Dictionary

All Word

3601 कुँड्याइनु क.क्रि. कुँड्याउने काम गरिनु।
3602 कुँड्याउनु स. क्रि. १. हतियारको धार झार्नु भुत्ते पार्नु।
3603 कुँड्याउनु स. क्रि. २. चित्त दुखाउनु, चिढ्याउनु।
3604 कुँड्याउनु स. क्रि. प्रे.क्रि. ३. अमिलाले दाँत खिहिरो पार्नु वा दाँतको शक्ति कम पार्नु।
3605 कुँढ्नु स. क्रि. हे. कुँड्नु।
3606 कुँढर ना. हे. कुँडुलो।
3607 कुँढाइ ना. हे. कुँडाइ।
3608 कुँढाइनु क.क्रि. कुँडाइनु।
3609 कुँढाउनु प्रे. क्रि. कुँडाउनु।
3610 कुँढिनु अ.क्रि. हे. कुँडिनु।
3611 कुँढ्याइ ना. कुँड्याइ।
3612 कुँढाउनु प्रे. क्रि. कुँडाउनु।
3613 कुँढिनु अ.क्रि. हे. कुँडिनु।
3614 कुँढ्याइ ना. कुँड्याइ।
3615 कुँढ्याइनु क.क्रि. कुँड्याइनु।
3616 कुँढ्याउनु प्रे. क्रि. कुँड्याउनु।
3617 कुँद्नु स. क्रि. काठ, धातु, सिसा आदिमा बेलबुट्टा, अक्षर, चित्र आदि काट्नु, छाँटछुट वा काटछाँट गर्नु (रत्न, मणि आदि)।
3618 कुँदाइ ना. कुँद्ने क्रिया वा प्रक्रिया |
3619 कुँदाइनु क.क्रि. कुँद्न लाइनु।
3620 कुदाउनु प्रे. क्रि. काठ, धातु, आदिमा बुट्टा, चित्र, अक्षर आदि खोप्न लाउनु, कुँद्न लाउनु।
3621 कुँदुवा वि. १. कुँदेर बुट्टा पारिएको कुँदिएको।
3622 कुँदुवा वि. २. कुँद्ने वा अक्षर खोप्ने (व्यक्ति)।
3623 कुँवर ना. १. अघि अघिका राजारजौटाका सन्तान; राजकुमार, कुमार।
3624 कुँवर ना. २. क्षत्रीको एक थर।
3625 कुँवर ना. स्त्री. कुँवर्नी।
3626 कुँवा भट्टा ना. काँसका भाँडा आदि बनाउन प्रयोग गरिने भट्टा।
3627 कुइँ क्रि.वि. १. तिखो आवाज आउने गरी (कुकुरको छाउरो कराउँदा, झ्यालढोका आदि उघार्दा इ.)।
3628 कुइँ क्रि.वि. वि. २. डरलाग्दो; कहालीलाग्दो।
3629 कुइँकुइँ क्रि.वि. दोहरिएको कुइँ आवाज आउने गरी।
3630 कुइँभिर ना. कहालीलाग्दो भिर।
3631 कुइँयासी ना. एक प्रकारको जङ्गली फल, डम्फर।
3632 कुइगन्ध ना. कुनै वस्तु कुहिएर वा सडेर निस्केको नराम्रो गन्ध; असाध्यै दुर्गन्ध।
3633 कुइनाइन ना. चिराइतो वा सिन्कोनाको बोक्राबाट तयार पारिने, ज्यादै तितो स्वादको दानादार पदार्थ; औलज्वर वा मलेरियाको औषधीका रूपमा प्रयोग गरिने त्यस्तै सानो चक्की |
3634 कुइनु ना. हे. कुहिनु।
3635 कुइनेटो ना. १. कुनो परेको ठाउँविशेष; डाँडाको फेदीदेखि उचालिँदै डाँडामाथिसम्म पुगेको ठाउँ, डाँडाको एकापट्टिको पाटो नाघी अर्कापट्टिको पाटामा लाग्ने ठाउँ।
3636 कुइनेटो ना. २. बगेको पानी पहाडको घुमेका ठाउँमा ठोक्किई नदीले बाटो फेर्ने ठाउँ, केही घुमेको ठाउँ।
3637 कुइपु ना. पेरुका आदिवासीहरूले विभिन्न रङका डोरीमा खास खास किसिमका गाँठा पारेर पत्रव्यवहार गर्ने लिपि; डोरीगाँठे लिपि।
3638 कुइरी मण्डल ना. कुइरोजस्तो भएर चारैतिर व्याप्त भएको धुवाँ, बाफ, धुलो आदि।
3639 कुइरे वि. १. कुइरो वा कैलो आँखा हुने |
3640 कुइरे वि. ना. २. कुइरा आँखा हुने पाश्चात्य गोरा जाति; फिरङ्गी; अङ्ग्रेज।
3641 कुइरो ना. वायुमा मिलेर बाफका रूपमा पृथ्वीमाथि ढाकिएको देखिने ससाना जलकणहरूको समूह, हुस्सु, कुहिरो।
3642 कुइसे वि. कैलो आँखा हुने।
3643 कुइसो ना. कैलो।
3644 कुई ना. भ्याल, ढोकाका भित्र लगाइएको चुकुल खोल्न प्रयोग गरिने फलामको एक प्रकारको साँचो, अङ्कुसे।
3645 कुकर्म ना. नीतिनियम तथा आचरणविरुद्ध गरिने नराम्रो काम, खराब काम; नीच कर्म गर्न नहुने काम (पाप, अपराध इ.)।
3646 कुकर्मी वि. कुकर्म गर्ने, नकाम गर्ने; दुष्कर्मी; नीच।
3647 कुकाइ ना. कुकाउने भाव, क्रिया वा प्रक्रिया।
3648 कुकाइनु अ.क्रि. कुकाइने होइनु।
3649 कुकाउनु अ.क्रि. रुनु-कराउनु।
3650 कुकाउनु अ.क्रि. (उदा.- भाँड कुकायो।)।