ठो बाटिसकेपछि पारिने गाँठो |
13333 चुल्ठो ना. तीन आँठा वा पाँच आँठा पारेर बाटेको, आइमाईका केशराशिको लँडो, वेणी ।
13334 चुल्ठयाइ ना. चुल्ठो पार्ने कार्य ।
13335 चुल्ठ्याइनु क.क्रि. चुल्ठो पार्ने कार्य गरिनु ।
13336 चुल्ठ्याउनु स.क्रि. / प्रे. क्रि. चुल्ठो पार्नु वा पार्न लगाउनु ।
13337 चुल्ठ्याहट ना. चुल्ठ्याइ ।
13338 चुल्याइ ना. १. चुलिने क्रिया वा प्रक्रिया ।
13339 चुल्याइ ना. [चुल्याउ+आइ] २. चुल्याउने क्रिया वा प्रक्रिया |
13340 चुल्याइनु क.क्रि. चुली पारिनु, चुल्याउने काम गरिनु ।
13341 चुल्याउनु स.क्रि. चुली पार्नु, झुसी बनाउनु ।
13342 चुल्हेत्रो ना. चुलेत्रो ।
13343 चुल्हो ना. हे. चुलो ।
13344 चुवा ना. दुधिला र लाम्चा पात हुने, भेट्नातिर बढी पहेँलो र टुप्पातिर बढी सेतो रङको बास्नादार फूल फुल्ने तथा बाक्लो बोक्रो र झिनो काठ हुने, एक जातको बोट, त्यसैको फूल |
13345 चुवान ना. महाराजाधिराज वा युवराजका व्रतबन्धमा प्रजालाई लगाइने दर्शन भेटीस्वरूपको दस्तुर, चुमान ।
13346 चुस्नु स.क्रि. १. मुखले कुनै वस्तु च्यापेर रस निचोरी निल्नु ।
13347 चुस्नु स.क्रि. २. अनुचित किसिमले अर्काको शोषण गर्नु ।
13348 चुसचुस क्रि.वि. १. कुनै वस्तु थोरथोरै मात्रामा दिने वा लिने गरी ।
13349 चुसचुस क्रि.वि. २. घरीघरी, अलि-अलि गरेर ।
13350 चुसचुस क्रि.वि. ३. घोच्ने किसिम |