Dictionary

All Word

5751 क्षर ना. ४. सबै जड पदार्थ ।
5752 क्षर ना. वि. ५. नाश हुने, नाशवान्; नश्वर ।
5753 क्षरण ना. थोपा थोपा हुँदै चुहुने, तप्किने, झर्ने, रसाउने आदि काम।
5754 क्षात्र वि. क्षत्रियको क्षत्रियसम्बन्धी |
5755 क्षान्ति ना. सहन सक्ने क्षमता, सहनशीलता, धैर्य ।
5756 क्षार ना. १. दाहक, जारक आदि औषधी वा खनिज पदार्थहरूको भस्मबाट रासायनिक प्रक्रियाले बनाइने नुन ।
5757 क्षार ना. २. सोडा ।
5758 क्षार ना. ३. सुहाग ।
5759 क्षार ना. ४. नुनिलो पदार्थ ।
5760 क्षार ना. ५. भस्म, खरानी |
5761 क्षार ना. वि. ६. चर्को, नुनिलो ।
5762 क्षार ना. ७. नुन भएको (समुद्र) ।
5763 क्षारक वि. क्षार गर्ने वा जलाउने; दाहक कास्टिक |
5764 क्षारभूमि ना. क्षार मिसिएको माटो भएको जमिन, उर्वर भूमि ।
5765 क्षार समुद्र ना. नुनिलो पानी भएको समुद्र, क्षारोद |
5766 क्षारोद ना. १. नुनिलो पानीको समुद्र, क्षारसमुद्र ।
5767 क्षारोद ना. व २. क्षारको अंश भएको कुनै पदार्थ |
5768 क्षालन ना. धुने वा सफा गर्ने काम (लुगा, भाँडा आदि) ।
5769 क्षिति ना. १. वासस्थान, निवासस्थान; घर ।
5770 क्षिति ना. २. पृथ्वी ।
5771 क्षितिज ना. १. चारैतिर पृथ्वी र आकाश जोरिएजस्तो देखिने स्थान वा गोलो परिधि ।
5772 क्षितिज ना. २. मङ्गलग्रह।
5773 क्षितिज ना. ३. वृक्ष, रुख ।
5774 क्षितितल ना. धरातल; पृथ्वी ।
5775 क्षितिपति ना. राजा ।
5776 क्षितिमण्डल ना. भूमण्डल, पृथ्वी ।
5777 क्षिप्र क्रि.वि. तुरुन्त, तत्काल, शीघ्र, चाँडै ।
5778 क्षिप्रकारी वि. चाँडचाँडै काम गर्ने, छिटो काम पूरा गर्ने ।
5779 क्षीण वि. १. खिएको, घट्तै गएको वा अवस्था बिग्रेको ।
5780 क्षीण वि. २. दुब्लो, पातलो, निर्धो ।
5781 क्षीणकाय वि. दुब्लो वा पातलो शरीरको ।
5782 क्षीणता ना. क्षीण हुनाको अवस्था वा भाव, दुर्बलता, निर्धोपन |
5783 क्षीर ना. १. दुध ।
5784 क्षीर ना. २. खिर ।
5785 क्षीर ना. ३ जल, पानी ।
5786 क्षीर ना. ४. रुखको दुधजस्तो सेतो चोब |
5787 क्षीरधि ना. दुधजस्तो फिंज उठ्ने पानी भएको समुद्र ।
5788 क्षीरसागर ना. दुधको समुद्र वा दुग्ध- समुद्र पनि भनिने, सात समुद्रमध्ये एक ।
5789 क्षुण्ण वि. १. टुक्रा पारिएको वा टुक्रयाइएको ।
5790 क्षुण्ण वि. २. टुटफुट भएको वा बिग्रेको खण्डित ।
5791 क्षुण्ण वि. ३. खँदिएको ।
5792 क्षुण्ण वि. ४. राम्ररी विचार गरिएको ।
5793 क्षुद्र वि. १. नीच वा अधम प्रवृत्तिको तुच्छ विचारको; जाबो ।
5794 क्षुद्र वि. २. अल्प, सानो ।
5795 क्षुद्र वि. ३. दरिद्र, निर्धन ।
5796 क्षुद्र वि. ४. कृपण, कन्जुस ।
5797 क्षुद्रघण्टिका ना. आभूषणका रूपमा पहिरिने ससाना घण्टी, चाँप, घुंगरु ।
5798 क्षुद्रता ना. क्षुद्र हुनाको भाव वा अवस्था, नीच व्यक्तिमा रहने अवगुण, नीचता, तुच्छता ।
5799 क्षुद्रधान्य ना. कोदो, कुअन्न ।
5800 क्षुधा ना. १. खाने इच्छा, भोक, छुद्दे ।