Dictionary

All Word

2251 काकबलि ना. २. श्राद्धका समयमा कौवालाई दिइने भोजनको अंश।
2252 काकवन्ध्या ना. एउटा मात्र छोरो पाएर फेरि कुनै सन्तान जन्माउने स्त्री।
2253 काकली ना. १. मधुर अस्फुट ध्वनि श्रुतिमधुर तरङ्ग मन्दमधुर स्वर।
2254 काकली ना. २. कैंची।
2255 काका ना. बाबुको भाइ, कान्छा बाबु कान्छाबा।
2256 काका क्रि.वि. १. काग वा कौवा कराउँदा आवाज निस्कने चालमा।
2257 काका क्रि.वि. ना. २ त्यस्तो आवाज।
2258 काकाकुल ना. १. पानीका लागि मेघमा भर पर्ने एक पक्षी, चातक।
2259 काकाकुल ना. २. पानी खान लाग्दा नदिनेलाई प्रयोग गरिने शब्द |
2260 काकाकौवा ना. १. कल्की भएको, रङगीबिरङ्गी सुगा जातिको एक पक्षी वा चरो, काकातुवा।
2261 काकाकौवा ना. २. सालको पातलाई बिचमा चिरी सिन्का घुसारेर कौवाका पखेटा जस्तै पारी हल्लाउँदै केटाकेटीले खेल्ने खेल।
2262 काकातिल ना. घाँटीमा रातो डल्लो झुन्डिएको एक पक्षी।
2263 काकातुवा ना. हे. काकाकौवा।
2264 काकी ना. काकाकी स्त्री; कान्छी आमा।
2265 काकु ना. १. भय, शोक, क्रोध आदि संवेगका कारणले स्वरमा आउने परिवर्तन।
2266 काकु ना. २. स्वीकारात्मक अर्थलाई प्रकट गर्ने निषेधात्मक शब्द।
2267 काकु ना. ३. गुनगुनाहट।
2268 काकु ना. ४. जिब्रो।
2269 काकुल ना. मिलाएर छाँट पारी काटिएको कपाल, जुल्फी |
2270 काकुलाइ ना. काकुलिने क्रिया वा प्रक्रिया |
2271 काकुलिनु अ. क्र. घुम्रिनु, कुलकुलाउँदो हुनु (कपाल आदि)।
2272 काकुवक्रोक्ति ना. कण्ठध्वनि विकारका आधारमा वक्ताले बोलेको वाक्य सुनेर श्रोताले अभिप्रेत अर्थबाट इतर अर्थको व्यञ्जना गर्ने वाक्विन्यास, वक्रोक्ति अलङ्कारको एक भेद।
2273 काकोल ना. १. एक जातको काग कालो काग, पहाडी काग, ढोले।
2274 काकोल ना. २. सर्प।
2275 काकोल ना. ३. विष ( हलाहल )।
2276 काकोली ना. मरुई लताविशेष |
2277 काख ना. बसेका अवस्थामा मानिसको कम्मरदेखि घुँडासम्मको अग्रभाग, पलेंटीको माथिल्लो भाग, अड्क।
2278 काखको बालो ना. चिचिलो बालक, साह्रै सानो नानी।
2279 काखी ना. काँधको जोर्नी पर्ने कुममन्तिरको खोपिल्टो, खुकुनी, कोखेलो।
2280 काखे वि. १. अर्काको काखमा मात्र बसिरहन मन गर्ने (बालक)।
2281 काखे वि. २. काखमा राख्न मात्र ठिक्क हुने।
2282 काग ना. १. औषधी आदि राखिएको बोतलमा बिर्को लगाउन प्रयोग गरिने कमलो काठको वस्तु मित्री बिर्को; बुजो।
2283 काग ना. २. मटितेल आदि खन्याउन प्रयोग गरिने सोली, ट्वाक।
2284 काग ना. चिल्लो कालो प्वाँख हुने, रुखो र कर्कश स्वर निकालेर कराउने एक जातको केही लाम्चो चरा; कौवा, काक।
2285 कागखुट्टे ना. हे. काकपद/काकपाद।
2286 कागचुच्चे ना. कागको टाउकाको जस्तो आकारको फल फल्ने, निलो फूल फुल्ने, करेलाको झैं पात हुने लताविशेष, त्यसकै फल वा फूल।
2287 कागज ना. कागत पत्र।
2288 कागजपत्र ना. विभिन्न विषयका कागजहरू; कागजा।
2289 कागज जाँच ना. हे कागत जाँच।
2290 कागजात ना. विभिन्न विषय लेखिएका कागजहरूको फाइल, कागजपत्र मिसिल।
2291 कागजी वि. १. कागजसम्बन्धी कागजमा आधारि।
2292 कागजी वि. २. कागजको जस्तै पातलो खोस्टा वा बोक्रा हुने (फलफूल आदि)।
2293 कागजी वि. ३. व्यवहारमा आउन कठिन भई सिद्धान्तमा मात्र आधारित (कागजी योजना, कागजी कार्यक्रम इ.)।
2294 कागजी पाट ना. नेपाली कागज बनाउने एक कच्चा पदार्थ |
2295 कागजी बदाम ना. लाम्चा पात, ससाना राता फूल र लाम्चो आकारको फल फल्ने एक रुख वा त्यसैको फल।
2296 कागत ना. १. लेख्न, छाप्न, चित्र बनाउन, पोकापोकी पार्न आदि कामका निम्ति प्रयोग हुने, काठ, गुदी, झुत्रो आदिबाट बनाइने पातलो र लचिलो वस्तु कागज पत्र।
2297 कागत ना. २. लिखित प्रमाण (तमसुक, भर्पाई आदि)।
2298 कागत जाँच ना. अड्डा वा कार्यालयमा भएका आयव्यय तथा अन्य विषयसम्बन्धी कागजातहरूको जाँचबुझ गर्ने काम, कार्यालयीय कागजपत्रहरूको निरीक्षण।
2299 कागतपत्र ना. कागजपत्रहरूको समूह; कागजा।
2300 कागतिहार ना. कार्तिक कृष्ण त्रयोदशीका दिन कागलाई बलि दिने परम्पराअनुसारको चाड तिहारका चाडको पहिलो दिन।