Dictionary

All Word

13501 चेप्ट्याइ ना. १. चेप्टिने क्रिया वा प्रक्रिया ।
13502 चेप्ट्याइ ना. [ चेप्ट्याउ + आइ] २. चेप्ट्याउने क्रिया वा प्रक्रिया ।
13503 चेप्ट्याइनु क.क्रि. चेप्टो पारिनु; चेप्टिन लाइनु ।
13504 चेप्ट्याउनु प्रे. क्रि. चेप्टो पार्न, चेप्टिन लाउनु, थेप्च्याउनु ।
13505 चेप्ट्याहट ना. चेप्टिने भाव, क्रिया वा प्रक्रिया |
13506 चेप्रिनु अ.क्रि. चेप्रो हुनु, च्याप्प परेर सुक्नु ।
13507 चेप्रे वि. १. चेपारो पार्ने चेपारो घस्ने ।
13508 चेप्रे वि. २. चेप्रो आकारको ।
13509 चेप्रो वि. मुख चोसो पारी लाडे अभिनय गर्ने, चेपारे, चेप्रे ।
13510 चेप्य्राइँ ना. बिनसित्तिको लोलोपोतो, वृथा प्रशंसा।
13511 चेप्य्राइ ना. चेप्य्राउने भाव, क्रिया वा प्रक्रिया ।
13512 चेप्य्राइनु क.क्रि. चेप्रो पारिनु चेप्याउने काम गरिनु ।
13513 चेप्य्राउनु स.क्रि. / प्रे. क्रि. ओठ लेब्याउनु, चेप्रो पार्नु चेप्रो हुन लगाउनु ।
13514 चेप्य्राहट ना. चेप्रो बन्ने वा बनाउने क्रिया वा प्रक्रिया |
13515 चेप्य्राहा वि. १. चेप्रो बन्ने गुण भएको, चेप्रो हुने खालको ।
13516 चेप्य्राहा वि. २. चेप्य्राइ पार्ने ।
13517 चेभ्रिनु अ.क्रि. चेभ्रे हुनु, चेभ्राइ पार्ने हुनु ।
13518 चेभ्रे वि. १. लाडिएजस्तो गरेर अर्काको नचाहिँदो प्रशंसा गर्ने; चेभ्य्राइँ पार्ने ।
13519 चेभ्रे वि. २. अर्काको प्यारो हुन लुटपुटिने ।
13520 चेभ्रो वि. चेभ्रे, चेप्रो ।
13521 चेभ्य्राइँ ना. नचाहिंदो किसिमबाट अर्काको प्रशंसा गरेर आफू साखिलो बन्ने किसिम वा क्रिया ।
13522 चेला ना. १. चेलो; शिष्य ।
13523 चेला ना. २. छोरो ।
13524 चेलाचपेटा / चाटी ना. चेला र अरू चेलासमानका व्यक्तिहरूको समूह, शिष्यवर्ग ।
13525 चेलाचेली ना. १. चेला र चेलीहरूको समूह, चेला र अरू त्यस्तै व्यक्तिहरूको समूह ।
13526 चेलाचेली ना. २. छोराछोरी ।
13527 चेलियन - मानव ना. १. फ्रान्सको चेलेस नाम भएको ठाउँमा फेला परेको मानव ।
13528 चेलियन - मानव ना. २. चेलेसमा पाइएका मानवसित मिल्दा अरू जुनसुकै ठाउँका मानव ।
13529 चेली ना. १. छोरी ।
13530 चेली ना. २. शिष्या; छात्रा ।
13531 चेली ना. ३. दिदी बहिनी |
13532 चेली ना. ४. अह्राउपहाउ मान्ने आइमाई ।
13533 चेली ना. ५. फुपू वा फुपूकी छोरी ।
13534 चेली तिहार ना. माघे सग्राँती |
13535 चेली बेटी ना. १ छोरी र छोरीसमानका अरू स्त्री; छोरीचेली ।
13536 चेली बेटी ना. २. दिदीबहिनी र त्यस्तै अरू आइमाई ।
13537 चेली बेटी ना. ३. शिष्या र तिनै सरहका अरू नारी।
13538 चेलो ना. १. गुरुसँग पढ्ने वा शिक्षा लिने व्यक्ति; विद्यार्थी।
13539 चेलो ना. २. गुरुसँग गायत्री, दीक्षा आदि मन्त्र सुनेको शिष्य ।
13540 चेलो ना. ३. छोरो र छोरासरहको व्यक्ति ४. अनुयायी ।
13541 चेवा ना. १. गुप्त किसिमबाट लिइने खबर, चियो, गुप्त निरीक्षण ।
13542 चेवा ना. २. गुप्ततवरले खबर लिने व्यक्ति; गुप्तचर, जासुस ।
13543 चेवाचर्चा ना. नचाहिंदो कुराको वास्ता वा चर्चा, अनावश्यक कुराको चासो |
13544 चेष्टा ना. १. मनको भाव वा विचार प्रकट गर्न गरिएको सङ्केत; मानसिक सङ्केत प्रकट गर्ने बोलाइचलाइ एवं कामगराइको चालढाल, शारीरिक भावभङ्गी ।
13545 चेष्टा ना. २. कोसिस प्रयत्न ।
13546 चेष्टा ना. ३. इच्छा, कामना ।
13547 चेष्टा ना. ४. हिंडाइ - बोलाइ ।
13548 चेहरा ना. मुखको आकृति, घाँटीदेखि माथि र कपालदेखि तलतिरको भाग, मुखमण्डल, अनुहार ।
13549 चैँ निपा १. चाहिँ ।
13550 चैँ निपा २. कुरा गर्दा अप्रत्याशित रूपबाट उच्चरित हुने एक थेगो, चाइँ, चायने, चाइन्जो ।