Dictionary

All Word

13401 चूलिका ना. २. नाटकमा नेपथ्य वा पर्दाभित्रको भागबाट सूचना गरिएको अंश, अर्थोपक्षेपकको एक भेद |
13402 चूलिकाग्रन्थि ना. राल आदि रसको उत्पादन गर्ने श्वासनलीकै दुईपट्टि रहने ग्रन्थि ।
13403 चूली ना. हे. चुली ।
13404 चूलो ना. हे. चुलो ।
13405 चेइ ना. कुकुर ( बालबोलीमा ) ।
13406 चेइचेइ ना. कुकुरलाई डाक्ता प्रयोग गरिने शब्द |
13407 चेक ना. १. कुनै व्यक्ति वा संस्थाले आफ्नो खाताबाट यति रकम दिनू भनी ब्याङ्कलाई लेखिदिने, ब्याङ्क स्वयम्ले प्रमाणित गरेको पत्र ।
13408 चेक ना. २. ब्याङ्कमा राखिएको आफ्नो रुपियाँपैसा झिक्नका निम्ति ब्याङ्कले नै प्रमाणित गरेर दिएको पत्र ।
13409 चेक ना. ३. चारखाने बुट्टा विभिन्न किसिमका पाटे बुट्टा ।
13410 चेक ना. ४. आकस्मिक किसिमको जाँच, छड्के जाँच ।
13411 चेक ना. ५. कुनै काम भयो वा भएन भनी पुनः राम्ररी विचार पुयाउने काम ।
13412 चेक ना. ६. जाँच ।
13413 चेक ना. ७. रुजु, भिडान |
13414 चेक पोस्ट ना. कुनै मुख्य ठाउँबाट आवतजावत गर्दा यात्री र उसका साथमा भएका चिजबिजको तलासी तथा सोधपुछका निम्ति राखिएको सरकारी चौकी ।
13415 चेक बुक ना. खातावालालाई ब्याकले प्रमाणित गरेर दिने पत्रहरूको पुस्तिका, ब्याङ्कबाट रुपियाँ झिक्न चाहिने प्रमाणित पत्रहरूको सङ्ग्रह |
13416 चेट ना. निम्न तहको कमारो; तल्लो दर्जाको दास, सानोतिनो कामका लागि रहेको नोकर ।
13417 चेटिका / चेटी ना. निम्न तहकी दासी ।
13418 चेत्नु अ.क्रि. १. कहिल्यै नबिर्सने किसिमको ज्ञान हुनु, कुनै किसिमका कामको राम्रोनराम्रो परिणाम थाहा हुनु ।
13419 चेत्नु अ.क्रि. २. वस्तु वा घटनाका सम्बन्धमा राम्रो ज्ञान हुनु ।
13420 चेत्नु अ.क्रि. 3. दुरीदुहाई हुनु, तोबा हुनु।
13421 चेत ना. १. प्राणीमा रहेको चेतनशक्ति, चैतन्य होस ।
13422 चेत ना. २. राम्रोनराम्रो छुट्ट्याउन सकिने र विषयवस्तुको गुण थाहा पाइने ज्ञान; बोध ।
13423 चेत ना. 3. पहिले अनुभव गरिएका कुरालाई पछि फेरि जस्ताको तस्तै प्रतिबिम्ब खिच्न सक्ने शक्ति, स्मरण, स्मृति ।
13424 चेत ना. ४. मन; चित्त; हृदय।
13425 चेतक वि. १. कुनै घटना वा विषयको पूर्वज्ञान गराउने, काम बिग्रनुभन्दा पहिले नै होसियार पार्ने, सचेतक ।
13426 चेतक वि. ना. २. महाराणा प्रतापको एक प्रसिद्ध घोडाको नाम ।
13427 चेतन ना. १. प्राणीमा रहने बुद्धितत्त्व वा चित्तत्त्व, चेतना, चैतन्य ।
13428 चेतन ना. २. चेत हुने प्राणी ।
13429 चेतन ना. ३. ईश्वर, परमात्मा ।
13430 चेतनशील वि. चेतनशक्ति वा ज्ञान सक्रिय र क्रियाशील रहेको; चेतना भएको ।
13431 चेतना ना. १. प्राणीमा रहने भित्री ज्ञान; चैतन्य; चेतन ।
13432 चेतना ना. २. सत्-असत् छुट्ट्याउन सक्ने बुद्धि, विवेक ।
13433 चेतना ना. ३. कुनै विषयका सम्बन्धमा रहने पूर्वज्ञान; होस ।
13434 चेतना ना. ४. जीवनशक्ति ।
13435 चेतनामय वि. चेतनाले युक्त, चेतना भएको, चैतन्यमय ।
13436 चेतबाबा वि.बो. १. ठक्कर वा हन्डर खाएर चेत्ने व्यक्तिको मुखबाट निस्कने ध्वनि ।
13437 चेतबाबा वि.बो. ना. २. हन्डर ठक्कर |
13438 चेतबाबा वि.बो. वि. ३. चेतेको; हन्डर खाएको ।
13439 चेतबाबा काशी वि.बो. चेतबाबा; हायलकायल ।
13440 चेताइ ना. चेत्ने किसिम वा क्रिया ।
13441 चेताइनु क.क्रि. चेत्ने पारिनु, चेन लाइनु ।
13442 चेताउनी ना. कुनै विषयमा पूर्वज्ञान दिने काम, सचेत वा होसियार गराउने कार्य, पूर्वजाउ, नसियत ।
13443 चेताउनु स.क्रि. कुनै कामकुराको दुष्परिणामबाट कसैलाई सचेत वा सावधान गराउनु, चेतावनी दिनु, चेत्ने बनाउनु ।
13444 चेतावनी ना. चेताउनी ।
13445 चेताहा वि. चेत्ने खालको, चेत पाइसकेको ।
13446 चेतिनु अ.क्रि. चेत्ने होइनु, चेतेको होइनु ।
13447 चेतुवा वि. १. चेत्ने खालको, चेत पाएको ।
13448 चेतुवा वि. २. अनुभवी ।
13449 चेन ना. धातुका ठोसाका मुन्द्राहरू जोडेर बनाइएको डोरी; जन्जिर, सिक्री, साङ्लो ।
13450 चेन्जफेन्ज ना. १. यताको उता र उताको यता पार्ने काम, हेरफेर, अदलीबदली, सारसुर, साटसुट परिवर्तन ।