Dictionary

All Word

2201 काइदा ना. वि. २. राम्रो सुन्दर, असल (काइदाको घर, काइदाको द इ.)।
2202 काइना ना. ठुलठुला पात र फूलहरू धेरैजसो झरिसकेपछि रहलपहल रहेका ससाना पात र फूल।
2203 काई ना. १. सिमसार वा रुखमा उम्रने हरियो मसिनु भयाउ पानी झ्याउ।
2204 काई ना. २. दाँत वा जिब्रामा लाग्ने सेतो गनाउने लेउ, कस।
2205 काई ना. ३. बिरामी पर्दा हत्केला, पैताला, नङ आदिमा देखा पर्ने कालो मयल।
2206 काई ना. ४. सफा नगर्दा लिङ्ग वा योनिमा जम्ने मयल।
2207 काई ना. ५. ढुङ्गा, माटो आदिमा लाग्ने चिप्लो वस्तु लेउ।
2208 काई ना. ६. काठ, धातु आदिका भाँडाभित्र जम्ने मयल, काउली।
2209 काउँकाउँ क्रि.वि. हे. क्याउँक्याउँ।
2210 काउकाउ क्रि.वि. १. कुतकुती लाग्ने वा लगाउने किसिमले।
2211 काउकाउ क्रि.वि. ना. २. कागको बचेरो (बालबोलीमा)।
2212 काउकुती ना. शरीरका खास खास अङ्गमा हलुका स्पर्श गर्दा घोच्दा पैदा हुने हाँसो वा झस्को, कुतकुती, गुदगुदी।
2213 काउछे ना. १. सहिदहरूका कारणले चर्चित सिन्धुली जिल्लाको एक गाउँ।
2214 काउछे ना. वि. २. हे. काउसे।
2215 काउछे सिमी ना. हे. काउसे सिमी।
2216 काउछो ना. हे. काउसो।
2217 काउडीकाने वि. खास गरी बालकलाई माया गर्दा भनिने शब्द |
2218 काउडो वि. भैंसीलाई गाली गर्दा भनिने शब्द |
2219 काउन्टर ना. १. पसल, ब्याङ्क आदिमा पैसाको कारोबार वा लेनदेन गर्न व्यवस्था गरिएको अलग एकाइ वा ठाउँविशेष |
2220 काउन्टर ना. २. पैसा गन्ती गर्ने व्यक्ति।
2221 काउबुजी ना. १. किरो, गुजी, बुजी।
2222 काउबुजी ना. (उदा.- काउबुजी आयो भनेर डराउनु हुँदैन है भाइ ! ) २. हे. काउबुडी |
2223 काउबुडी ना. १. केटाकेटीहरूलाई काउकुती लगाउँदा भनिने शब्द, काउबुजी।
2224 काउबुडी ना. २. काउकुती।
2225 काउली ना. चारैतिर हरिया ठुला पात हुने र बिचमा सेतो ठुलो खँदिलो फूल फुल्ने तरकारीविशेष, फूलकोपी, फूलगोभी; कोपी।
2226 काउली ना. हे. काई, लेउ।
2227 काउलो ना. चिलाउनेका जस्ता पात हुने र गोल फल फल्ने, हृदयरोगलाई हित हुने फलविशेष।
2228 काउसे वि. काउसोजस्तो काउसाको छाँटको।
2229 काउसे सिमी ना. निलो तथा सेतो पत्र भएको फूल फुल्ने, कोसामा काउसाको जस्तो झुस हुने एक जातको सिमीको बोट वा त्यसैको कोसा।
2230 काउसो ना. १. निलो फूल फुल्ने, खैरो रङको टुप्पो घुमेको, सिमीको जस्तो कोसा लाग्ने र कोसामा विषालु सेतो स हुने, सो झुस शरीरमा लाग्दा साह्रै चिलाउने लहरो; काउछो।
2231 काउसो ना. वि. २. पछि लागेर छोड्दै नछोड्ने वा साह्रै रोयाइँ गर्ने (मानिस)।
2232 काक ना. काग; कौवा |
2233 काकगवेषण ना. १. असम्भव कुरा वा वस्तुको खोजी।
2234 काकगवेषण ना. २. कागको जस्तो तिखो चलाखीले गरिने खोजतलास |
2235 काकगोलक ना. जुन आँखाले हेर्नुपयो त्यतैपट्टि सर्ने कागको आँखाको नानी।
2236 काकगोलक ना. (त्यसै कल्पनामा कागलाई एकदृक् भनिएको हो।)।
2237 काकजङ्घा ना. १. कागको जाँघजस्तो आकारका राता फूल फुल्ने एक प्रकारको बुटी।
2238 काकजङ्घा ना. २. लालगेडी; रातीगेडी, रत्ती।
2239 काकजङ्घा ना. ३. मसी।
2240 काकजम्बु ना. कुवा वा तलाउ, नदीको नजिकमा हुने, अतिसानो, प्रायः कागैले मात्र खाने जामुनका जातको फल।
2241 काकताली ना. १. अकस्मात् वा अप्रत्याशित रूपबाट भएको दुर्घटना।
2242 काकताली ना. क्रि.वि. २. संयोगले, पूर्वयोजनाविना नै।
2243 काकताली न्याय ना. संयोगवश हुन वा मिल्न जाने कुनै घटना |
2244 काकदन्त ना. १. कागको दाँ।
2245 काकदन्त ना. २. अस्तित्व नै नभएको असम्भव कुरो।
2246 काकपक्ष ना. बालक वा तन्नेरीहरूका दुवै कनपटीका लामा लामा केश (विशेष गरेर छेत्रीहरूको)।
2247 काकपद/पाद ना. १. हस्तलिखित ग्रन्थादि पाण्डुलिपिमा कुनै अक्षर, पद आदि छुटेको सङ्केत गर्दा प्रयोग गरिने चिह्न (^); कागखुट्टे।
2248 काकपद/पाद ना. २. सम्भोगको एक विशेष रीति।
2249 काकपुष्ट ना. कोइली; कोकिल।
2250 काकबलि ना. १. कार्तिक कृष्ण त्रयोदशीका दिन धार्मिक दृष्टिकोणले कागलाई खान दिइने चिजबिज कागतिहारको दिन कौवालाई दिइने बलि।