Dictionary

All Word

13601 चोके ना. १. ठुलो घोचो वा किलामा सानो हाँगो निस्केर कुनै वस्तु झुन्ड्याउने वा त्यसमाथि बलो राख्न हुने वस्तु कापो ।
13602 चोके ना. २. समान महत्त्वका दुई कुरा एकैचोटि आइपर्नु वा दुवै प्रथम कर्तव्यका रूपमा देखापर्नु सुँगे ।
13603 चोके ना. वि. 3. कापो भएको (घोचो आदि) ।
13604 चोके काठ ना. चोके भएको वा कापो परेको काठ |
13605 चोके ब्याज ना. ज्यादै अप्ठेरो स्थितिमा परेका व्यक्तिसित चौको वा चार दोबर पारेर लिइने ब्याज |
13606 चोक्टा ना. हे. चौटो |
13607 चोक्टाचाटी / चोक्टी ना. सानाठुला चोक्टाको समूह, चोक्टा र अरू त्यस्तै टुक्राटाक्री ।
13608 चोक्टालाम्टा ना. कुनै वस्तुका डल्ला र लाम्चा परेका टुक्रा, मासुका छोटा र लामा टुक्रा ।
13609 चोक्टो ना. १. चारैतिरको आकारप्रकार बराबर हुने गरी पारिएको टुक्रो, चौटो ।
13610 चोक्टो ना. २. खेत वा बारीको सानो गहो ।
13611 चोक्टो ना. ३. राडी, गुन्द्री आदिको चारैतिर मिलेको टुक्रो; चकटी ।
13612 चोक्रा ना. १. रस एकदमै कम भएको वा रस ननिस्कने वस्तु ।
13613 चोक्रा ना. २. फाटेका दुधको पानीबाट छुट्टिएको अंश छोक्रा ।
13614 चोक्रा ना. ३. राम्ररी नजमेको दही वा मही पार्दा नफिटिने ढिका ।
13615 चोक्रा ना. ४. गहुँको भुस चोकर |
13616 चोक्रिनु अ.क्रि. १. चोक्रा पर्नु ।
13617 चोक्रिनु अ.क्रि. २. चोकरमा परिणत हुनु ।
13618 चोक्रिनु अ.क्रि. ३. दुब्लाउनु ।
13619 चोक्रिलो वि. १. धेरै चोक्रा भएको, फाटेर पानी र छोक्रा छुट्टिने खालको ।
13620 चोक्रिलो वि. २. धेरै दुध नआउने (गाईभैंसी)।
13621 चोक्रिलो वि. ३. सुकेको ।
13622 चोक्रिलो वि. ४. दुब्लो ।
13623 चोक्रे वि. धेरै दुध नदिने, चोक्रिलो परेको, चोक्रयाइलो ।
13624 चोक्र्याइलो वि. चोक्रो होलाजस्तो ; चोक्रिलो।
13625 चोखा ना. १. कसैले मिठो चोखो खाएको देखेर लोभिई अर्को व्यक्तिले लाएको कुदृष्टि, चोखे, नजर ।
13626 चोखा ना. २. उक्त कुदृष्टिबाट हुन जाने तथाकथित बिगार |
13627 चोखा ना. १. उसिनेको आलुमा अमिलो, पिरो आदि हालेर साँधिएको वस्तु अचार, चटनी, चाट।
13628 चोखा ना. २. चोखेन ।
13629 चोखिनु अ.क्रि. १ चोखो हुनु, अशुद्ध अवस्थाबाट पवित्र हुनु ।
13630 चोखिनु अ.क्रि. २. पर सरेकी आइमाईले चारौं दिनमा नुहाइधुवाइ गरेर शुद्ध हुनु ।
13631 चोखिनु अ.क्रि. ३. जुठो, फोहर केही नरहनु ।
13632 चोखिनु अ.क्रि. ४. राम्रोसँग माझिनु वा पखालिनु ।
13633 चोखी ना. १. चोखोको स्त्री रूप।
13634 चोखी ना. वि. २. आफ्नो धर्ममा रहेकी, परपुरुषको संसर्गमा नआएकी, सत्यबाट नडगेकी पवित्र (नारी)।
13635 चोखीनिती / निधी ना. शास्त्रका नियमअनुरूप चल्न वा सफा, शुद्ध रहनाका निम्ति गरिने शारीरिक एवं मानसिक आचरण; लसपस वा बिटुलो नभएको स्थिति।
13636 चोखीमाटी ना. विवाह, व्रतबन्ध आदिमा यज्ञको वेदी बनाउनका निम्ति कन्याहरूद्वारा खनिने, चोखो ठाउँको माटो ।
13637 चोखे ना. हे. चोखा ।
13638 चोखेन ना. १. पानीमा पकाएको खाने कुरो सामान्य अवस्थामा अशुद्ध हुँदैन भनी भात, पुवा आदिमा हालिने घिउ, चोखो पार्ने घिउ, तेल आदि वस्तु चोख्यान ।
13639 चोखेन ना. २. स्त्रीहरूले रजस्वला भएको चौथो दिनमा चोखिँदा नुहाएको कपालमा हाल्ने तेल ।
13640 चोखो वि. १. कुनै किसिमको अशुद्ध पदार्थ नपरेको, पवित्र ।
13641 चोखो वि. २. कसैले जुठो नहालेको, बिटुलो नपारेको ।
13642 चोखो वि. ३. अरू थोक नमिसिएको, कसर नभएको ।
13643 चोखो वि. ४. निरपराधी निर्दोष ।
13644 चोखो वि. ना. ५. घिउतेल; चोखेन ।
13645 चोखोचाँडो वि. १. वास्तविकता लुकाएर साखिलो हुन खोज्ने ।
13646 चोखोचाँडो वि. २. चोखो पनि र चाँडो पनि हुने स्वभावको ।
13647 चोखोचोखो वि.बो. अशुद्ध ठाउँलाई गउँत आदि छर्केर चोख्याउँदा अथवा छिटो हालेर कुनै व्यक्तिलाई चोख्याउने सामाजिक प्रथाको अनुसरण गर्दा उच्चारण गरिने शब्द, विष्णु विष्णु |
13648 चोख्याइ ना. चोख्याउने वा चोखो पार्ने क्रिया वा प्रक्रिया |
13649 चोख्याइनु क.क्रि. चोखो पारिनु ।
13650 चोख्याउनु स.क्रि. / प्रे. क्रि. १ चोखो हुने पार्नु, पवित्र तुल्याउनु ।