Dictionary

All Word

2151 काँडे मन्टा / मिँडा ना. डाँठ, पात, भेट्नु आदिमा काँडा हुने, ठुलो र निलो रङको एक प्रकारको भन्टा।
2152 काँडे भ्याकुर ना. नेपालमा मात्र पाइने एक प्रकारको चरो।
2153 काँडे मयल ना. काँडा हुने, सानो कालो फल फल्ने एक जातको मयलको बोट।
2154 काँडे रायो ना. पातको एक पाटामा छ चोसासम्म काँडा हुने एक जातको रायोको साग।
2155 काँडे लुँडे ना. काँडैकाँडा हुने एक प्रकारको लुँडे।
2156 काँडे सल्लो ना. रातो खोटो आउने र काँडा हुने एक प्रकारको सल्लो।
2157 काँडो ना. १. हाँगा, डाँठ, पात आदिमा पलाउने आलपिन वा सियाको टुप्पोजस्तो घोच्ने वस्तु।
2158 काँडो ना. २. दुःख दिने मानिस, शत्रु।
2159 काँडो ना. ३. सङ्कष्ट।
2160 काँडो ना. ४. बाधा अड्काउ व्यवधान, भाँजो ५. सालनाल।
2161 काँडो ना. ६. डरले शरीरमा ठडिएका रौं।
2162 काँडो ना. ७. नदीनालामा बग्ने एक किसिमको विषालु फिंज।
2163 काँढा ना. औषधी वा अनुपानका लागि जरीबुटी हाली राम्रोसँग पकाइएको रस, पानीमा मिसी, मरिच, सुकुमेल, सुठो आदि हाली पकाइएको तागतिलो पेय पदार्थ, क्वाथ |
2164 काँतर वि. १. कुनै कामकुरामा आँट गर्न नसक्ने, दो मुटु नभएको, डरछेरुवा, कायर, नामर्द, भीरु, हुपहारा, पानीमरुवा, पानीआन्द्रे।
2165 काँतर वि. २. हडबडाएको; व्याकुल, अधीर।
2166 काँतरिनु अ.क्रि. डराउनु, काँतर बन्नु।
2167 काँध ना. पाखुरा जोडिएको जोर्नीदेखि गर्धनसम्मको शरीरको भाग कुम स्कन्ध।
2168 काँधमा काँध मिलाउनु टु. एकले अर्कालाई सहयोग गर्नु, समर्थन गर्नु एकजुट हुनु।
2169 काँध हाल्नु टु. टेवा दिनु सहयोग गर्नु, उक्साउनु।
2170 काँधिनु अ.क्रि. १. काम गर्न अल्छी गर्नु, ढिलाइ गर्नु।
2171 काँधिनु अ.क्रि. २. काँधे (बोकाहा) हुनु।
2172 काँधिनु अ.क्रि. ३. गहुकाउनु।
2173 काँधिनु अ.क्रि. ४. मोटाउनु।
2174 काँधीकाठ ना. मुर्दा बाँध्नका लागि प्रयोग गरिने बाँस वा काठ; मुर्दा बोकेर लैजाने काठ, घारो।
2175 काँधे वि. १. अर्काको झगडा वा मामला बोकेर हिँड्ने।
2176 काँधे वि. २. काँध थापिदिने, आड दिने, उक्साउने।
2177 काँधे वि. ना. ३. काँधमा राखिने वस्त्रादि, गलबन्दी, कँधेरी।
2178 काँधे लौरी ना. १. काँधमा मुढा आदि हाली तेर्छौ पारेर बोक्दा त्यसमनि अर्को काँधबाट हालिने लाठो।
2179 काँधे लौरी ना. २. ध' अक्षरको शिरमा तानिने डिको वा सो अक्षरलाई चिनाउने नाम।
2180 काँप्नु अ.क्रि. हे. काम्नु।
2181 काँपिनु अ.क्रि. काँप्ने होइनु, कामिनु।
2182 कौंस ना. १. सेतो झुप्पे फूल फुल्ने, कुशको एक भार, काश।
2183 कौंस ना. २. हे. काँसो।
2184 काँसघारी ना. धेरै काँस भएको ठाउँ, काँसको घारी।
2185 काँसो ना. तामा र राङको मेलबाट बन्ने एक उपधातु, कसकसकुट, कांस्य।
2186 काँसो ना. घाँटी खसखसाउने गरी लागेको खोकी।
2187 कांस्य ना. १ तामा र राङको मिश्रणबाट बन्ने, सेतो चहक हुने र ठक्कर लाग्दा पट्ट फुट्ने स्वभावको धातु, काँसो, चरेस।
2188 कांस्य ना. वि. २. काँसाको, चरेसबाट बनेको।
2189 कांस्यकार ना. काँसो वा चरेसको भाँडा बनाउने काम गर्ने एक जाति, नेवार जातिको एक थर, कंसाकार |
2190 कांस्यताल ना. काँसो धातुबाट बनेको दुई हातमा अल्झाई परस्पर रगडेर बजाइने बाजा; मुजुरा, भ्याली।
2191 कांस्यताल ना. २. मुजुरा वा बजाउँदा सुनिने ध्वनि तरङ्ग।
2192 कांस्ययुग ना. काँसाको हतियारद्वारा युद्ध गर्ने युग, पुरातत्त्व- विज्ञानअनुसार पाषाणयुग र लौहयुगका बिचको समयावधि।
2193 काइँकुइँ क्रि.वि. मुखबाट अस्वीकृति वा नकारात्मक शब्द ननिकालीकन, नाइँनास्ति, आनेकाने, चुँक्क।
2194 काइँकोरी ना. कपाल कोर्ने काम।
2195 काइँयो ना. हे. काँगियो।
2196 काइँली ना. हे. काहिँली।
2197 काइँलो ना. हे. काहिँलो।
2198 काइते ना. लेखनदासको काम गर्ने वा त्यस्तो पेसा भएको एक वैश्य जाति, कायस्।
2199 काइते अक्षर ना. डिको नदिई प्रायः एकनासले लेखिएका र किरमिर खालका वा अन्सारले मात्र बुझ्नुपर्ने हस्तलिपि।
2200 काइदा ना. १. काम गर्ने तौरतरिका, कायदा, रीति, नियम।