Dictionary

All Word

3651 कुकाठ ना. १. बोक्रा झिकिएको नालुको डाँठ।
3652 कुकाठ ना. २. सार वा चुरो नभएको काठ; अग्राख जातभन्दा बाहिरको काठ; कमसल काठ; बेजातको काठ।
3653 कुकुना ना. फलाम, पित्तल आदि धातुको काम गर्ने कालिगडहरूले आगो तह लगाउने हन्बेर्नु, अङ्कुसे।
3654 कुकुर ना. स्याल, फ्याउरो, ब्वाँसो आदिका जातको प्रायः रखवारीका लागि पालिने घरपाला जनावर; श्वान; कुत्ता।
3655 कुकुरगाँठो ना. मैथुनका समयमा कुकुर जोल्टिएको अश्लील उदाहरण दिएर माया-प्रीतिमा लठिने जोडीलाई गिज्याइने शब्द |
3656 कुकुरजोल्टाइ ना. कामक्रीडामा हुने बढी आसक्ति।
3657 कुकुरभिंगो ना. कुकुरको जिउमा टाँसिएर बसिरहने चेप्टो खैरो झिँगो।
3658 कुकुरडाइनु ना. पानका झैं ठुलठुला पात हुने, पहेंलो फूल फुल्ने, झुप्पा झुप्पा राता गोल फल फल्ने काँडे लहरो वा त्यसको मुना।
3659 कुकुरडुलाइ ना. बिना काम वा उद्देश्यको हिँडाइ, लखरलखर डुल्ने चाल।
3660 कुकुरतिहार ना. कार्तिक कृष्ण चतुदर्शीका दिन कुकुरको पूजा गरिने र परम्पराअनुसार मनाइने चाडपर्व तिहारको दोस्रो दिन।
3661 कुकुरदाँत ना. मुखका माथिल्ला हारका अघिल्ला दाँत र बङ्गाराका माझमा रहने अरू दाँतभन्दा तिखा चारचुच्चे दाँ।
3662 कुकुरपुछ्रे वि. कुकुरको पुच्छरजस्तो ('ढ' अक्षर)।
3663 कुकुरबन्सो ना. बन्सो घाँसको एक प्रकार।
3664 कुकुर बिरालो ना. १. परस्परमा बाझ्ने वा झगडा गर्ने चाल ; बेमेल वा असहमति।
3665 कुकुर बिरालो ना. २. बालकहरूले खेल्ने एक खेल।
3666 कुकुर भुकाइ ना. १. कुकुर भुकेको शब्द।
3667 कुकुर भुकाइ ना. २. महत्त्व वा सार नभएको र प्रभाव नपर्ने भाषण।
3668 कुकुर भुकाइ ना. ३. फोस्रो धाक।
3669 कुकुर मराइ ना. कष्टपूर्ण मृत्यु साह्रै दुःखको मरण।
3670 कुकुरमुखा वि. कुकुरको जस्तो मुख भएको कुरूप।
3671 कुकुरमुखे वि. कुकुरमुखा।
3672 कुकुरमुत्ते ना. रुखमा उम्रने एक थरी च्याउ।
3673 कुकुरी ना. काँचो धागाको डल्लो।
3674 कुकुरे ना. सेतो भुवादार पात हुने र प्याजी रङका ससाना फूल फुल्ने एक बुटी।
3675 कुकुर्किनु अ.क्रि. कुक्रुक्क पर्नु, खुम्चिनु, कुचुर्किनु।
3676 कुकुर्क्याइ ना. कुकुर्किने भाव, क्रिया वा प्रक्रिया |
3677 कुकुर्ल्याइनु क.क्रि. कुक्रुक्क पारिनु, खुम्च्याइनु।
3678 कुकुर्क्याउनु प्रे. क्रि. कुक्रुक्क पार्नु, खुम्च्याउनु।
3679 कुकुलढुक ना. मुखमा अटाई - नअटाई खानेकुरो कोचेर निल्न खोज्दा आउने आवाज।
3680 कुकृत्य ना. नराम्रो वा नजाती काम दुष्कर्म, कुकर्म।
3681 कुक्क क्रि.वि. १. खाँदा गला लागेर वा घाँटीमा कुनै वस्तु अड्केर वेगसित वायु निस्कन नपाउँदा आवाज आउने गरी; असजिलो भएर गलाबाट कुक कुक शब्द निस्कने चालले।
3682 कुक्क क्रि.वि. ना. २. बाडुली वा हिक्का आउँदा निस्कने शब्द, किक्क।
3683 कुक्कु ना. कुक्कु' को आवाज निकालेर गर्मी याममा कराई हिँड्ने कोइलीका जातको चरो।
3684 कुक्कुट ना. १. जङ्गली कुखुरो, लुइँचे।
3685 कुक्कुट ना. २. कुखुरो।
3686 कुक्कुट ना. ३. आगाको फिलिङ्गो वा झिल्को।
3687 कुक्कुर ना. हे. कुकुर।
3688 कुक्रुक्क क्रि.वि. गोडा दोब्याउने वा खुम्च्याउने (जाडो, बुढ्याइँ, बाथ आदिले )।
3689 कुक्लुक्क क्रि.वि. एकै चोटि निल्ने गरी; कुक्क।
3690 कुक्षि ना. १. पेट, उदर।
3691 कुक्षि ना. २. गर्भाशय, कोख।
3692 कुक्षि ना. ३. कुनै चिजको भित्री भाग।
3693 कुक्षिशूल ना. पेट दुख्ने शूलको रोग, पेटदुखाइ।
3694 कुखुरी ना. चर्खाको सुइरोबाट झिकिएको धागाको लट्टी, कुकुरी।
3695 कुखुरी ना. पोथी कुखुरो।
3696 कुखुरी काँ ना. भाले कुखुरो बास्दा आउने आवाज।
3697 कुखुरे वि. कुखुरोजस्तो, कुखुराका स्वभावको; कुखुरो खाने।
3698 कुखुरे आन्द्रो ना. लाम्चा पात, हरियो र सेतो मिसिएका साना फूल र अपामार्गको जस्तो डाँठ हुने, वीर्यवर्धक मानिने एक लहरो।
3699 कुखुरे निद्रा ना. पातलो वा बेला बेलामा खुलिरहने निद्रा; चाँडचाँडै खुल्ने निद।
3700 कुखुरे बिख ना. एउटा मात्र डाँठ हुने र विषालु जरो हुने एक प्रकारको बर्खे बुटी।