Dictionary

All Word

13551 चैँसो ना. मास आदि दलेर फग्लेंटाजति एकातिर छुट्ट्याइएको मसिनो धुलो, दालको धुलो ।
13552 चैत ना. चित्रा नक्षत्रले युक्त पूर्णिमामा चन्द्रमा रहने महिना फागुनपछिको महिना; वर्षको अन्तिम महिना; चैत्र; चइत ।
13553 चैत २ ना. नेपालको पश्चिमाञ्चलको डोटी जिल्ला र यसका आसपासमा प्रचलित ऐतिहासिक, पौराणिक र धार्मिक चरित्रका गाथामा आधारित लोककाव्य ( राम शाहीको चैत, लाल द्यौवाको चैत, कृष्णजीको चैत, सीताजीको चैत इ.) ।
13554 चैतन्य ना. १. प्राणीमा रहेको विचार, विवेक वा छ्यान-विचारको शक्ति; चित्शक्ति; चेतना; चेतन ।
13555 चैतन्य ना. २. चेतनशील प्राणी ।
13556 चैती ना. पश्चिमभाग विशेषतः डोल्पा जिल्लाका एकथरी मगर जातिले प्रत्येक वर्ष दुईदुई घरको पालोसान्तीका हिसाबले हिउँदका दिनमा एक महिनासम्म मनाउने चाड ।
13557 चैते वि. १. चैत महिनामा हुने चैतसम्बन्धी ।
13558 चैते वि. २. चैतमा दुब्लाएर हरिटट्टु हुने (बाँदर) ।
13559 चैते वि. ना. ३. घोडेजात्राका पर्वमा गाइने विशेष प्रकारको लोकगीत र त्यसको लय ।
13560 चैते काङ्ग्रेस वि. १. पछि प्रवेश गरेर रजगज गर्न खोज्ने प्रवृत्तिको मान्छे ।
13561 चैते काङ्ग्रेस वि. २. अवसरवादी प्रवृत्तिको काङ्ग्रेस |
13562 चैते चरो ना. प्रायः चैत महिनामा देखापर्ने र बोल्ने वा कराउने एक जातको चरो ।
13563 चैतेती ना. १. दमाई, कामी आदि कामदारहरूलाई साउनेतीसम्मका लागि गरिने थमौती ।
13564 चैतेती ना. २. त्यस्तै थमौती गर्दा दिइने वस्तु वा दस्तुर ।
13565 चैते दसैँ ना. रामनवमीको भोलिपल्टको चैत्रशुक्ल दशमीको तिथि वा उक्त तिथिमा मनाइने उत्सव |
13566 चैते पानी ना. १. छोरीको विवाह भएका वर्षमा पर्ने चैत महिनामा विवाहित छोरीले र छोरीका बाबुले एकै घाट वा पँधेराको पानी नखाने प्रथा ।
13567 चैते पानी ना. २. उक्त किसिमले बारिने पानी |
13568 चैते फुल ना. चैतमा फुल्ने टाँकीका जातको फूल, कोइरालो ।
13569 चैते बाँदर / वानर ना. १. चैत्र महिनामा वसन्तको प्रभावले गर्दा कामुक भएको बाँदर ।
13570 चैते बाँदर / वानर ना. २. उक्त कामुकताले गर्दा धेरै परिश्रम परी चैत्रको अन्त्यमा दुब्लाएको बाँदर |
13571 चैते बाँदर / वानर ना. वि. ३. मरन्च्यासे, साह्रै दुब्लो ।
13572 चैते बाँदर / वानर ना. ४. कामुक ।
13573 चैत्य ना. १. बौद्ध धर्मको स्तूप ।
13574 चैत्य ना. २. चौतारो पाटी|
13575 चैत्र ना. वर्षको बाह्रौं महिना, वर्षको अन्तिम मास; चइत; चैत ।
13576 चैत्ररथ ना. कुबेरको बगैंचा।
13577 चैत्र ना. चैत्रशुक्ल पूर्णिमा, चैते पुर्ने ।
13578 चैन ना. १. मन प्रफुल्लित रहने स्थिति आनन्द, सुख ।
13579 चैन ना. २. सुखभोग, भोगविलास, मोजमज्जा ।
13580 चोंगा ना. सेर्वानीजस्तो एक प्रकारको लामो कोट; चुड़गा।
13581 चोइटा ना. हे. चोइटो |
13582 चोइटाचोइटी ना. काठ काट्ता टुक्रिएर निस्किएका सानाठुला चोइटाहरूको समूह, टुक्राटाक्री |
13583 चोइटिनु अ.क्रि. चोइटो निस्कनु, टुक्रो हुनु ।
13584 चोइटो ना. ठुलो वा मूल वस्तु टुक्रिएर वा फुटेर निस्केको सानो रूप; टुक्रो, शकल ।
13585 चोइट्याइ ना. चोइटिने किसिम वा क्रिया ।
13586 चोइट्याइनु क.क्रि. चोइटिने पारिनु ।
13587 चोइट्याउनु प्रे. क्रि. चोइटो पार्नु; ठुलो वस्तुबाट सानो टुक्रो छुट्टयाउनु, टुक्रयाउनु ।
13588 चोलाचोइली ना. सानाठुला चोइलाहरूको समूह ।
13589 चोइलिनु अ.क्रि. चोइली पर्नु, चोइलो निस्कनु ।
13590 चोइली ना. चोइलाको सानो रूप, सानो चोइलो ।
13591 चोइलो ना. १. भाँडाबाट पनिउँले कपेर झिकिएको भात, ढिंडो आदिको पातलो र सानो अंश ।
13592 चोइलो ना. २. ठुलो चपरो; ढेलो।
13593 चोइल्याइ ना. चोइलिने वा चोइली पर्ने क्रिया वा प्रक्रिया |
13594 चोइल्याइनु क.क्रि. चोइलो पारिनु वा चोइल्याउने काम गरिनु ।
13595 चोइल्याउनु स.क्रि. / प्रे. क्रि. चोइलो झिक्नु, चोइली पार्नु ।
13596 चोक ना. १. चारैतिर घरले घेरिएको र बिचमा पक्का गरी बनाइएको चारकुने जमिन वा आँगन, चौक।
13597 चोक ना. २. बजारको बिचमा रहेको त्यस्तो जमिन चौबाटोको बजार ।
13598 चोक ना. ३. लेकमा वा औलामा वर्षा र हिउँदमा लगेर गोठ राख्न तोकिएको ठाउँ ।
13599 चोक ना. ४. चौमुहानी ।
13600 चोकर ना. गहुँ, मकै आदि पिद्वाखेरि नपिँधिने बाहिरी पातलो र चिल्लो भाग; बोक्रो ।