Dictionary

All Word

3501 किस्ती ना. २. एक प्रकारको डुङ्गा वा नाउ।
3502 किस्ती ना. ३. सोझो मात्र चल्ने बुद्धिचालक एक गोटी |
3503 किस्मत ना. १. भाग्य; प्रारब्ध।
3504 किस्मत ना. २. मेहनत, परिश्रम।
3505 किस्मत ना. ३. युक्ति, चातुर्य।
3506 किस्मती वि. १. भाग्यमानी।
3507 किस्मती वि. २. परिश्रमी; मेहनती।
3508 किस्मती वि. ३. चतुर; जुक्ति जान्ने।
3509 किस्सा ना. कथा वा कहानीभन्दा विस्तृत आकारको र अनेक घटनाको संयोजन हुने, मनोरञ्जनका निमित्त लेखिएको कथात्मक कृति (किस्सा तोता-मैना, किस्सा बेताल पच्चीसी इ.)।
3510 कीचक ना. १. विराट राजाको सेनापति तथा सालो।
3511 कीचक ना. २. खोक्रो बाँस; हावा जोडले चल्दा आवाज निकाल्ने बाँस।
3512 कीचक ना. ३. एक जातिको नाम।
3513 कीचक वध ना. १. सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतीत्व लुट्ने धृष्टता गर्दा भीमद्वारा भएको कीचकको हत्या।
3514 कीट ना. हे. किट |
3515 कीट ना. किरो, कृमि।
3516 कीटनाशक वि. किरा मार्ने वा नाश गर्ने।
3517 कीटपतङ्ग ना. जमिनमा हिँड्ने वा उड्ने कमिलो, माकुरो, झिँगो, फट्याङ्ग्रो आदि ससाना किराको समूह, किराफट्याङ्ग्रा।
3518 कीटविज्ञान ना. किराहरूका बारेमा शास्त्रीय ढङ्गले वर्णन तथा विवेचना गरिएको विद्या वा शास्त्र।
3519 कीटाणु ना. रोग उत्पन्न गर्ने सूक्ष्मदर्शी सजीव वस्तु।
3520 कीटाणुनाशक वि. कीटाणुहरूलाई मार्ने वा नाश गर्ने।
3521 कीटाहारी ना. किरा खाने एक थरी बिरुवा, पूर्णकलश।
3522 कीमत ना. हे. किम्मत |
3523 कीमती वि. हे. किम्मती।
3524 कीराफट्याङ्ग्रा ना. हे. किराफट्याङ्ग्रा।
3525 कीरी ना. हे. किरी।
3526 कीरो ना. हे. किरो।
3527 कीर्ण वि. १. छरिएको; फैलिएको; फ्याँकिएको।
3528 कीर्ण वि. २. ढाकिएको भरिएको।
3529 कीर्ण वि. ३. राखिएको रहेको।
3530 कीर्ण वि. ४. चोट परेको।
3531 कीर्तन ना. १. अरूका गुण, यश आदिको वर्णन; गुणानुवर्णन; गुणगान।
3532 कीर्तन ना. २. देवदेवताको नाम तथा यशको विशेषतः गाउँदै, बजाउँदै गरिने स्तुति, भजन, हरिकीर्तन |
3533 कीर्तनियाँ वि. कीर्तन गर्ने, भजन गर्ने।
3534 कीर्ति ना. १. असल तथा ठुलो काम र बहादुरी आदिबाट प्राप्त हुने र धेरै समयसम्म टिकिरहने सुनाम वा प्रसिद्धि, ख्याति, जस; नेकनामी।
3535 कीर्ति ना. २. प्रशंसा।
3536 कीर्ति ना. ३. पुण्य।
3537 कीर्तिपुर ना. काठमाडौँको दक्षिण-पश्चिमपट्टि केही अग्लो भागमा रहेको प्रसिद्ध स्थल।
3538 कीर्तिमान् / मान वि. १. कीर्तियुक्त, प्रसिद्ध।
3539 कीर्तिमान् / मान वि. ना. २. प्रतियोगितामा कुनै खेलाडी, उम्मेदवार आदिले स्थापित गरेको सर्वोच्च सीमा।
3540 कीर्तिशाली वि. कीर्तिमान्।
3541 कीर्तिशेष वि. १. कीर्ति शेष रहन गएको; मृत |
3542 कीर्तिशेष वि. ना. २. मृत्युः मरण।
3543 कीर्तिस्तम्भ ना. कुनै व्यक्तिको स्मरणमा उसको नामबाट खडा गरिएको स्तम्भ (भीमसेनस्तम्भ, अशोकस्तम्भ इ.)।
3544 कीर्ते वि. हे. किर्ते।
3545 कीर्तेसाक्षी ना. किर्तेसाक्षी।
3546 कील ना. १. फलाम वा काठको किलो।
3547 कील ना. २. खम्बा ; स्तम्भ |
3548 कील ना. ३. बिग्रेर वा मरेर पाठेघरमा अड्केको गर्भ।
3549 कीलक ना. १. कील; किलो।
3550 कीलक ना. २. अर्काले प्रयोग गरेको मन्त्रशक्तिलाई निष्क्रिय पार्ने मन्त्र।