Dictionary

All Word

1401 कर्णफूल ना. आइमाईले कानको कोपिलामा लगाउने ल्वाङ जस्तै आकारको प्रायः सुनबाट बनेको गहना, कानमा पहिरिने फुली।
1402 कर्णफूल ना. कर्णभूषण- ना. प्रायः नारी जातिले शृङ्गारका लागि कानमा लगाउने गहना (ढुङ्ग्री, टप, मुन्द्री आदि)।
1403 कर्णवेध ना. गर्भाधानदेखि लिएर विवाहपर्यन्त गरिने षोडश संस्कारमध्ये कान छेड्ने वैदिक वा तान्त्रिक कर्म।
1404 कर्णशूल ना. १. कान दुख्ने रोग, कानको शूल, कर्णपीडा।
1405 कर्णशूल ना. २. कानको जरामा आउने एक किसिमको खटिरा, काने खटिरो।
1406 कर्णाली ना. १. पश्चिम नेपालको प्रसिद्ध र ठुलो नदी, कर्नाली।
1407 कर्णाली ना. २. सोही नदीका नाममा नामकरण गरिएको अञ्चल कर्णाली अञ्चल।
1408 कर्णिका ना. १. कमलको बिचमा रहने ग्रन्थि वा गाँठो, कमलगट्टा।
1409 कर्णिका ना. २. कर्णफूल।
1410 कर्णिका ना. ३. माझी औंलो।
1411 कर्णिकार ना. ल्वाङका आकारको बास्नादार फूल फुल्ने सानो रुख, कनकचम्पा, काँढे चाँप।
1412 कर्णेजप वि. १. खोजी खोजी अर्काको चुक्ली लाएर हिँड्ने, मन्त्र जपे जस्तै अरूले नसुन्ने गरी कसैको नराम्रो कुरा अर्काको कानमा सुटुक्क भन्ने छुल्याहा।
1413 कर्णेजप वि. ना. २. चुक्ली लगाई हिँड्ने व्यक्ति।
1414 कर्णेल ना. मेजरभन्दा माथिल्लो तहको पल्टनिया एक दर्जा; प्रमुख महासेनानी।
1415 कर्तन ना. छुरी, चुलेंसी आदिले काट्ने वा खोल्स्याउने काम, तह मिलाएर केश, नीलकाँडा आदि छाँट्ने काम।
1416 कर्तनी ना. चोर औँलो र बुढी औँलो प्वालभित्र पसालेर अँठ्याउँदा धातु आदिका दुई फग्ल्याँटाको धार जोडिई कपडा, केश काट्न वा छाँट्न मिल्ने, बिचमा सानो चुकुल भएको हतियार, कैंची, कर्तनु।
1417 कर्तनी ना. २. चक्कु, छुरा।
1418 कर्तरी ना. हे. कर्तनी।
1419 कर्तव्य ना. १. कुलपरम्परा, नीतिनियम तथा सामाजिक आवश्यकतानुसार गर्नुपर्ने वा अँगालिने काम गर्न लायक राम्रो आचरण वा क्रियाकलाप।
1420 कर्तव्य ना. २. नैतिकताविरुद्ध हुने काम नजाती आचरण, टुना, मोहनी, विषप्रयोग र प्रहार आदिबाट कुनै व्यक्तिको ज्यान लिने दुस्साहस, कालो कर्तु।
1421 कर्तव्य ना. (उदा.- काकालाई कर्तव्य गरी मारेको अभियोगमा समरबहादुर पक्राउमा परेको छ।)।
1422 कर्तव्यपरायण वि. कर्तव्यअनुकूल आचरण गर्ने; कर्तव्यनिष्ठ, धर्मपरायण।
1423 कर्तव्यपालन ना. कर्तव्यअनुसारको व्यवहार गर्न लायक आचरण वा उचित व्यवहारको पालना।
1424 कर्तव्यले मरेको वि. आफ्नै कालगतिले मरेको नभई अरूकै बदमासी, प्रहार वा विषप्रयोग आदिबाट मरेको, कुनियतबाट ज्यान गएको।
1425 कर्तव्यले मरेको वि. कर्तव्याकर्तव्य - ना. सामाजिक-धार्मिक नीति-नियमबमोजिम गर्न हुने र गर्न नहुने काम उचित र अनुचित आचरण।
1426 कर्ता वि. १. गर्ने।
1427 कर्ता वि. २. बनाउने; रचना गर्ने।
1428 कर्ता वि. ना. ३. कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण कारकमध्ये पहिलो कारक; क्रियाव्यापारको प्रमुख सञ्चालक, प्रायः प्रथमा विभक्तिद्वारा प्रतिनिधित्व गरिने कारक, कर्तृकारक।
1429 कर्ता वि. ४. ब्रह्मा।
1430 कर्ता वि. ५. ईश्वर।
1431 कर्ता वि. ६. मरेका जन्तुको पोलिएको छाला (प. ने.)।
1432 कर्ताधर्ता १. कुनै कामकुरामा बढी खट्ने वा प्रमुख रूपमा रहेको व्यक्ति, परिवार, संस्था, विशेष कार्य आदिको मूली व्यक्ति, सर्वेसर्वा।
1433 कर्ताधर्ता वि. २. कुनै कामकुरो गर्ने वा गर्न सक्ने अधिकार पाएको, हर्ताकर्ता।
1434 कर्तार वि. १. गर्ने; कर्ता।
1435 कर्तार वि. ना. २. ईश्वर।
1436 कर्तु वि. काम गर्ने।
1437 कर्तु वि. ना. २. कर्ता (ईश्वर, ब्रह्मा, शिव, विष्णु, भाग्य इ.)।
1438 कर्तु वि. (उदा.- उनी मानिसको सुखका निम्ति कार्य र कर्तु मिल्नुपर्छ भन्ने विश्वास राख्छन्।)।
1439 कर्तुत ना. १. योजनाबद्ध तरिकाबाट गरिएको नराम्रो कार्य, षड्यन्त्र, कर्तव्य।
1440 कर्तुत ना. (उदा.- विनाकर्तुत श्याम मरेको होइन भनी डाक्टरहरूले पुलिससमक्ष विवरण पेस गरे। ) २. नराम्रो ढङ्गको काम, बसउठ, बोलीचाली, व्यवहार, चालामाला आदि।
1441 कर्तुत ना. (उदा.- उसको कर्तुत देखेर मलाई दिक्क लागिसक्यो।)।
1442 कर्तृक वि. कुनै नामको पछि समस्त रूपमा रहेर 'बनाएको' भन्ने अर्थ बुझाउने एक उत्तरपद ( ईश्वरकर्तृक, भानुभक्तकर्तृक, स्वकर्तृक इ.)।
1443 कर्तृत्व ना. १. कुनै कार्य गर्ने वा गर्न सक्ने सामर्थ्य, कर्ताको भाव वा धर्म।
1444 कर्तृत्व ना. २. व्याकरणअनुसार कर्ताकारक रहेको स्थिति।
1445 कर्तृवर्ग ना. कार्यकर्ता वा कर्मचारीहरूको समूह।
1446 कर्तृवाचक वि. व्याकरणमा कर्तालाई बुझाउने वा जनाउने (पद वा क्रिया)।
1447 कर्तृवाच्य ना. व्याकरणको नियमअनुसार क्रियाव्यापारले प्रत्यक्ष रूपमा कर्तापदलाई सङ्केत गर्ने वाच्य।
1448 कर्तृवाच्य ना. (जस्तो- राम पुस्तक पढ्छ' यो कर्तृवाच्य हो)।
1449 कर्द ना. चक्कुजस्तो नमोडिने सानो हतियार, चक्कुका आकारको सानो हतियार।
1450 कर्द ना. (खुकुरीभन्दा कर्द लाग्ने, बाबुभन्दा छोरो जान्ने। उखान।)।