Dictionary

All Word

13451 चेन्जफेन्ज ना. २. कर्मचारीहरूको स्थानान्तरण; पजनी; परपजनी ।
13452 चेप्नु स.क्रि. कुनै दुइटा वस्तुले बिचको वस्तुलाई दुईतिरबाट बेसरी दाब्नु, करेपमा पार्नु, बेसरी थिच्नु।
13453 चेप ना. १. दुई फग्ल्याँटा वा साहा वस्तुका बिचको ठाउँ, दुलो ।
13454 चेप ना. २. दुई बाहुपाशका बिचको भाग, काख ।
13455 चेप ना. ३. दुई डाँडाका बिचको ठाउँ खोल्सो, खुँज, खोच ।
13456 चेपा ना. १. पूर्वपुरुष, च्याप्ज्यू ।
13457 चेपा ना. २. भ्यागुताका फुलबाट भरखर निस्केका बच्चा ; चेपागाँडा ।
13458 चेपाइ ना. चेप्ने किसिम वा क्रिया ।
13459 चेपाइनु क.क्रि. चेप्ने पारिनु; चेप्न लगाइनु ।
13460 चेपाउनु प्रे. क्रि. चेप्न लगाउनु, चेप्ने पार्नु ।
13461 चेपागाँडा ना. १. खुट्टा नउम्रिएका भ्यागुताका बच्चा ।
13462 चेपागाँडा ना. २. भ्यागुताका चेपा (भर्खर फुल फुटेर निस्किएका ) र गाँडा ( अलिक हुर्किएका बच्चाहरू) ।
13463 चेपाङ ना. १. नेपालका तल्ला पहाडी भेकहरूमा आदिकालदेखि बस्तै आएका जनजातिहरूमध्ये एक जाति ।
13464 चेपाङ ना. २. भ्यागुतो जस्तै देखिने तर पुच्छर भएको कालो रङको घसेर हिँड्ने प्राणी, भानेमुङ्ग्रो जस्तै जन्तु ।
13465 चेपाङ्गी ना. १. चेपाङ जातिको, चेपाङसम्बन्धी |
13466 चेपाङ्गी ना. ना. २. चेपाङको भाषा ।
13467 चेपारे वि. १. चिप्लो घसेर आफू साखिलो हुने, लोलोपोतो पार्ने, बेसारे।
13468 चेपारे वि. २. नभएको कुरो पनि हो जस्तो पारेर साखुल्ले हुने वा झुटो प्रशंसा गर्ने, बेसारे, चिल्लोघसुवा ।
13469 चेपारे वि. ना. ३. चेपारो।
13470 चेपारे ना. धोक्रोजस्तो गुँड बनाएर बस्ने एक प्रकारको चरो; तोपचरो; धोक्रेचरो; दमाईंचरो; बगेडी |
13471 चेपारो ना. १. साँच्चै हो जस्तो पारी पेस गरिएको झुटो प्रशंसा; बेसारे वचन; चेप्य्राइँ चेपारेपन ।
13472 चेपारो ना. २. साह्रै साँघुरो ठाउँ ।
13473 चेपाहा वि. १. चेप्ने काम गर्ने; चेप्ने गुण भएको ।
13474 चेपाहा वि. ना. २. चेपेर तेल पेल्ने कोल; चेपुवा ।
13475 चेपिनु क.क्रि. चेपमा पर्नु, चेपाइमा पर्नु ।
13476 चेपिलो वि. चेप भएको; चेप हुने ।
13477 चेपुवा ना. १. चेपेर तेल पेल्ने कोल ।
13478 चेपुवा ना. २. त्यसरी तेल पेल्ने साधन ।
13479 चेपुवा ना. ३. गोरु, बोका, घोडा आदिलाई सुमर्दा आँड चेप्ने साधन ।
13480 चेपुवा ना. ४. यताउति गर्न वा बोल्न नसक्ने स्थिति।
13481 चेपुवा ना. ५. तीन इन्च जति लामो सानो टाउको र चेप्टो आकारको सेतो माछो ।
13482 चेपुवा ना. वि. ६. चेप्ने काम गर्ने ।
13483 चेपुवा कोल ना. चेपेर तेल पेल्ने कोल ।
13484 चेपे ना. गोरखा जिल्लाको दुधपोखरीबाट लमजुङ जिल्लाको रागिनासटार हुँदै मर्स्याङदी नदीमा मिल्ने एक नदी ।
13485 चेपो ना. दुई वस्तुका माझको खाली ठाउँ, चेप, अन्तरकुन्तर ।
13486 चेप्टा वि. चेप्टिएका, सतही ।
13487 चेप्टा पात्र ना. परिस्थितिअनुसार नबदलिने, कथा, उपन्यास आदिका पात्र यथास्थितिधर्मी पात्र ।
13488 चेप्टिनु ना. चेप्टो हुनु, चेप्टो पर्नु ।
13489 चेप्टी वि. १. चेप्टो आकारकी ।
13490 चेप्टी वि. २. नेप्टी |
13491 चेप्टी वि. ना. ३. कपाल तह लाउन प्रयोग गरिने चेपुवा काँटी, चेपुवा ।
13492 चेप्टी वि. ४. तामाको एक वा दुई पैसाको मुद्रा ढ्याकभन्दा सानो मुद्रा ।
13493 चेप्टी मकै ना. चेप्टा दाना लाग्ने एक किसिमको मकै ।
13494 चेप्टे वि. १. चेप्टो परेको, चेप्टो आकारको ।
13495 चेप्टे वि. २. नेप्टे, थेप्चे |
13496 चेप्टे वि. ना. ३. काठ, लुगा, भित्तो आदिका चेप चेपमा चेप्टिएर बस्ने र मौकामा मान्छेको रगत चुस्ने एक किरो, उडुस ।
13497 चेप्टे पाङ्ग्रो ना. ठुला रुख्मा झाँगिने लहरामा ठुला ठुला टाटाभित्र एकदेखि आठ- दशवटा गेडासम्म फल्न सक्ने चेप्टो र बाटुलो आकारको पाङ्ग्रो।
13498 चेप्टे मकै ना. चेप्टीमकै ।
13499 चेप्टे सिउँडी / स्युँडी ना. चेप्टो पाटा परेको र काँडैकाँडा हुने एक दुधिलो सिउँडी |
13500 चेप्टो वि. थेप्चो परेर अलिअलि फराकिएको; पातलो र सम्म परेको थिचिएर वा दबिएर नेप्टो परेको; च्याप्टो थ्याप्चो ।