Dictionary

All Word

1451 कर्दम ना. १. हिलो।
1452 कर्दम ना. २. मयल कसर।
1453 कर्दम ना. ३. स्वयम्भू मन्वन्तरका एक प्रसिद्ध प्रजापति।
1454 कर्नाल ना. नर्सिङ्गा झैं नघुमेको तर आकारप्रकारमा उत्तिकै वा अझ धेरै ठुलो, फुक्ने ठाउँमा झिनो अनि बज्ने ठाउँमा लाउडस्पिकरको ढ्वाङ्झैं फुकेको मुख हुने बिचमा भाँच्न मिल्ने एक धात्विक बाजा, भ्वाँकुरु।
1455 कर्नाली ना. पश्चिम नेपालको प्रसिद्ध र ठुलो नदी, कर्णाली (भारतभूमिमा पुगेपछि यो घाघरा र सरयूको नामले प्रसिद्ध हुन्छ)।
1456 कर्नाली अञ्चल ना. यस नामको अञ्चल कर्णाली अञ्चल |
1457 कर्नास ना. फुसको वा जस्ताको छानो अड्याउन घरको माथिल्लो भागमा केही बाहिर झिकिएको काठको डन्डी, बतासी।
1458 कर्नासी ना. कर्नास।
1459 कर्नी ना. १. हे. करणी; करनी।
1460 कर्नी ना. २. बाँस खुर्कने खर्पो; पसनी।
1461 कर्पन ना. न्यायालयमा तिरिने एक प्रकारको पुरानो दस्तुर।
1462 कर्पर ना. घिउतेलमा रोटी पकाउन आगामा बसालिने ठुलो बाटा, कराही।
1463 कर्पर ना. २. खप्पर, कपाल।
1464 कर्पर ना. ३. दही राख्ने माटाको आरी, कहतारो।
1465 कर्पोरेसन ना. कुनै उद्देश्यको पूर्तिका लागि साझेदारी वा अर्धसरकारी संस्थाका रूपमा सञ्चालित सङ्गठन, निगम, संस्थान।
1466 कर्फ्यू ना. सामूहिक रूपमा हिँड्न, जुलुस, नारा लगाउन र सभाबैठक आदि गर्न सरकारका तर्फबाट गरिने निषेधाज्ञा; जहाँ पुगिएको छ त्यहीँ टक्क रोकिई हिँड्न नपाइने स्थिति।
1467 कर्म ना. १. काम, कार्य।
1468 कर्म ना. २. भाग्य, तकदिर, प्रारब्ध।
1469 कर्म ना. ३. वैदिक वा लौकिक संस्कार, व्रतबन्ध, विवाह आदि संस्कार।
1470 कर्म ना. ४. व्याकरणमा कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरणमध्ये दोस्रो कारक; प्रायः द्वितीया विभक्तिद्वारा प्रतिनिधित्व गरिने कारक, कर्मकारक।
1471 कर्म ना. ५. अङ्गुल वा मात्राको छ गुना बराबरको नापो; करपाद, अङ्ग वा रस बराबरको परिमाण; छ अड्गुल |
1472 कर्मकर ना. १. नोकर, दास, कमारो, टहलुवा।
1473 कर्मकर ना. २. मजदुर, श्रमजीवी।
1474 कर्मकार ना. १. फलाम, सुन, आदिको काम गर्ने कालिगढ।
1475 कर्मकार ना. २. दास, करिया।
1476 कर्मकाण्ड ना. १. गृहस्थीले गर्नुपर्ने नित्य, नैमित्तिक र वैदिक तथा लौकिक कर्मसमूह।
1477 कर्मकाण्ड ना. २. षोडशसंस्कारको विधिविधान उल्लेख भएको हिन्दूशास्त्र, विवाह, व्रतबन्ध।
1478 कर्मकाण्ड ना. ३. जन्ममृत्यु आदि कर्मको विवेचन गरिएको वेदको एक खण्ड वा भाग।
1479 कर्मकाण्डी वि. कर्मकाण्ड गर्ने वा गराउने (व्यक्ति)।
1480 कर्मक्षेत्र ना. १. काम गर्ने ठाउँ, कार्यक्षेत्र; कर्मभूमि।
1481 कर्मक्षेत्र ना. २. संसार।
1482 कर्मचण्डाल वि. १. चण्डालको जस्तो नीच आचरण गर्ने, कर्मद्वारा चण्डालजस्तो भएको।
1483 कर्मचण्डाल वि. ना. २. खराब काम गर्ने व्यक्ति, माथिल्लो जात वा संस्कारमा जन्मेर पनि शूद्रवत् आचरण गर्ने नीच व्यक्ति।
1484 कर्मचाण्डाल ना. कर्मचण्डाल |
1485 कर्मचारी वि. १. अह्राएखटाएको काम गर्ने (व्यक्ति); कर्मिष्ठ।
1486 कर्मचारी वि. ना. २. सरकारी ओहदामा रहेको व्यक्ति; तलब खाएर काम गर्ने व्यक्ति कामदार, कारिन्दा |
1487 कर्मचारीतन्त्र ना. कर्मचारीहरूबाट सञ्चालित शासनप्रणाली; नोकरशाही तन्त्र।
1488 कर्मचारी प्रशासन ना. आफ्ना मातहतका कर्मचारीहरूको सरुवाबढुवा र निवृत्ति आदिका व्यवस्थाको रेखदेखका साथै त्यस्तो काम गर्ने प्रणाली।
1489 कर्मचारी प्रशासन शाखा ना. कर्मचारीको नियुक्ति वा कार्यसम्बन्धी व्यवस्था, विवरण आदि राख्ने, हेर्ने सरकारी वा गैरसरकारी निकाय।
1490 कर्मचारी वृन्द ना. कर्मचारीहरूको समूह।
1491 कर्मठ वि. १. कुनै पनि काम दत्तचित्त भएर गर्ने, सधैंभरि ज्यान दिएर काममा लागिरहने, सक्रिय।
1492 कर्मठ वि. २. खट्न, काम गर्नमा सिपालु वा पोख्त, कार्यकुशल।
1493 कर्मणा क्रि.वि. कामअनुसार, कामले।
1494 कर्मणा क्रि.वि. (उदा.- मनसा, वाचा, कर्मणा सबैको हित चिताउनु हाम्रो कर्तव्य हो। )।
1495 कर्मण्य वि. राम्रो र असल काममा दिलोज्यान दिएर खट्ने, कर्मनिष्ठ।
1496 कर्मण्यता कर्मण्य हुनुको भाव, कार्यतत्परता।
1497 कर्मधारय ना. विशेषण र विशेष्यको समास भई प्रायः उत्तरपदको अर्थ प्रधान हुने एक समास ( भलादमी, लालमोहर आदि।)।
1498 कर्मनिष्ठ वि. १. कुनै पनि काममा आत्मविश्वासका साथ लगनशील भई लाग्ने वा खट्ने कर्मठ।
1499 कर्मनिष्ठ वि. २. नियमबमोजिम धार्मिक अनुष्ठान गर्ने, कर्मकाण्डी।
1500 कर्मपात्र ना. पूजाआजा, यज्ञ, होम आदि धार्मिक कार्यमा सङ्कल्प, विनियोग आदिका लागि मन्त्रपूर्वक कुश, जौ, तिल, अक्षता, जल, फूल आदि मिलाएर राखिएको भाँडो (तमौरा, अर्घ दुना कचौरा आदि |); तिलानी