Dictionary

All Word

13351 चुसचुस क्रि.वि. ना. ४. चुभुरभुर ।
13352 चुसाइ ना. चुस्ने क्रिया वा प्रक्रिया ।
13353 चुसाइ क.क्रि. चुस्न लगाइनु ।
13354 चुसाउनु प्रे. क्रि. चुस्न लगाउनु, सोसाउनु ।
13355 चुसाहट ना. चुस्ने किसिम, क्रिया वा अवस्था, शोषण ।
13356 चुसाहा वि. जालझेल गरी अर्काको सम्पत्ति हत्त्याउने खालको, अर्कालाई बढी सताएर फाइदा उठाउने, शोषक।
13357 चुसिनु क.क्रि. चुस्ने काम गरिनु ।
13358 चुसुक्क क्रि.वि. १. चुच्चो परे झैं भएर ।
13359 चुसुक्क क्रि.वि. २. निनाउरो भएर अनुहार खुम्चिने गरी ।
13360 चुसुक्क क्रि.वि. ३. चोसो परेर ।
13361 चुसुक्क क्रि.वि. ४. घोच्ने, बिझाउने किसिम |
13362 चुसुवा वि. १. चुस्ने बानी भएको, शोषण गर्न सिपालु शोषक |
13363 चुसुवा वि. ना. २. त्यस्तो बानीबेहोरा भएको व्यक्ति।
13364 चुस्को ना. निकै थोरै परिमाण; पित्को ।
13365 चुस्ता ना. घुँडादेखि मुनिको भाग साँगुरो र माथिको भाग फुकेको सुरुवाल, घोडसवारीमा लगाइने सुरुवाल ।
13366 चुस्स क्रि.वि. चोसो निस्किए जसरी ।
13367 चुस्स क्रि.वि. २. घोच्ने, बिझ्ने किसिम ।
13368 चुहाइ ना. चुहुने किसिम वा क्रिया, चुवाइ |
13369 चुहाइनु क.क्रि. चुहने पारिनु ।
13370 चुहाउनी ना. चुहेको तरल पदार्थ वा पानी; तप्केनी ।
13371 चुहाउनु प्रे. क्रि. चुहुने पार्नु, चुहुने बनाउनु ।
13372 चुहान ना. १. चुहुने वा धारो लाग्ने ठाउँ, चुहेर झर्ने बाटो ।
13373 चुहान ना. २. चुहाएर झिकिएको तरल वस्तु ।
13374 चुहान ना. 3. चुहिएको पानी वा पानी चुहने प्रक्रिया |
13375 चुहावट ना. १. चुहुने किसिम वा क्रिया २. चुहेर क्रमशः सकिंदै जाने प्रक्रिया |
13376 चुहिनु अ.क्रि. चुहुने होइनु।
13377 चुहुनु अ.क्रि. कुनै तरल पदार्थ वा धुलो वस्तु प्वाल आदिबाट झर्नु रसाउनु, मुख्य ठाउँदेखि बाहेक अरू ठाउँ फुटेर निस्कनु ।
13378 चुहेत्रो वि. चुहुने खालको, चुहुने ।
13379 चूँ ना. हे. चुँ ।
13380 चूँ चूँ ना. हे चुँचुँ ।
13381 चूक ना. हे चुक |
13382 चूक ना. हे चुक, (चुक अमिलो ) ।
13383 चूचुक ना. आइमाईका दुधको मन्टो, स्तनको अग्रभाग ।
13384 चूडा ना. १. व्रतबन्धमा वटुको कपाल खौरँदा गरिने विशेष |
13385 चूडा ना. २. टुपी ।
13386 चूडा ना. ३. सिउर ।
13387 चूडा ना. ४. शिखर, चुली, टाकुरो ।
13388 चूडाकरण / कर्म ना. द्विज-जातिका कुमारको गर्भे केश काट्ने संस्कारविशेष, चौलकर्म; छेवर ।
13389 चूडामणि ना. १. शिरमा लगाइने मणिजडित विशेष प्रकारको आभूषण |
13390 चूडामणि ना. वि. २. शिरमा राखिने मणिसमान योग्य, अति उत्तम ।
13391 चूर वि. हे. चुर।
13392 चूर्ण ना. १. कुनै वस्तु कुटेर वा पिंधेर पारिएको धुलोपिठो ।
13393 चूर्ण ना. २. चुन; चुना।
13394 चूर्णक ना. १. सुगन्धित पदार्थ मिलाएर बनाइएको बास्नादार धुलो ।
13395 चूर्णक ना. २. समासबहुल र जटिल पदावलीको प्रयोग नभई साना र सरल शब्दहरूको प्रयोग भएको गद्यकाव्य ।
13396 चूर्णकुन्तल ना. मसिना केश भई घुँघुरिएको कपाल, अलक; जुल्पी।
13397 चूल ना. १. कपाल केश ।
13398 चूल ना. २. शिखा, टुपी ।
13399 चूल ना. ३. कुनै यन्त्र वा मिसिनका भित्रपट्टि घुम्ने चक्काका चुराको तल्लो र माथिल्लो तिखो टुप्पो ।
13400 चूलिका ना. १. श्वासनलीसँगै रहने स्थायी र राल आदि उत्पादन गर्ने अन्तःस्रावी ग्रन्थि ।