Dictionary

All Word

3701 कुखुरे बैंस ना. कुरकुराउँदो वा अल्लारे जवानी, उत्ताउलो बैंस।
3702 कुखुरो ना. टाउकामा छालाको रातो सिउर हुने, अण्डाबाट चल्ला कोरल्ने, मासु खानका लागि प्रसिद्ध दुईखुट्टे घरपालुवा चरो; घडीचरो, कुपङ्खी, कुपक्षी।
3703 कुख्यात वि. नराम्रो कामकुरामा प्रसिद्धि पाएको; बदनाम, निन्दि।
3704 कुख्याति ना. नराम्रो वा निन्दनीय कामबाट भएको प्रसिद्धि, बदनामी।
3705 कुङ्कुम ना. कश्मीरी केशर, केशर।
3706 कुङ्कुमपाती ना. पिपलका आकारको पात हुने र घण्टाका आकारको रातो फूल फुल्ने, ढुङ्गाको कापमा उम्रने एक बुटी; तृणकुङ्कुम।
3707 कुच ना. स्त्रीजातिको छातीमा उठ्ने गोलो र चुच्चे मांसपिण्ड; उरोज; स्तन; दुध।
3708 कुच ना. १. पल्टनले गर्ने मार्च।
3709 कुच ना. २. दौडाइ।
3710 कुच ना. ३. भाग्ने काम।
3711 कुच ना. ४. कुनै यात्राको प्रारम्भ; प्रस्थान; कुँच।
3712 कुचक्र ना. छलपूर्ण वा रहस्यमय ढङ्गले हानि पुऱ्याउने उद्देश्य राखी बनाइएको योजना; अरूलाई धोका दिई जालमा फसाउने षड्यन्त्र |
3713 कुचक्री वि. कुचक्र गर्ने षड्यन्त्र रच्ने।
3714 कुचाग्र ना. स्तनको टुप्पो, दुधको मुन्टो |
3715 कुचाल ना. १. खराब वा निन्दनीय चाल, नराम्रो आचरण; दुराचार।
3716 कुचाल ना. २. दुष्टता; खराबी।
3717 कुचालक ना. १. कुनै पनि काम वा क्रिया राम्रोसँग चलाउन नसक्ने (व्यक्ति)।
3718 कुचालक ना. २. विद्युत् र ताप सजिलै परिचालन हुन नसक्ने, विद्युत् तरङ्ग सञ्चारित हुन नसक्ने (रबर, सुकेको काठ आदि)।
3719 कुचिन ना. धागो वा जरीद्वारा बेलबुट्टा काढ मूल्यवान् रेसमी कपडा।
3720 कुचिन्डो ना. १. उभिन्डो छिनेर बिर्को हराई उदाङ्गो भएको ढुङ्ग्रो।
3721 कुचिन्डो ना. २. बिग्रिएको अनुहार।
3722 कुचिला ना. धर्के पात हुने, राता फल फल्ने र ससाना सेता फूल फुल्ने एक वृक्ष वा त्यसैको फल।
3723 कुची ना. १. टुप्पामा रौं भएको, रङले चित्र लेख्ने वा बुट्टा भर्ने कलम, तुलिक।
3724 कुची ना. २. सानो कुचो।
3725 कुची ना. ३. धान र सखरको डल्लोलाई परालले बेरेर बनाइने हात्तीको दाना।
3726 कुचीकार ना. १. कुचीको काम गर्ने व्यक्ति।
3727 कुचीकार ना. २. सडक, चोक आदि बढारकुँढार गरी सफाइ गर्ने वा कुचो बढारेर जीविका चलाउने मानिस।
3728 कुचुक्क क्रि.वि. खुम्चिने गरी ; साँघुरिएर अप्ठेरो चालले (बस्ने वा दोब्रिने ढङ्ग) |
3729 कुचुर्किनु अ.क्रि. एकै ठाउँ थुप्रिनु, कुचुक्क पर्नु, कुचु ना. कुचुक्क हुने भाव, क्रिया वा प्रक्रिया।
3730 कुचुर्क्याइनु क.क्रि. कुचुर्किने गरी राखिनु।
3731 कुचुर्क्याउनु प्रे. क्रि. कुचुक्क पर्ने किसिमले राख्नु।
3732 कुचेष्टा ना. १. नचाहिँदो र नजाती कामकुराको चेष्टा वा अभिप्राय; कुत्सित व्यवहार नराम्रो बानीबेहोर।
3733 कुचेष्टा ना. २. खराब उद्देश्य लिएर गरिने हाउभाउ।
3734 कुचैल ना. १. मैलो वा फोहोर लुगा।
3735 कुचैल ना. वि. २. मैलो लुगा लगाउने (व्यक्ति)।
3736 कुचो ना. धुलो, कसिङ्गर आदि बढार्ने बाबियो, सिरु, पराल, अम्रिसो आदिको मुठो।
3737 कुचोद्य ना. व्यर्थको रडाको, नचाहिँदो गनगन; बेफ्वाँकको तर्कवितर्क; वितण्डा।
3738 कुच्च क्रि.वि. १. साँघुरो किसिमले वा खाँदिएर।
3739 कुच्च क्रि.वि. २. बिस्तारै छोइने गरी।
3740 कुच्चाबाज ना. १. बुढो भइसकेको बाज चरो।
3741 कुच्चाबाज ना. २. तागत सकिएको दुब्लो मानिस।
3742 कुच्चिनु स.क्रि. धातुका भाँडाकुँडा ठक्कर लागेर बिट दोब्रिनु वा भित्र खोपिल्टाखोपिल्टी पर्नु, कच्याककुचुक हुनु, थेप्चिनु।
3743 कुच्चे वि. कुच्चिएको (जस्तो- तालुकुच्चे)।
3744 कुच्च्याइ ना. कुच्चिने काम वा क्रिया-प्रक्रिया।
3745 कुच्च्याइनु क.क्रि. कुच्चिने पारिनु।
3746 कुच्च्याउनु प्रे. क्रि. कुच्चिने पार्नु।
3747 कुच्रनु अ.क्रि. हलचल गर्न नपाई एकै ठाउँमा बस्नु, कुर्चा खानु।
3748 कुचाइनु क.क्रि. कुचन लाइनु।
3749 कुचाउनु अ.क्रि. कुचन लाउनु।
3750 कुचिनु अ.क्रि. कुचनु।