Dictionary

All Word

3551 कीलाक्षर ना. सुमेर, इरान आदि देशमा आआफ्नै किसिमले प्राचीन कालमा प्रचलित बाणाकार लिपि; बाणमुख लिपि।
3552 कीलीकरण ना. १. पुरातत्त्वका अनुसार, उत्खनन गरिने ठाउँमा किला ठोक्ने काम |
3553 कीलीकरण ना. २. किला ठोक्ने क्रिया।
3554 कीलो ना. हे. किलो।
3555 कु॰ पू. स. नामपदको अघिल्तिर जोडिएर, खराब, ह्रास, अवमूल्यन, अनुचित, पाप, अशुभ, अभाव इ. भाव सङ्केत गर्ने उपसर्ग (कुपात्र, कुकर्म, कुदृष्टि, कुरूप, कुबेला इ.)।
3556 कु. ना. तालिम दिनेले बट्टाईको कानमा बेलाबखत उच्चारण गर्ने शब्द |
3557 कु खुवाउनु टु. बट्टाईको कानमा कु शब्द उच्चारण गर्नु।
3558 कु ना. सैनिक विद्रोह।
3559 कु ना. सैनिक विद्रोह |
3560 कुँच ना. १. सेनाले अनुशासनपूर्वक ताल मिलाएर हिँड्ने काम पल्टनले गर्ने मार्च, कुच।
3561 कुँच ना. २. छिटो चालको हिँडाइ, दौडाइ।
3562 कुँच ना. ३. भाग्ने काम।
3563 कुँजिनु अ.क्रि. कुँजो हुनु, रोगादिका कारणले हातगोडा खुम्चिनु।
3564 कुँज्याइ ना. कुँज्याउने र कुँजिने क्रिया वा भाव।
3565 कुँज्याइनु क.क्रि. कुँजिने पारिनु।
3566 कुँज्याउनु प्रे. क्रि. कुँजो पार्नु, हातगोडा नचल्ने पार्नु।
3567 कुँजो वि. १. शारीरिक विकारले वा रोगले हातगोडा आदि खुम्चिएको।
3568 कुँजो वि. २. हातगोडा आदि नचल्ने अवस्थाको, कुजो।
3569 कुँड्नु स. क्रि. १. चक्कु, खुकुरी आदि हतियारको धार झार्नु वा दोब्याउनु, भुत्त्याउन, कुँद्नु।
3570 कुँड्नु स. क्रि. २. कागती, निबुवा, खाँदेको अचार आदिका अमिलाले दाँतमा खिहिऱ्याहट पैदा गर्नु दाँतको शक्ति कम पार्नु।
3571 कुँड्नु स. क्रि. ३. चित्त दुखाउनु।
3572 कुँडाइ ना. कुँड्ने काम वा प्रक्रिया |
3573 कुँडाइनु क.क्रि. कुँड्न लाइनु, कुँड्याइनु।
3574 कुँडाउनु प्रे. क्रि. कुड्न लाउनु, कुँड्याउनु।
3575 कुँडार ना. चारैतिर बेरेर सुरक्षित पारेको ठाउँ।
3576 कुँडिनु अ.क्रि. १. चक्कु, तरबार, हँसिया आदि फलामे हतियारको धार झर्नु वा दोब्रिनु, भुत्तिनु।
3577 कुँडिनु अ.क्रि. २. चित्त दुख्नु, मन पाक्नु, भित्र भित्र चिढिनु।
3578 कुँडिनु अ.क्रि. ३. अमिलाले दाँतमा खिहिरोपन पैदा हुनु वा दाँतको शक्ति कम हुनु।
3579 कुँडिया ना. १. सानो कुँडे।
3580 कुँडिया ना. २. ताउलो।
3581 कुँडी ना. १. सानो कुँडे, कुँडिया।
3582 कुँडी ना. २. तेल पेल्ने कोलको पाथीघरमुनि हररीसँगै रहने कमण्डलुजस्तो अवयव।
3583 कुँडुलिनु अ.क्रि. कुनै वस्तु कुँडुलो पर्नु, गुँडुल्किनु, कुँडुल्किनु, घुँघुरिनु।
3584 कुँडुली ना. सानो कुँडुलो।
3585 कुँडुलो ना. १. नाङ्लाको बिट।
3586 कुँडुलो ना. २. वृत्ताकार रेखा, डोरी वा त्यस्तै कुनै पदार्थ, गुँडुलो।
3587 कुँडुलो ना. ३. पोको परेको फुकन्डो।
3588 कुँडुल्किनु अ.क्रि. हे. कुँडुलिनु।
3589 कुँडुल्क्याइ ना. कुँडुल्किने क्रिया वा प्रक्रिया |
3590 कुँडुल्क्याइनु क.क्रि. कुँडुल्किने पारिनु।
3591 कुँडुल्क्याउनु प्रे.क्रि. कुँडुल्याउनु।
3592 कुँडुल्याइ ना. १. कुँडुलिने भाव, क्रिया वा प्रक्रिया।
3593 कुँडुल्याइ ना. २. कुँडुल्याउने भाव, क्रिया वा प्रक्रिया |
3594 कुँडुल्याइनु क.क्रि. कुँडुलो पारिनु।
3595 कुँडुल्याउनु प्रे. क्रि. कुँडुलो पार्नु।
3596 कुँडे ना. १. दुध तताउने भाँडो।
3597 कुँडे ना. २. गाईबस्तुलाई कुँडो पकाउने वा खुवाउने भाँडो।
3598 कुँडो ना. पिठो आदि हाली पकाएर गाईबस्तुलाई खुवाइने खोले।
3599 कुँड्याइ ना. १. कुँडिने भाव, क्रिया वा प्रक्रिया |
3600 कुँड्याइ ना. २. कुँड्याउने भाव, क्रिया वा प्रक्रिया |