Dictionary

All Word

3451 किलासको गारो ना. साँधको घरसँगै जोडिएको गारो।
3452 किलिक किलिक क्रि.वि. पानी वा कुनै झोल पदार्थ उँभो घाँटी लगाई निल्ने गरी, किक्लिककिक्लिक।
3453 किलिप ना. १. कपाल मिलाउन, तह लाउन वा सिँगार्न स्वास्नीमानिसले शिरमा लगाउने प्लास्टिक, धातु आदिका वस्तु; चिम्टी; काँटा।
3454 किलिप ना. २. कागजपत्र आदि च्याप्न प्रयोग गरिने क साधन; चेपुवा।
3455 किला ना. हे. किलो।
3456 किला काँटा ना. जोर्ने र गाँस्ने काममा प्रयोग गरिने किला वा यस्तै अन्य सरसामान।
3457 किले जोर्नी ना. हात, खुट्टा आदिका हड्डीहरू चलाउन हुने गरी खप्टिएको जोर्नी किला झैं गरेर जोडिएको हड्डीको जोर्नी।
3458 किलो ना. १. हजार सङ्ख्याको समष्टि रूप।
3459 किलो ना. २. एक हजार ग्राम बराबरको नापो; किलोग्राम |
3460 किलो ना. ३ किलोमिटरको सङ्क्षिप्त रूप।
3461 किलोग्राम ना. एक हजार ग्राम बराबरको तौल वा राशिको एकाइ।
3462 किलोग्राम ना. किलोमिटर - ना. सय मिटर अर्थात् एक माइलको ५/८ भाग बराबरको नापो।
3463 किलोवाट ना. एक हजार वाट बराबरको विद्युत्शक्तिको एकाइ |
3464 किलो २ ना. १. कुर्सी, टेबुल आदि बनाउँदा काठका टुक्रालाई हतौडीले हानेर जोड्न वा भित्ता आदिमा कुनै वस्तु झुन्ड्याउन खुटीका रूपमा समेत प्रयोग गरिने, एक छेउ मोडिएको र अर्को छेउ तिखारिएको, फलाम, काठ आदिको लाम्चो काँटा।
3465 किलो २ ना. २. सुइरो।
3466 किलो २ ना. ३. जमिन, भित्ता आदिमा ठोकेर वा गाडेर बस्तुभाउ बाँधिने काठ, फलाम आदिको लाम्चो टुक्रो।
3467 किल्ला ना. १. सामरिक प्रतिरक्षाका निमित्त चारैतिरबाट घेरी सुरक्षित तुल्याइएको ठाउँ वा घर, गढी, गढ, दुर्ग; खावा; कोट।
3468 किल्ला ना. २. सिमाना साँध।
3469 किल्लाबन्दी ना. १. किल्ला बनाउने काम; व्यूहरचना।
3470 किल्लाबन्दी ना. २. बुद्धिचालको खेलमा बादशाहलाई किस्त नलाग्ने गरी राखिने गोटी।
3471 किल्ली ना. १. उपाय; युक्ति।
3472 किल्ली ना. २. चलाकी, बठ्याइँ |
3473 किल्ली ना. ३. दाउपेच।
3474 किशलय ना. १. बोटबिरुवाबाट भर्खरै पलाएको कलिलो पात; पालुवा, पल्लव।
3475 किशलय ना. २. कोपिला।
3476 किशलय ना. ३. मुना, अङ्कुर।
3477 किशोर ना. १. पन्ध्र वर्षभन्दा कम र एघार वर्षभन्दा बढी उमेरको केटो; अवयस्क ; नाबालक।
3478 किशोर ना. २. घोडाको बच्चो; बछेडो।
3479 किशोर ना. ३. छोरो, पुत्र।
3480 किशोर ना. ४. बालसूर्य।
3481 किशोर ना. वि. ५. एघार वर्षदेखि पन्ध्र वर्षभित्रको (केटो।
3482 किशोरी ना. १. एघार वर्षदेखि पन्ध्र वर्षसम्मकी बालिका।
3483 किशोरी ना. वि. २. त्यस उमेरकी (केटी)।
3484 किष्किन्धा ना. दक्षिणी भारतको 'किष्किन्ध' नामक देशको राजधानी।
3485 किसमिस ना. प्राय: बीज नहुने सुकेको मिठो दाख, सानो दाख।
3486 किसान ना. खेतीपातीको काम गरेर जीविका चलाउने व्यक्ति; खेतीवाल; कृषक; कृषिजीवी; माटीकोरे।
3487 किसानगिरी ना. किसानको काम वा पेसा, किसानी |
3488 किसान सङ्गठन ना. किसानहरूको भलाइका निम्ति वा देशको विकासमा किसानहरूलाई संलग्न गराउने सङ्गठित संस्था।
3489 किसानी ना. किसानको काम वा पेसा, कृषि, कोरीमाटी, किसानगिरी।
3490 किसानी ऋण ना. कृषिसम्बन्धी औजार किन्नका निम्ति वा खेतीसम्बन्धी कामका निम्ति सम्बन्धित निकायबाट दिइने सापट।
3491 किसिम ना. एक थरीका वस्तु, गुण, कार्य, विचार आदिलाई अर्का थरीको तुलनामा भिन्न ठहऱ्याउने तत्त्व, प्रकार, ढाँचा; काइदा; तरिका; प्रणाली; चाला |
3492 किसिमको वि. राम्रो, आकर्षक, काइदाको; खासा।
3493 किस्त ना. १. बुद्धिचाल प्रतियोगितामा विपक्षी गोटीले बादशाहलाई पारेको असुरक्षित अवस्था वा लखेटाइ।
3494 किस्त ना. २. किस्ता।
3495 किस्ता ना. १. यति यति समय गुज्रिएपछि यति यति मात्रा वा अनुपातमा लिने वा दिने भनी पहिले नै निर्धारित गरिएका मात्रा वा अनुपातहरूमध्ये कुनै एक किस्।
3496 किस्ता ना. २ महिना भुक्तान भएपछि कर्मचारीलाई दिइने तलब, महिनावारी |
3497 किस्ताबन्दी ना. १. किस्ता बुझाउने काम वा व्यवस्था; पटक पटक गरी तोकिएको रकम वा वस्तु बुझाउने काम।
3498 किस्ताबन्दी ना. २. किस्ताको निश्चित रकम तथा समय निर्धारण गर्दाको सीमा।
3499 किस्ता तलबी ना. पटक पटक गरेर पाइने तलबमा काम गर्ने मन्जुरी; त्यसरी काम गरेबापत पटक पटक गरेर मिल्ने तलब।
3500 किस्ती ना. १. सजाइने वा उपहार दिइने चिजबिज राखिने बिटवाल, थेप्चो र चारपाटे वा गोलाकार काठ वा धातुको भाँडो।