Dictionary

All Word

13651 चोख्याउनु स.क्रि. / प्रे. क्रि. २. गाईभैंसी ब्याएका सात वा एघार दिनका दिन दुध, दही आदि देवपितृलाई चढाउनका निम्ति चलोस् भनी धूपधुवार आदि गरी चोखो वा पवित्र पार्नु ।
13652 चोख्याउनु स.क्रि. / प्रे. क्रि. ३. जुठो, सुत्केरो परेको घर वा घरका मानिसलाई धार्मिक विधिअनुसार पवित्र तुल्याउनु ।
13653 चोख्यान ना. हे. चोखेन ।
13654 चोख्याहा वि. १. चोखो पार्ने, शुद्ध तुल्याउने ।
13655 चोख्याहा वि. २. चोखा लाग्ने वा लगाउने ।
13656 चोचेमोचे वि. साखिलो हुनका लागि अर्कासँग चोचोमोचो मिलाउने, ज्यादै नजिकको भएर चिप्ल्याइँ घस्ने (व्यक्ति)।
13657 चोचो ना. १. चुच्चो ।
13658 चोचो ना. २. मुख ।
13659 चोचो ना. ३. चिप्ल्याइँ; चाप्लुसी ।
13660 चोचोमोचो ना. १. चिप्ला कुरा गरेर अर्कालाई खुसी पारी आफू साखिलो बन्ने काम ।
13661 चोचोमोचो ना. २. मित्र चित्त नबुझे तापनि बाहिर-बाहिर अर्काले गरेका कुरामा सही थाप्ने काम ।
13662 चोचोमोचो ना. ३. मुखले केही मधुर बोलेर गरिने प्रशंसा ।
13663 चोचोमोचो ना. ४. मुख र मन ।
13664 चोट ना. यो. १ पटक, बाजि, पल्ट चोटि |
13665 चोट ना. यो. ना. २. प्रहार, मार, आघात, पिटाइ ।
13666 चोट ना. यो. ३. घाउ, खत ।
13667 चोट ना. यो. क्रि.वि. ४ पटक; बाजि ।
13668 चोटपटक ना. लडेर, ठोकिएर वा काटेर हुने, शरीरका कुनै अङ्गमा लागेको घाउ, घाउखत; नीलडाम ।
13669 चोटा ना. चोटो ।
13670 चोटाकोठा ना. चोटा र कोठा ; चोटोकोठो ।
13671 चोटि क्रि.वि. खेप; पल्ट, पटक; बाजि, पालि ताल।
13672 चोटि क्रि.वि. (एक चोटि, दुई चोटि, कति चोटि इ.)।
13673 चोटे वि. १. कुनै काम कुरा एक पटकमै भइहाल्ने, एक पटक काममा ल्याउँदैमा सफल हुने, चोट नबिराउने ।
13674 चोटे वि. २. दक्ष, सिपालु, प्रवीण ।
13675 चोटे चकमक ना. एकै चोट ढुङ्गामा घोट्ता आगो परिहाल्ने खालको पाइनदार चकमक ।
13676 चोटो ना. भुइँतलादेखि माथिल्लो तलाको भुइँ, चोटा ।
13677 चोटोकोठो ना. १. भुइँतलाभन्दा माथिल्ला तलामा रहेको कोठो ।
13678 चोटोकोठो ना. २. चोटो र कोठो ।
13679 चोट्टा ना. ठगठाग गरेर अर्काको सम्पत्ति आफ्ना हातमा पार्न खोज्ने व्यक्ति, सानोतिनो चोर, धुर्त; टापटिपे ।
13680 चोट्टी ना. ठगठाग गरेर अर्काको मालसामान आफ्ना हात पार्न सिपालु स्त्री, चोर्नी ।
13681 चोतो ना. १. डल्लो आकारको एक जातको मुला; डल्ले मुला ।
13682 चोतो ना. २. मुला ।
13683 चोथ्नु स.क्रि. कुनै फल वा वस्तुका बोक्रा उक्काउनु; कुनै वस्तुलाई आफूतिर तान्नु, लछार्नु, लाछ्नु ।
13684 चोथाइ ना. चोथ्ने किसिम वा क्रिया ।
13685 चोथाइनु क.क्रि. चोथ्न लगाइनु, चोथ्ने पारिनु ।
13686 चोथाउनु प्रे. क्रि. चोथ्न लगाउनु, चोथ्ने पार्नु ।
13687 चोथाले वि. छिटोछिटो रिस उठ्तो ढङ्गले जवाफ दिने, मुखाले, बवा, दुर्मुखा ।
13688 चोथालो ना. १. अर्कालाई बिझाउने गरी वा रिस उठ्ने गरी कुरा गर्ने वा जवाफ दिने मुख ।
13689 चोथालो ना. २. मुख ( निन्दार्थमा ); चोथो, चोसो ।
13690 चोथालो ना. ३. दुर्वाच्य बोल्नेको मुख।
13691 चोथिनु क.क्रि. चोथ्ने काम गरिनु, लछारिनु ।
13692 चोथो ना. बोल्न नहुने कुरा बोल्ने वा दुर्वचन गर्ने मुख, दुर्मुख, खराब मुख; तित्रे मुख ।
13693 चोनाम ना. चेपाङजातिले भदौरे पूर्णिमाका दिन मनाउने एक प्रकारको चाड।
13694 चोप्नु स.क्रि. पानीमा वा तरल पदार्थमा कुनै वस्तु डुबाउनु, चोब्नु, लुगा पानीमा पछार्नु ।
13695 चोप ना. कुनै रुख वा लहराका पात, डाँक्ला आदिमा चोट लाग्दा निस्कने चिप्लो रस, चोब, खोटो |
13696 चोपचिनी ना. कफ, पित्त, वातजस्ता त्रिदोषलाई शमन गर्ने र पेटसम्बन्धी रोग निको पार्ने एक प्रकारको जङ्गली बुटी ।
13697 चोपल्नु स.क्रि. पानीमा वा तरल पदार्थमा कुनै वस्तु डुबाउनु, चुर्लुम्म पार्नु पानीमा हालेर भिजाउनु ।
13698 चोपलचापल ना. कुनै वस्तु वा व्यक्तिलाई पानीमा चोप्ने वा डुबाउने काम; चोपलाइ ।
13699 चोपलाइ ना. चोपल्ने क्रिया वा प्रक्रिया |
13700 चोपलिनु क.क्रि. १. चोपल्ने काम गरिनु ।